थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु

बैङ्क, २९ माघ (रासस/सिन्ह्वा) । दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जालमार्फत आक्रमणमा एकजना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ । प्रहरीका आनुसार संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको […]

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

टोकियो, २९ माघ (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिनुभएको छ । तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको पाँच खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने दबाब पनि सामना गरिरहेको छ । जुलाईमा भएको सहमतिअनुसार जापानले सन् २०२९ सम्म ‘मुख्य अमेरिकी उद्योगहरूको पुनर्निर्माण र […]

युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग

ब्रसेल्स, २९ माघ (रासस/एएफपी)। बेलायतले युक्रेनको ऊर्जा र ताप प्रणालीमाथि भइरहेका रुसी आक्रमण रोक्न सहयोग पुर्‍याउने उद्देश्यले करोडौँ डलर बराबरको हवाई रक्षा प्याकेज घोषणा गरेको छ । बिहीबार गरिएको उक्त प्रतिबद्धताले युद्धग्रस्त युक्रेनको नागरिक पूर्वाधार जोगाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार करिब २० करोड डलर अमेरिकी हतियार खरिदका लागि […]

किसानका हातमा डिजिटल प्रविधि: एनसेल र सुपर कृषकबीच सहकार्य, आधुनिक कृषि सेवा मोबाइलमै

काठमाडौं ,२९ माघ। देशभरका किसानहरूलाई डिजिटल तथा प्रिमियम कृषि सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल र डिजिटल कृषि प्लेटफर्म ‘सुपर कृषक’बीच सहकार्य भएको छ। मोबाइल फोनमार्फत सहज र प्रभावकारी रूपमा आधुनिक कृषि सेवा किसानसम्म पुर्‍याउने लक्ष्यका साथ गरिएको यो सहकार्यलाई नेपालको कृषि क्षेत्र डिजिटल रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यो […]

दबाबबीच इयु नेताहरूको रणनीतिक बैठक

बेल्जियम, २९ माघ (रासस/एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक दबाब, चीनको आक्रामक आर्थिक रणनीति र रुसको हाइब्रिड खतराको सामना गर्दै युरोपेली सङ्घ (इयु) का २७ राष्ट्रका नेताहरू बेल्जियमको ऐतिहासिक एल्डेन बिसेन महलमा बिहीबार रणनीतिक बैठकमा जुटेका छन् । बढ्दो भू–राजनीतिक चुनौतीले कूटनीति, रक्षा र व्यापारप्रतिको युरोपको दृष्टिकोण पुनर्विचार गर्न बाध्य बनाएको छ । बेल्जियमका प्रधानमन्त्री […]

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

सियोल, २९ माघ (रासस/एपी) । दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ । उहाँविरुद्धको फैसला सोही सियोल अदालतका फरक न्यायाधीशबाट आएको हो । यो राष्ट्रपति युनविरुद्ध दायर विद्रोहसम्बन्धी मुद्दामा निर्णय आउनुभन्दा एक साताअघि […]

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

ढाका, २९ माघ (रासस/एपी) । सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ । बिहीबार बिहान ढिलो सुरु भएको मतदान मध्याह्नसम्म राजधानी ढाका र अन्य सहरका केन्द्रहरूमा उत्साहजनक सहभागितासहित अघि […]

फागुन २१ को निर्वाचन लक्षित मतदाता शिक्षा अभियान सुरु, गाउँगाउँमा स्वयंसेवक परिचालन गरिँदै

बाँके ,२९ माघ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँके जिल्लामा मतदाता शिक्षा अभियान सुरु गर्ने तयारी गरिएको छ। मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनुका साथै मतदानमा सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाका […]

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

बाँके, २९माघ ।  प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् । सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाहका मतदाताले पूर्वाधार विकासलाई उम्मेदवारसँग आश्वासन होइन वाचा पूरा गर्नेलाई मात्र भोट दिने बताउन बताउन थालेका छन् । […]

सांसद पदबाट निष्काशित  भए राजकुमार शर्मा

सुर्खेत, २९ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालिन माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई सांसद पदबाट निष्काशन गरेको छ । पार्टी केन्द्रको पत्रानुसार बुधबार शर्मालाई सांसद पदबाट निष्काशन गरेको जानकारी कर्णाली प्रदेशसभालाई गराइएको हो । शर्मा तत्कालिन माओवादी विभाजनपछि जनार्दन शर्मा समूहमा लागेका थिए । प्रदेशसभालाई जानकारी गराइएको […]

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौँ, २९ माघ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा […]

निर्वाचन २२ दिन बाँकी :  ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ, २९ माघ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो […]

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

काठमाडौँ, २९ माघ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ । एनटिएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्रयाक गर्न र नियन्त्रणमा लिन प्रत्यक्ष रूपमा टोली खटाएको सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिए । “कोषको बर्दियास्थित कार्यालयबाट खटिएका […]