दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम  नयाँमा सार्नुपर्ने

काठमाडौँ, २२ माघ ।  निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार […]

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी ,२२ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय  बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय  बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव एवं इञ्जिनियर दीपक श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्‌द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले […]

हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र 

नरेन्द्रसिह कार्की/रासस कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उहाँहरू राष्ट्रको सीमालाई सुरक्षित राख्न निरन्तर सक्रिय छन् । भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन । प्रत्येक पाइला जोखिमसँग जोडिएको छ । चिप्लो जमिन, हिमपहिरोको सम्भावना र शून्य नजिकैको तापक्रमबीच पनि उहाँहरूको कदम रोकिँदैन् ।दार्चुलाको व्यास गाउँपालिका–१ छाङरूस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० […]

संस्कृति र राजनीतिको अन्तरसम्बन्ध

प्रा जगमान गुरुङ संस्कृति र राजनीति समाजका दुई आधारभूत स्तम्भ हुन् । संस्कृतिबिना समाजको पहिचान अधुरो हुन्छ भने राजनीतिबिना समाजको व्यवस्थापन सम्भव हुँदैन । यी दुवैबीच गहिरो सम्बन्ध रहेको हुन्छ । संस्कृति समाजको सोच, व्यवहार, मूल्य–मान्यता र जीवनशैलीको प्रतिविम्ब हो, भने राजनीति ती मूल्य–मान्यतालाई सत्ता, नीति र शासन प्रणालीमार्फत कार्यान्वयन गर्ने माध्यम हो । त्यसैले […]

निर्वाचनको २८ दिन बाँकीः निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत  गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौँ, २२ माघ ।  निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ […]

बैतडीमा जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ को मृत्यु, ४५ घाइते

बैतडी,२२ माघ। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा आज साँझ करिब साढे ६ बजेको समयमा वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

बैतडीमा जन्ती बोकेको बस दुर्घटना

बैतडी,२२ माघ। बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो । पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो । “दुर्घटना […]

अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित सूर्य ढकाल पुनः चुनावी मैदानमा

बाँके ,२२ माघ। बाँके निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले अधुरा विकासका योजना पूरा गर्ने लक्ष्यसहित पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। २०४५ सालदेखि राजनीतिमा सक्रिय ढकालले लामो राजनीतिक अनुभव, संघर्ष र उतारचढावको यात्रासँगै […]

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके,२२ माघ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिनुभएको छ। इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरीले दिने सेवाको प्रकृतिमा पनि क्रमशः परिवर्तन हुँदै […]

प्रदेश मन्त्रिपरिषद् बैठकः वन ऐन संशोधन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

दाङ,२२ माघ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८२\०८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको हो । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेश भएको ज्ञान […]

जुम्लाका लागि शान्तिमहतकाे बाचा पत्र

गाेल्डेन बुढा जुम्ला ,२२ माघ। जुम्लाबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार छन् शान्तिलाल महत। देशको बदलिँदो राजनीतिक परिवेश, बढ्दो भ्रष्टाचार, कुशासन र वैदेशिक हस्तक्षेपको चुनौतीबीच जुम्लेली जनताको अधिकार र भविष्यका सवाल संसदसम्म पुर्‍याउने अठोटसहित उनी उम्मेदवार बनेका हुन्।उनलेे बिहीबार दिउँसो सदरमुकाममा पत्रकार सम्मेलनमार्फत यस्तो स्थानीय बाचा पत्र सार्वजनिक गरेका हुन्।महत आफूलाई “जनताको प्रतिनिधि मात्रै होइन, […]

दैलेखमा ३० मेगावाटको डुल्लु–मालिका सोलार आयोजना निर्माण हुँदै, अध्ययन प्रक्रिया सुरु

काठमाडौं,२२ माघ। सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेडले दैलेखमा ३० मेगावाट क्षमताको डुल्लु–मालिका सोलार आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ। जलविद्युत् आयोजना निर्माणलाई मुख्य उद्देश्य बनाएर स्थापना भएको कम्पनीले पछिल्लो समय नवीकरणीय ऊर्जाको विविधिकरण गर्दै सौर्य ऊर्जा क्षेत्रमा पनि लगानी विस्तार गर्न लागेको हो। कम्पनीले प्रस्तावित आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र प्रारम्भिक वातावरणीय परीक्षण […]

घुयँत्राे:“मूल घर भत्कियो, आँगनमा झुण्डिएका नामप्लेट अझै सुरक्षित”

साँच्चै याैटा कुरा जान्न मन लायाे के यसकाे जवाफ कसले देलान् । खासमा कुरा के भने मूलपाटि वा संस्था डिजल्भ भयाे भने त्यसकै भातृ वा शुभ चिन्तक संस्था के हाेलान ? त्यै पुरानै नामबाट रहलानकि अरु नामबाट उदाउलान ? जान्न पाे मन लायाे के ! हिजाे जुन पाटिकाे भातृ वा शुभचिन्तक बनियाथ्याे त्यै मुलनै नरहे […]