नरैनापुरमा डेढ सय वर्ष पुरानो धार्मिक मेला

बाँके, २१ माघ ।  बाँकेको नरैनापुरमा करिव १५१ वर्षदेखि लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सामाजिक सद्भाव र आपसी एकताको सङ्गम बनेको छ ।  नेपालगन्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ स्थित खलीफा नूर अहमद साहको मजार सरिफमा प्रत्येक वर्ष आयोजना गरिने धार्मिक मेलामा नेपालसहित छिमेकी मुलुक भारतका हिन्दू –मुस्लिम समुदायका धार्मिक श्रद्धालुहरू सहभागी हुने […]

दुई करोडको लागतमा मणिकाधाममा भजन हल निर्माण 

कञ्चनपुर, २१ माघ ।  शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिकाधाममा पर्यटन विभागको रु दुई करोड ४३ लाख ६२ हजार ६४९ को लागतमा निर्माणाधीन आधुनिक भजन हलको काम अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले हल निर्माणको जिम्मा लिएको हो । निर्माण सेवाका सञ्चालक केशवराज भट्टका अनुसार हालसम्म करिब ९० प्रतिशत निर्माणकार्य […]

उच्च अदालत सुर्खेतद्वारा ५३ प्रतिशत मुद्दा फछ्र्यौट

सुर्खेत, २१ माघ ।  उच्च अदालत सुर्खेतले चालु आर्थिक बर्षको ६ महिनामा ५३.१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले यो बर्षका साउनदेखि पुस मसान्तसम्म ३५९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । चालु आर्थिक बर्षमा दर्ता भएका र गत आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका कुल ५६४ वटा मुद्दामध्ये पुस मसान्तसम्मका २०५ मुद्दा फछ्र्यौट हुन […]

निर्वाचनमा महिला सहभागिता  सुनिश्चित हुनुपर्नेमा जोड 

सुर्खेत, २१ माघ ।  नेपाली राजनीतिमा महिलाको सहभागिता बढे पनि नेतृत्वदायी भूमिकामा उनीहरूको उपस्थिति अझै कमजोर रहेको राष्ट्रियसभा सदस्य रेणु चन्दले बताएकी छन् । महिलालाई निर्णय गर्ने तहसम्म पुर्‍याउन राजनीतिक दल, राज्य संरचना र समाजको सोचमा एकैसाथ सुधार आवश्यक रहेको उनको भनाइ छ । मंगलबार दलित महिला केन्द्र नेपाल आयोजनामा निर्वाचन प्रक्रियामा महिलाका सहभागिता प्रवन्धका […]

निर्वाचन सुरक्षाको दृष्टिमा चार जिल्ला संवेदनशील

कैलाली, २१ माघ ।  सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गत विगतका वर्षमा भएका निर्वाचनको समयमा भएका घटनालाई अध्ययन विश्लेषण गरेर यी चार जिल्लालाई संवेदनशीलको सूचीमा राखी सोही […]

कर्णालीका यी पूर्वाधार जो चुनावी  नारामा कहिल्यै छुट्दैनन्, पुरा पनि हुँदैनन्‌

ओम शाही सुर्खेत, २१ माघ । आसन्न २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । मतदानको मिति नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारहरुले विकास र समृद्धिका आश्वासन बाँडेर मतदता फकाउनमा आफुलाई केन्द्रित गराएका छन् । यस पटक पनि उम्मेदवारहरुले कर्णालीमा सधैं चुनावी नारा बन्ने  तर पुरा नहुने दर्जनबढी पूर्वाधारलाई अघि सारेका छन् । हरेक निर्वाचनका चुनावी नारा बन्ने कर्णाली […]

सम्पादकीय : मर्यादित चुनावी प्रतिस्पर्धा गर !

आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन कर्णाली प्रदेशका लागि सामान्य राजनीतिक प्रक्रिया मात्र होइन, दशकौँदेखि जरा गाडेर बसेको दलगत संरचना र नेतृत्व अभ्यासमाथी जनताको परीक्षणको घडी हो । २३–२४ भदौको जेन–जी आन्दोलनले देशलाई नियमित समयभन्दा दुई वर्ष अगावै निर्वाचनतर्फ धकेलेपछि कर्णालीमा राजनीतिक हलचल तीव्र बनेको छ । सरकार र निर्वाचन आयोग आवश्यक तयारीमा जुटिरहेका […]

संघीयताको सवलिकरणका लागि लुम्बिनीबाट सफल अभ्यास: मुख्यमन्त्री आचार्य

दाङ,२१ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र सफल अभ्यास लुम्बिनी प्रदेशबाट सम्भव भएको सन्देश देशभर दिन सफल भएको बताउनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पार्नुभएको हो । मुख्यमन्त्री आचार्यले प्रदेश […]

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

काठमाडौं ,२० माघ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना […]

कर्णाली प्रदेश सुर्खेत क्षेत्र नं. १ मा ठम्मर बहादुर बिष्टप्रति जनसमर्थन बढ्दो

सुर्खेत ,२० माघ। कर्णाली प्रदेश सुर्खेत क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार ठम्मर बहादुर बिष्ट जनताले रुचाएको नेताको सूचीमा पर्न थालेका छन्। स्थानीय बासिन्दाका अनुसार बिष्टले विगतमा जनप्रतिनिधि भएर देखाएको कार्यसम्पादनकै कारण अहिले पनि आम नागरिकले उनलाई सकारात्मक रूपमा सम्झिरहेका छन्। बिष्ट २०७४ सालमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भई जनताको सेवामा सक्रिय […]

बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध अभियान : ८ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने

२०, माघ २०८२ बाँके । बाँके जिल्लामा पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले आठ हजारभन्दा बढी किशोरीलाई एचपिभी (ह्युमन पापिलोमा भाइरस) विरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाभर ८ हजार ५८४ जना लक्षित किशोरीलाई खोप प्रदान गरिने जनाएको छ । […]

जितेपछि जुम्ला बिर्सने नेताहरूको चुनावी नाटक : चुनावमा मात्रै आश्वासनको खेती

काली बहादुर परियार जुम्ला,२० माघ। चुनाव नजिकिदै जाँदा जुम्लामा फेरि उही राजनीतिक नाटक मञ्चन हुन थालेको छ । पाँच वर्ष सम्म राजधानीको कुर्सीमा रमाएर जुम्लाको नाम समेत लिन नचाहने नेताहरू अहिले गाउँ गाउँ डुल्दै विकास, समृद्धि र परिवर्तनका मीठा सपना बाँडिरहेका छन् । जिते पछि जुम्ला फर्किन फुर्सद नपाएका पात्रहरू चुनावको मुखमा भने जनताका दुःख […]

घुयँत्राे:“ठेकेदार अमेरिका, नेता फेसबुकमा व्यस्तः बाटो भने अझै प्रतीक्षामा”

हैन याे सुर्खेत तेलपानी हुँदै बर्दिया जाने सडक कुन पाटिका उमेदवारले बनाउने भए कतै सुन्नमा आएन त ! पैलेका काँग्रेसका उमेदवार थानि जीले सारा संसार धाउनु भाे त्याे बाटाे बनाउँछु भनेर तर कुनै पनि पाटिकाे सरकारले टेरेन । रानीघाटकाे भेरी नदिमा पुलबनाउन कस्सिएका ठेकेदारले फाईदा नहुने देखेछि ठेक्कै छाेडेर अमेरिकातिर हान्निए । ठेक्काँ फाईदै नहुने […]