ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके, २० माघ ।  ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण सम्पन्न हुन सकेका छैनन् । ठेकेदारले काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र […]

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ, २० माघ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाई गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० […]

संविधान मिचेर हुने कुनै पनि निर्णय स्वीकार्य छैन : मुख्यमन्त्री

सुर्खेत, २० माघ ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान मिचेर हुने कुनै पनि निर्णय प्रदेशलाई स्वीकार्य नहुने बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको आज सुर्खेत वीरेन्द्रनगरमा बसेको पहिलो बैठकमा मुख्यमन्त्री कँडेलले सङ्घीय सरकारसँग टकराव नभई सम्मानजनक सहकार्य चाहेको बताए । उनले सदनलाई सम्बोधन गर्दै भने, “प्रदेश सरकार न कुनै वैकिल्पक […]

समयमा भुक्तानी नपाउँदा बाँकेका साना निर्माण व्यवसायी समस्यामा

बाँके, २० माघ ।  समयमा भुक्तानी नहुँदा बाँकेका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् ।   जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका १० प्रतिशत साना निर्माण व्यवसायी भुक्तानी समस्याका कारण प्रत्येकवर्ष पलायन हुने गरेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताए । जिल्लामा सङ्घमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत निर्माण व्यवसायी […]

दल फेरबदलको असर : पूर्वसहकर्मी चुनावी मैदानमा आमनेसामने

ओम शाही सुर्खेत, २० माघ ।  आसन्न २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । २३–२४ भदौको जेन–जी आन्दोलनले देशलाई नियमित समयभन्दा दुई वर्ष अगावै निर्वाचनमा धकेलेको थियो । सरकारले निर्वाचनको मिति तय गरेर आवश्यक तयारीलाई व्यापक बनाइरहेको छ । राजनीतिक दलहरुले पनि निर्वाचन लक्षित गतिविधिलाई आक्रामक बनाउँदै लगेका छन् । दलहरुले मतदातालाई आफ्‌नो पक्षमा पार्न […]

सम्पादकीय : लागुऔषध दुर्व्यसन रोक्न हातेमालो गरौं !

सुर्खेत जिल्लामा लागुऔषध दुर्व्यसन पछिल्ला बर्षहरूमा गम्भीर सामाजिक समस्याका रूपमा देखा पर्न थालेको छ । विशेषगरी किशोर र युवा पुस्ता यसको मुख्य शिकार बन्दै गएका छन् । लागुऔषधको सेवनले व्यक्तिको स्वास्थ्य, भविष्य र पारिवारिक सम्बन्ध मात्र होइन, सामाजिक सद्भाव, शान्ति सुरक्षा र कानुन व्यवस्थामाथी समेत प्रत्यक्ष असर पारिरहेको छ । यही यथार्थलाई मध्यनजर गर्दै जिल्ला […]

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं,२० माघ । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम हटाएको छ। यसैगरी, आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि बन्दसूचीबाट हटाएको छ। गत निर्वाचनमा खर्ब विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको […]

लुम्बिनी प्रदेशमा भोलि माघ २१ गते सार्वजनिक बिदा

दाङ,२० माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले जारी गरेको सूचनाअनुसार भाेलि  माघ २१ गते  लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारअन्तर्गतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा निकायहरूमा बिदा रहने मन्त्रालयले जनाएको […]

दाङ–१ मा चार दलीय भिडन्त, थारु मत विभाजन र सीमा समस्याले चुनावी नतिजा अनिश्चित

दाङ ,१९ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। चोक–गल्लीदेखि चिया पसलसम्म ‘कसले बाजी मार्ला ?’ भन्ने चर्चा सुरु भएसँगै यो क्षेत्र राष्ट्रिय चासोको केन्द्रमा पर्न थालेको छ। यसपटक दाङ–१ को चुनावी माहोल सहज रूपमा आङ्कलन गर्न सकिने अवस्थामा छैन। परम्परागत […]

विकासका वाचा होइन, विचारको संवाद: किताब बेच्दै चुनावी मैदानमा धिताल

गाेल्डेन बुढा जुम्ला,१९ माघ। चुनाव भन्नासाथ खर्च, शक्ति र पहुँचको प्रतिस्पर्धा सम्झिने नेपाली राजनीतिमा जुम्लाबाट एउटा असामान्य तर, अर्थपूर्ण हस्तक्षेप भएको छ।प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा उम्मेदवार मनऋषि धिताल ले चुनावी खर्च जुटाउन किताबलाई माध्यम बनाएका छन्।जहाँ पैसाभन्दा विचार अग्रपङ्क्तिमा छ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अन्य उम्मेदवारहरू विकास निर्माण, बजेट र भौतिक पूर्वाधारका […]

घुयँत्राे:“चुनाब जितेँ भने लोकतन्त्र, हारेँ भने बतासे अण्डा !” – ओलिबाको नयाँ राजनीतिक दर्शन

मान्छे त केपि बा याे देशका जनता र माटाे स्वाउँदै जन्या हुन के ! कार्यकर्ता झाेलेदेखि सामान्य नागरिक समेतले बा ले जे गर्याे त्यसैमा स्वीकृति जनाउने भएछि बाले नि उखान टुक्का देखि चुनाबि चुनाैति दिनसम्म पछि पर्दैनन गाँठे । झापा पाँचाँ रास्वपाका बालेन समेत गएर बाकै विरुद्ध चुनाब लडेछि अताल्लिएका बाले कैले ” बतासे अण्डाट […]

निर्वाचनः उम्मेदवारलाई मतदाताको सुझाव–वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्‌

बर्दिया , १९ माघ ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु–मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । मतदातासँगको अन्तरक्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले वन्यजन्तु–मानव द्वन्द्व […]

निर्वाचन ३२ दिन बाँकीः  पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ, १९ माघ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, […]