निर्वाचन आउन २३ दिन बाँकी :  ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ, २७ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका […]

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर 

जुम्ला, २७ माघ ।  जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरीय घुम्ती तालिम सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकासहित तिला, हिमा, पातारासी, सिंजा र कनकासुन्दरी गाउँपालिका भित्रका स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनको किसानलाई घुम्ती तालिम दिइएको हो । यो […]

कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै 

कञ्चनपुर, २७ माघ ।  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा मंगलबारदेखी ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई  एचपिभी खोप लगाउने लक्ष्य लिएको छ । आजदेखि फागुन १ गतेसम्मका लागि जिल्लामा खोप अभियन सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार यस […]

कर्णालीलाई समताको बजेट अपरिहार्य छ: स्वास्थ्य मन्त्री सुधा शर्मा

गाेल्डेन बुढा जुम्ला,२७ माघ। जुम्लाको कठोर भूगोल, महँगो ढुवानी र सीमित पूर्वाधारबीच पनि स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको झण्डा उचाल्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले फेरि एकपटक राज्यको ध्यान तानेको छ। वर्षौंदेखि उपेक्षा, असमान बजेट र संरचनागत अभावको मार खेप्दै आएको कर्णालीका लागि यो ध्यान आफैंमा राजनीतिक र नीतिगत सन्देश बोकेको छ।मंगलबार […]

स्थानीय तहका कर्मचारीलाई  कार्यसम्पादन मूल्याङ्कन अभिमुखीकरण

सुर्खेत, २७ माघ ।  कर्णाली प्रदेश सरकारअन्तर्गत कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले दुई सय ३७ जना कर्मचारीहरुलाई अभिमुखीकरण तालिम दिएको छ । उक्त कार्यक्रमबाट प्रदेशभरका ७९ स्थानीय तहहरुका कर्मचारीहरुले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली प्रभावकारी कार्यान्वयनका विषयमा ज्ञान लिएका छन् । माघ १८ देखि २३ गतेसम्म कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको तालिम हलमा ६ वटा समूहमा सञ्चालन […]

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि

कैलाली, २७ माघ ।  टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुन । राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका उनी बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्छन । साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा गर्दै आउनुभएको छ । याम अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आएका उनले पछिल्लो […]

कञ्चनपुर–१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर, २७ माघ ।  आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ ।  लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा […]

जलाशययुक्त आयोजनाको बिजुली खरिद–बिक्रीदर तोकियो: बर्खामा युनिटको ७ रूपैयाँ सुख्खायाममा १५ रूपैयाँसम्म

काठमाडौं, २७ माघ । विद्युत नियमन आयोगले जलाशययुक्त विद्युत उत्पादन केन्द्रको विद्युत खरिद–बिक्री(पिपिए) सम्बन्धी निर्देशिका ल्याएको छ । आयोगले  ॅजलाशययुक्त विद्युत उत्पादन केन्द्रको विद्युत खरिद बिक्री सम्बन्धी निर्देशिका, २०८२’ तयार गरेको हो । जलाशययुक्त विद्युत केन्द्रबाट उत्पादित बिजुली खरिद–बिक्री सम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न निर्देशिका जारी गरेको आयोगले जनाएको छ । निर्देशिका अनुसार न्यूनतम […]

दाङ–३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ, २७ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालयको नेतृत्वमा गएको टोलीले अतिसंवेदनशील तुलसीपुर उपमहानगरपालिका–३ को मावि प्रतापकोट, शान्तिनगर गाउँपालिका–१ राप्ती मावि […]

निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका

कृष्णहरि बास्कोटा  आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ । यो संवैधानिक आयोग हो । यो सरकार मातहतको निकाय नभएर अधिकार सम्पन्न स्वतन्त्र निकाय हो । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्सनीय निर्वाचन गराउँछ । यसर्थ, १८ […]

संघीयता बोझ होइन, अवसर हो:मुख्यमन्त्री आचार्य

दाङ,२७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता प्रदेशलाई बलियो बनाउने अवसर भएको बताउनुभएको छ । काठमाडौँमा आयोजित ‘संघीयता ः संरचना मात्र कि संवाहक पनि’ विषयक संवाद कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सेवा प्रवाहलाई प्रमुख केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको हो । जेनजी आन्दोलनका क्रममा सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्यका विषय […]

प्रधान सेनापति खुला म्याराथनमा जुम्लाका रोकाया प्रथम

काली बहादुर परियार जुम्ला,२७ माघ । नेपाली एथलेटिक्समा पछिल्लो समय निरन्तर चर्चा कमाइरहेका जुम्ला चन्दननाथ नगरपालिका -८ का धावक राजन रोकायाले सेनापति खुला म्याराथनमा ऐतिहासिक प्रदर्शन गर्दै आफूलाई वर्षकै उत्कृष्ट खेलाडीको रूपमा स्थापित गरेका छन् । माघ २४ गते शनिबार सम्पन्न प्रतियोगितामा रोकायाले २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा फिनिस गर्दै कोर्स रेकर्ड कायम गर्नुका […]

घुयँत्राे:“रिपोर्ट आउँदा चुनाव सकिने, दोषीहरू सरकार बनाउने लाइनमा !”

जेनजी आन्दोलनका अपराधी या दाेषि उपर कार्वाहि गर्न गठित कार्कि आयाेगकाे रिपोर्ट आउला र अपराधिहरु चुनाब अघिनै सजायका भागीदार हाेलान काेहि जेलमा सडलान काेहि चुनाबमा उठनै नपाएर बहुलाउँदै हिँडलान र राज्य शुसासनतिर माेडियला भन्या आयाेगकाे म्याद त झन थप्याथप्यै छन त के हाे याे ! कि त सरकार रिपोर्ट आउने बित्तिकै अपराधीहरलाई कार्वाहि गर्न तम्सिन […]