विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै

रौतहट ,२६ माघ। विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने पवित्र उद्देश्यका साथ थाइल्याण्डका भिक्षुहरूको नेतृत्वमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्मको ‘महान् धम्म यात्रा’ सुरु हुन लागेको छ । ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अभियानको मुख्य लक्ष्य विश्वमा बढ्दै गएको द्वन्द्वका बीच बुद्धको शान्ति र […]

घुयँत्राे:“ठेक्का तोडियो, कर्मचारी मोडियो… देश चाहिँ जस्ताको त्यस्तै जोडियो!”

नेपालका ठेकेदारहरु र कर्मचारीकाे मिलाेमताेमा निर्माण गर्नु पर्ने सडक, पुल तथा अन्य निर्माणलाई ठेक्का सकारगरि सम्झाैता गरेकाे कैयौं बर्षसम्म काम नगर्ने तथा काम शुरुगरेपनि त्यसलाई बीचमै छाेडेर अलपत्र पारेका ठेक्काहरुकाे अनुगमन र हेर फेर गरि यीनै ठेकेदारलाई काम गर्न दिएमा ती काम अँझै कैयौं बर्ष अलपत्र रहने देखेपछि भाैतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जाँदाजाँदै करिब […]

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै 

बैतडी, २६ माघ ।  पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभरी सञ्चालन हुँदैछ । जिल्लाभरिका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर […]

‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’ 

काठमाडौँ, २६ माघ ।  वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्र्दै त्यसका लागि मन्त्रालयल नीतिगत सहजीकरण गर्न तयार रहेको बताएका हुन । नेपालका वित्तीय संस्थालाई पेरिस […]

कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव

काठमाडौँ, २६ माघ ।  नेपालमा कुष्ठरोग र सोबाट प्रभावित व्यक्तिविरुद्ध अन्यायपूर्ण रुपमा रहेका विद्यमान नीति तथा कानुनको पुनरावलोकन गर्न एक अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । नेपाल कानुन समाजले सासाकावा हेल्थ फाउन्डेसन जापानको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको ‘नेपालमा कुष्ठ प्रभावित व्यक्तिको अधिकार तथा भावी रणनीति अध्ययन प्रतिवेदन, २०८२’ले कुष्ठरोगका कारण हुने सबै […]

हरित निर्वाचनको नयाँ अभ्यास 

कृष्ण अधिकारी पहिले जताततै पर्चा, पम्पलेट, तुल व्यानरदेखि चर्को आवाजमा माइकिङका स्वरहरुले निर्वाचन आएको प्रष्ट थाहा हुन्थ्यो । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा मात्र नभई राजनीतिक दलका भ्रातृ सङ्गठन, पेशागत सङ्गठनदेखि सामुदायिक संस्थाहरुका निर्वाचनका प्रचारहरु पनि निकै तामझम हुने गर्दछन् । निर्वाचन आउनु महिनौँअघिदेखि नेताहरु घरघरमा आउने, चोक, केन्द्रहरुमा आमसभा गर्ने, अनावश्यक भोजभतेर गर्ने, बढीभन्दा […]

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

काठमाडौं, २६ माघ । “यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरुले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य रु एक हजार मात्र”, कर्णालीका दीपक राउटेले भने । राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आइतबारदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरुले आफूले […]

प्रहरीका अधुरो भवन पूरा गर्न रकम दिने निर्णय

सुर्खेत, २६ माघ ।  कर्णाली प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माण पूरा गर्न रु ६० लाख प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो […]

पूर्व मुख्यमन्त्री शर्मालाई सांसद पदमुक्त गर्ने नेकपाको तयारी

सुर्खेत, २६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको नीति, विचार र सिद्धान्त विपरीत गतिविधिमा संलग्न भएको भन्दै पत्र प्राप्त भएको चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । नेकपाले पठाएको स्पष्टीकरण पत्रमा केही समययता शर्माले आफू आवद्ध दलको नीति, […]

निर्वाचन २५ दिन बाँकी : कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह 

काठमाडौँ, २६ माघ ।  सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ […]

कर्णालीमा उर्जाको लगानी बढ्दै: ३२८ मेगावाटको भारबुङ जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढ्दै

सुर्खेत, २६ माघ ।  कर्णाली प्रदेशको दुर्गम डोल्पा जिल्लामा निर्माण प्रस्तावित ३२८.१० मेगावाट क्षमताको भारबुङ जलाशययुक्त जलविद्युत आयोजना ले नेपालको ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने आधार तयार गरेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) प्रतिवेदनले आयोजना वातावरणीय, सामाजिक र आर्थिक दृष्टिले कार्यान्वयनयोग्य रहेको निष्कर्ष निकालेसँगै परियोजना अघि बढ्ने बाटो खुलेको हो । नेपाल सरकारअन्तर्गत […]

ब्राउन सुगरसहित पक्राउ

बर्दिया ,२६ माघ। प्रहरीले ब्राउन सुगरसहित युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ रानीपुरस्थित सीमा नाकाबाट भारतबाट आउँदै गरेका पैदलयात्रीलाई जाच गर्दा उक्त पदार्थ फेला परेपछि पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रबहादुर मल्लले पक्राउ पर्नेमा बासगढी नगरपालिका–४ मटेरियाका २७ वर्षीय कालीराम […]

निर्वाचन आयोगको ध्यान अब मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं ,२६ माघ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ । मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर […]