अबुधाबीमा युक्रेन–रुस वार्ता
अबुधाबी, २१ माघ (रासस/एएफपी) । युक्रेन, रुस र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरू चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप बुधबार अबुधाबीमा भेला हुन तयारीमा रहेका छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्व दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक युद्धका रूपमा लिइँदै आएको छ, तर यसलाई अन्त्य गर्ने उद्देश्यले भएका […]



