घुयँत्राे:“चुनाब जितेँ भने लोकतन्त्र, हारेँ भने बतासे अण्डा !” – ओलिबाको नयाँ राजनीतिक दर्शन
मान्छे त केपि बा याे देशका जनता र माटाे स्वाउँदै जन्या हुन के ! कार्यकर्ता झाेलेदेखि सामान्य नागरिक समेतले बा ले जे गर्याे त्यसैमा स्वीकृति जनाउने भएछि बाले नि उखान टुक्का देखि चुनाबि चुनाैति दिनसम्म पछि पर्दैनन गाँठे । झापा पाँचाँ रास्वपाका बालेन समेत गएर बाकै विरुद्ध चुनाब लडेछि अताल्लिएका बाले कैले ” बतासे अण्डाट चल्लाजन्मिन्न” भन्छन त कैले ” एमाले वा मैले याे चुनाब जितिन भने याे चुनाब मान्दिन ” भनेर सरकारकाे छक्का झुटाउन ला छन । संसारका निडर मान्छे मध्याँ पर्छन कि क्या । एकुन्ताक ल शान्ति सुरक्षानै छैन त्यसैले एमालेले चुनाबाँ भाग लिन्न भनेर रातदिन त्याे प्रधानमन्त्रीकाे खेदाे खने ।
सरकारलेनि ल त हेराैँ चुनाबाँ कसरी भागलिँदाे रैन्छस भनेर ताेकेकै मितियाँ चुनाब गराएर छाेडछु भनेर देशका सब्बै दलका नेताहरलाई बाेलाएर चुनाबि छलफल थालेछि खुरुक्क एमाल्या नेताहरलाई नि छलफलाँ भाग लिन जाओ भनेर पठाएर चुनाबाँ भाग नलिने अडानाट सुईँकुच्चा ठाेकेर भागे । ऐले जब चुनाब गर्ने कुराँ सरकारी दाैड अघि बढिरा बेलाँ चुनाब हारेँ भने ….. भनेर धाक लाउँदैछन । ओलिकाे यस्तो खेललाई देखेर कसैले अब एमाले मात्रै हैनकि ओलि पनि चुनाबाँ नराम्रो शीत पछारिने भए भन्देछि ऐले फेरि याे चुनाबै मान्दिन भनेर चिच्याकल्लाे गर्याछन । पाटि अध्यक्ष भएर पाटियाँमात्रै दाइँ हाल्ने हैनकि प्रधानमन्त्री नै भएर सरकाराँ उत्पात मच्चाउने र विपक्षि जतिकाे जिना हराम गर्ने नीतिलेका ओलिलाई प्रधानमन्त्रीकाे त कुरै छाेडम् सांसदै हुन नदिन रबि भन्ने जिनिसले ओलिका सबैभन्दा ठूला शत्रु राजधानीका मेयर बालेन शाहलाई मेयराट राजीनामा गराएर ओलिकाे चुनाब क्षेत्राटै उमेदवार बनाईदेछि विच्छिप्त बन्या बा आजकाल अनेकथरि बतुराउँदै बस्दै गर्याछन । आफू जिल्ला जान नपाउँदै बालेन शाह झापा पुगेर मान्छ्या जलेसा खेड्या देख्दा त बा झन त्यसै त्यसै आैडा भाछ र के गरम् र कसाे गरम् भाछन । त्याे रवि भन्ने मान्छेले नि बदलानि सानाे तिनाे ल्या हाेर ?! झापाँ लगेर बाकाे विरुद्ध चुनाब मात्रै उठा हाेर बालेनलाई ! प्रधानमन्त्रीकै उमेदवार भनेर बासित चुनाब लडाइ देछि त्याँका जनतानि बाकाे प्रधानमन्त्रीतब त कति हेरियाे कति अब १ चाेटि यै जेनजी प्रधानमन्त्री भा हेर्नू पर्याे भनेर जतागयाे त्यतै बालेन बालेन भन्न थालेछि रिसले भाउन्न भाका बा अब चुनाब जितिन्न केई ट्रिक अपनाउन पराे भनेर त हाेला आँफु हार्ने चुनाबलाई नमान्ने घाेषणा गर्दै हिँड्या । मान्छे त तपाईं आँफुले जे चायाे त्यै गराउन सक्ने मान्छेहाे ओलिबा त्यसैले तपाईँले बाेल्या कुरा सबै पूरा हुन्थे । जसबेला तपाईंको सरकारथ्याे त्याे बेला गर्नसम्म गर्नु भाथ्याे तर भदाैरे आन्दोलनले तपाईलाई बगाएर बालुवाटाराट शिवपुरी भैरवदलकाे गणाँ पुर्यायाे तबदेखि तपाईं सरकाराँ हुनु हुन्न । अनि तपाईंलाई बगाउने त्यै जेनजीकाे भलाँ जन्म्या सुशिला कार्किकाे सरकार छ त्यसैले तपाईंले जे माग्याे त्यै याे सरकारले पूरा गर्दैन ।
त्यसैले अब प्रधानमन्त्रीकाे सपना हैन अब अध्यक्षा कुर्चियाँ बसेर आफ्नो पाटिका नेता कार्यकर्तालाई धकेल्दा धकेल्दा कति भित्ताँ पुर्याउन सकिन्छ त्यतैतिर लाग्नाेस अब याे सरकारी मैदान तपाईंका लागि काम छैन । बरु ८७ काे चुनाबाँ कसरी जानेहाे त्याे खेलका लागि खेलाडी तयार गर्नाेस याे चाेटि त बालेनले लग्याे लग्याे । अब तपाईं अन्तर हृदयदेखिनै हारीसक्या र थकान महसुस गरिसक्या अभिव्यक्ति दिई राख्नु भाछ त्यसैले याे पटक धेरै जाेडबल् नगरम । हुन्न र ?





