मतदाता फकाउन  गाउँ छिरे उम्मेदवार

ओम शाही  सुर्खेत, २७ माघ ।  आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातिँदै गएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र बनाएको छ भने राजनीतिक दलहरू पनि प्रचार–प्रसारमा सक्रिय देखिएका छन् । विशेषगरी दुई निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रमुख दलहरू नेपाली […]

सम्पादकीय :  लोकतन्त्रको कसीमा सरकारको परीक्षा !

आसन्न २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै देश चुनावी माहोलमा प्रवेश गरेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय र प्रशासनिक संरचनाले आवश्यक तयारीलाई तीव्रता दिएका छन् । राजनीतिक दलहरू पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उनीहरूले सभा, घरदैलो अभियान र सामाजिक सञ्जालमार्फत मतदातासँग […]

बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच अधिकांशमा 

काठमाडौँ, २६ माघ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ […]

बाँकेमा एचपिभी खोप लगाउन सुरु

नेपालगञ्ज, २६ माघ ।  बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अहिलेसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनालाई पाठेघरको क्यान्सरविरुद्ध […]

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह 

कञ्चनपुर, २६ माघ ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो प्राप्त भएपछि अनुगमनलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिए । जनप्रतिनिधि […]

राप्ती तटीय क्षेत्रका स्थानीयद्वारा डुवान–कटान समस्या सुल्झाउन अनुनय 

बाँके, २६ माघ ।  बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको समस्या दीर्घकालीन रुपमा समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राप्ती नदी प्रभावित क्षेत्रका स्थानीयले डुबान र कटानको समस्या सुल्झाउन सक्ने उम्मेदवारलाई मतदान गर्ने जनाएका छन् । ती बासिन्दाले डुबान र कटानको बर्सेनि समस्या झेल्दै आएका छन् । […]

अखिल महिला संघले वीरेन्द्रनगरमा उतार्दै ६ सय महिला

सुर्खेत, २६ माघ । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगर कमिटीले आगामी फागुन २ गते भातृ तथा पेसागत संगठनमा आबद्ध महिला पदाधिकारीहरूको भेला आयोजना गर्ने तयारी गरेको छ । अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष टिका घलेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा […]

लागुऔषध सेवन गरी सवारी  चलाउने ६ चालक पक्राउ

सुर्खेत, २६ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, बाट लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा चालकहरूमा लागुऔषध सेवन गरेको प्रारम्भिक […]

सुर्खेतका ६ हजार किशोरीलाई  पाठेघरमा हुने क्यान्सरविरूद्धको खोप

सुर्खेत, २६ माघ ।  पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूलाई सुरक्षित बनाउने उद्देश्यले सुर्खेत जिल्लामा एच.पी.भी. खोप अभियान सञ्चालन गर्न लागिएको छ । आगामी फागुन १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत जिल्लाका ९ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप प्रदान गरिन लागिएको हो । सुर्खेत जिल्लाभर ६ हजारभन्दा बढी […]

प्रतिनिधि सभा सदस्य निर्वाचन :  एक करोड २२ लाख ५६ हजार मतपत्र छपाई

काठमाडौँ, २६ माघ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड २२ लाख ५६ हजार मतपत्र छपाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम […]

बाँकेमा ७५ थान हातहतियार बुझाइयो: गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग

बाँके २६ माघ ।  बाँकेमा इजाजत प्राप्त ७५ थान हातहतियार प्रहरी समक्ष बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरी मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायत स्थानमा आजसम्म ती हातहतियार बुझाइएको जानकारी दिए । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, […]

माटोले आमालाई लियो, पाँच सन्तानलाई अनाथ बनायो

गाेल्डेन बुढा जुम्ला ,२६ माघ। जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बिहानी अझै उस्तै उदाउँछ, तर,घरभित्र उज्यालो बाँड्ने आवाज हराएको छ । जहाँ हिजोसम्म आमाको स्वर थियो, आज त्यहीँ मौनता बसेको छ । एउटी आमाको असमयिक मृत्युसँगै पाँच बालबालिकाको जीवन एकाएक अनिश्चितताको भिरालोमा उभिएको छ ।गत बिहीबार (अर्थात)माघ १५ गते अन्दाजी ३७ वर्षीया हाँसु वि.क दैनिकीका […]

नरैनापुर गाउँपालिकाको आफ्नै लोगो सार्वजनिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान झल्काउने प्रयास

बाँके,२६ माघ । बाँकेको पूर्वी क्षेत्रमा अवस्थित नरैनापुर गाउँपालिकाले आफ्नै सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान झल्कने आधिकारिक लोगो तयार गरी कार्यान्वयनमा ल्याएको छ। गाउँ कार्यपालिकाको बैठकबाट लोगो पारित भएसँगै यसलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो। स्थानीय तह स्थापना भएको झण्डै नौ वर्षपछि गाउँपालिकाले आफ्नै आधिकारिक लोगो सार्वजनिक गर्नु […]