बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

बैतडी ,२५ माघ। बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन आग्रह गरेको थियो । सोही सूचना बमोजिम अहिलेसम्म ३८७ नाल भरुवा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी […]

इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल चार रनले पराजित

काठमाडौँ,२५ माघ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इङ्ल्यान्डसँग पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा इङ्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुँदा नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट नेपाल वञ्चित भयो । जितका लागि […]

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

बाँके, २५ माघ ।  लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले उक्त सेवाको शुभारम्भ गरिएको हो । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । सो अवसरमा नगरप्रमुख बिष्टले भने, “प्रविधिमैत्री यस्ता […]

घुयँत्राे:“बाबुको पार्टी हरायो, छोरीको भोट खोज्दै देशभर डुलाइ!”

यद्यपि म यी दुबै नारी ( रेणु दाहाल,शाेभिता गाैतम )ले प्रतिनिधित्व गर्नेपाटिकाे कार्यकर्ताकाे त कुरै छाेडाैँ शुभ चिन्तकसम्म हैन । नेपालमा यीनका दलहरुले केही गर्लानजस्ताे नि लाग्दैन किनभने हिजाेका दिनमा रेणुले प्रतिनिधित्व गर्ने पाटिकाे काम काज हेरिसक्या छु । जनयुद्ध पछि चुनाबमा आएकाे रेणुकाे पाटि पहिलाे चुनाबमा यसरी बहुमत ल्यायाे कि जुन जनमत असाधारण थियाे […]

घुयँत्राे:धामीको धक्का र कम्युनिष्टको चमत्कार : कालिकोट चुनावमा देउता पनि कन्फ्युज!

सामाजिक सन्जाल काेट्याउँदै गा काे याैटा धामीले नेपाली कमिनिष्ट पाटिका नेता तथा कालिकोटबाट फागुन २१ का उमेदवार बनेका महेन्द्र बहादुर शाहि चुनाब जिताई दिन धामीका धक्कामुक्का सहँदै थिए ।मानम कसैलाई जिताउने हात धामीकै हाताँछ झैँ गरि धामीलेनि शाहिजीलाई अक्षता छर्किँदै कालिकाेटकाे चुनाब तैँल्यै जित्छस भनेझैँ गरि फलाक्दै थिए । हिजाे १० बर्षकाे जनयुद्धमा मठमन्दिरमा पूजा […]

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज, २५ माघ ।  निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ वटा घटना दर्ता भएका छन् । ती घटना गत साताका हुन् ।  निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा संलग्न  उम्मेदवारलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहोर्‍याउन आग्रह गरिएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताए । निर्वाचन क्षेत्र नं १ […]

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके, २५ माघ ।  बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ । कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट हुने कार्य सम्पादन सहजताका लागि खजुराले कानुन निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । उनका अनुसार, गाउँपालिकाबाट प्रवाह हुने सेवा, सुविधा […]

शुक्लाफाँटाको एकै वडामा ६७ करोड ९७ लाखका विकास योजना कार्यान्वयनमा

कञ्चनपुर, २५ माघ । शुक्लाफाँटा नगरपालिका–९ मा चालु आर्थिक वर्षमा रु ६७ करोड ९७ लाखका योजना निर्माणको कार्य अगाडि बढाइएको छ । वडामा सडक, पुल, कल्भर्ट, तटबन्ध, खानेपानी, विद्युत् विस्तार र शैक्षिक पूर्वाधारसम्बन्धी ठूला तथा साना गरी १९ वटा योजना निर्माणको कार्य अगाडि बढाइएको हो । केही योजना सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा […]

देश जोड्दै क्रिकेट 

धर्मेन्द्र झा/रासस सन्दर्भ, टि टवेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठूलो उपलब्धि र महत्वको कुरा हो । भारत र श्रीलङ्कामा हुने विश्वकपका खेलहरूको प्रारम्भ शनिबार भएको छ । कोलम्बोमा पाकिस्तान र नेदरल्याण्डबीच पहिलो खेलसँगै सुरु भएको यस प्रतियोगिताको दोस्रो दिन अर्थात् आइतबार (फेब्रुअरी ८)को […]

विचार : विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा   

राजु सिलवाल बहुप्रतिक्षित इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि–ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित नेपाली राष्ट्रिय क्रिकेट टिमले उच्च मनोबलका साथ तेस्रोपटक सहभागिता जनाउँदैछ […]

सुर्खेत–१ मा विष्णुलाई  दाजुको बिरासत जोगाउन चुनौती

ओम शाही सुर्खेत, २५ माघ । सुर्खेत–१ संसदीय निर्वाचन क्षेत्र नेपाली कांग्रेसका लागि मात्र होइन, समग्र कर्णालीको राजनीति (साबिक मध्यपश्चिम) मा पनि विशेष महत्व राख्ने क्षेत्र हो । यस क्षेत्रको चर्चा हुँदा झट्टै सम्झनामा आउने नाम हो—पूर्णबहादुर खड्का । झण्डै तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्र कांग्रेसका लागि सुरक्षित किल्लाजस्तै रहँदै आएको छ, जसको प्रमुख […]

सम्पादकीय : गहिरिँदो मानसिक स्वास्थ्य संकट

कर्णाली प्रदेशमा नसर्ने रोगहरूमध्ये मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ । कर्णाली प्रदेश अस्पतालको तथ्यांकले बालबालिका तथा किशोर–किशोरी मानसिक समस्याबाट सबैभन्दा बढी प्रभावित हुँदै गएको देखाउँछ । २० बर्षमुनिका ९८५ बालबालिकामा नसर्ने रोग पुष्टि हुनु र तीमध्ये अधिकांशमा मानसिक समस्या देखिनु कर्णालीको भविष्यप्रति संकेत गर्ने खतराको घण्टी हो । […]

दैलेखमा बँदेल आतङ्क : आक्रमणबाट २ जनाको मृत्यु, ३ जना घाइते

दैलेख ,२५ माघ। दैलेखमा बँदेलको आक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा भैरवी गाउँपालिका–५ बैटाकुराका ५० वर्षीय पदम बहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए। उनका अनुसार शनिबार ४ बजेतिर जङ्गलको छेउमा रहेको आफ्नै बारीमा काम गरिरहेका विष्टलाई बँदेलले एक्कासि आक्रमण गरेको थियो । ‎विष्टको घटनास्थलमै मृत्यु […]