प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने 

बैतडी, १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो । निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने 

दाङ, १९ माघ ।  यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान […]

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ, १९ माघ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको हो । दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा रु आठ लाख ७३ हजार ६३८ कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले छ […]

चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा  उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन

कञ्चनपुर, १९ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा राजनीतिक दलहरूले आफ्नो साङ्गठनिक उपस्थिति र प्रचार अभियानलाई वडा तहसम्म विस्तार गरेका छन् । युवा मतदातालाई लक्षित गर्दै दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । मुख्य प्रतिस्पर्धी दलहरूले सम्पर्क कार्यालय स्थापना, वडा संयोजकको नियुक्ति तथा घरदैलो अभियानलाई तीव्र बनाएसँगै चुनावी माहोल […]

लागुऔषध नियन्त्रणमा प्रहरीको कडा एक्सन : प्रहरीले संकास्पदमाथी जुनसुकै बेला गर्नसक्छ किटमार्फत परिक्षण 

ओम शाही सुर्खेत, १९ माघ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध दुर्व्यसनी रोक्न लागुऔषध परिक्षण किट प्रयोग गर्ने भएको छ । सुर्खेतका मुख्य समस्याहरु मध्ये लागुऔषध दुर्व्यसनी प्रमुख बन्न थालेपछि प्रहरीले अब संकास्पद व्यक्तिलाई जुनसुकै समयमा पनि परिक्षण किटमार्फत लागुऔषध सेवन गरे नगरेको पहिचान गर्नसक्ने छ । लागुऔषधको उत्पादन, कारोवारदेखि सेवनलाई कानुनले अपराध मानेपनि संकास्पद […]

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली, १९ माघ ।  यहाँको कैलारी गाउँपालिका–५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एकयाममा रु दुई लाख ५० हजार बचत गर्दै आएका छन् ।  करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आएका उनले एकयाममा रु १३ लाख बराबरको माछा बिक्री हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर रु दुई लाख ५० […]

सम्पादकीय : कर्णालीमा औद्योगिक विकासको अवसर !

झण्डै ६ वर्षको अवरोधपछि कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण आयोजना अन्ततः पूर्ण भएको छ । शनिबार कोहलपुर सबस्टेशनबाट सुर्खेतको सुब्बाकुना सबस्टेशनमा उच्च क्षमताको विद्युत् प्रवाह सफल भएसँगै कर्णालीले दशकौँदेखि भोग्दै आएको ऊर्जा अभावबाट मुक्ति पाएको छ । यतिमात्रै होइन विद्युतको ठुलो र भरपर्दो पूर्वाधार निर्माणले कर्णालीमा औद्योगिक र आर्थिक समृद्धिको ढोका खोलेको छ । कर्णालीको […]

पब्लिक स्पिच बाँकेको चौथो शृंखलाः अडिसनबाट १० प्रतिस्पर्धी फाइनलमा प्रवेश

बाँके ,१९ माघ। बास नेपालको आयोजनामा सञ्चालन गरिएको पब्लिक स्पिच कम्पिटिसन (सार्वजनिक मन्तव्य प्रतियोगिता) बाँकेको चौथो शृंखलाअन्तर्गत अडिसन राउण्ड शनिबार नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ । अडिसन राउण्डबाट उत्कृष्ट प्रदर्शन गरेका १० जना प्रतिस्पर्धी फाइनल राउण्डका लागि छनौट भएको आयोजकले जनाएको छ । विद्यार्थी तथा युवाहरूको वक्तृत्वकला, वाक क्षमता र सार्वजनिक भाषणकला अभिवृद्धि गर्ने […]

रास्वपाकी उपसभापति तारा शाही कांग्रेसमा फिर्ता ”

गाेल्डेन बुढा जुम्ला,१९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाहीको नेपाली कांग्रेसमा पुनः प्रवेशले जिल्लाको चुनावी राजनीति नयाँ मोडमा पुगेको छ। रास्वपाको आन्तरिक गतिविधि र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै शाही कांग्रेसमा फर्किनु केवल दल परिवर्तन मात्र नभई, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलमाथिको प्रश्नका रूपमा समेत हेरिएको छ।शाहीलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा […]

मतदाताको विश्वास खोज्दै जुम्ला कांग्रेस

गाेल्डेन बुढा जुम्ला,१९ माघ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस जिल्ला समिति जुम्लाले युवामुखी एजेन्डा र मतदाता केन्द्रित रणनीतिलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाउने निर्णय गरेको छ। बढ्दो बेरोजगारी, वैदेशिक पलायन र आधारभूत सेवाको अभावले असन्तुष्ट बनेका मतदातालाई लक्षित गर्दै कांग्रेसले आफ्नो सन्देश पुनः परिभाषित गरेको देखिन्छ।रणनीति निर्माणका लागि बसेको बैठकले पार्टीको संगठन […]

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं ,१९ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार […]

जुम्ला मगन्ते होइन,दाता हो :नेकपा उम्मेदवार नरेश भण्डारी!

गाेल्डेन बुढा जुम्ला ,१८ माघ। नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेश भण्डारीले अघि सारेको ‘जुम्लालाई सांस्कृतिक राजधानी’ बनाउने प्रस्ताव केवल एक जिल्लाको माग होइन,कर्णालीमाथि राज्यले लामो समयदेखि गर्दै आएको दृष्टिविहीन नीतिको पुनरावलोकनको माग हो। आइतबार जुम्लाकाे सदरमुकाम खलंगामाआयोजित पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले सिँजा सभ्यता विधेयक कानुनका रूपमा अघि बढिसकेको उल्लेख गर्दै अब जुम्लालाई […]

किताब बाट मतसम्म : चुनावी खर्चको परम्परा तोड्ने मनऋषि धितालको फरक राजनीति

काली बहादुर परियार जुम्ला,१८ माघ । नेपाली चुनावी राजनीतिमा पैसाको भूमिका सधै विवादको केन्द्रमा रहँदै आएको छ । ठूला ब्यानर, महँगा सभा, गाडीको लस्कर र अपारदर्शी खर्चले चुनावलाई धनीको खेल बनाएको आरोप लाग्दै आएको बेला जुम्ला बाट एक उम्मेदवारले बिल्कुलै फरक बाटो रोजेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रगतिशील लाेकतान्त्रीक […]