जुम्लामा अतिसंवेदनशील मतदान केन्द्रहरुको अनुगमन तीव्र

जुम्ला, १ फाल्गुन ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदान केन्द्र र मतदानस्थलको अनुगमन कामलाई तीव्रता दिएको छ । जिल्लाका आठवटा स्थानीय तहमा कायम गरिएका उक्त मतदान केन्द्र र मतदानस्थलको जिल्ला सुरक्षा समितिले अहिलेसम्म ४२ अतिसंवेदनशील मतदान केन्द्रको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र […]

बैतडीमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम  

बैतडी, १ फाल्गुन । निर्वाचन कार्यालयले यहाँ बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको हो । निर्वाचन आयोगको कार्यक्रमअनुसार बदर मतको सङ्ख्या कम गर्न र निर्वाचनमा धेरै मतदाताको सहभागिता गराउन […]

हुम्लाबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

हुम्ला, १, फाल्गुन । हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार जिल्ला अस्पताल सिमकोट पुर्‍याइएकी गर्भवतीका उपचार नहुने भन्दै रिफर गरिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी २३ वर्षीया किस्मती विकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पतताल पुगाइएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि […]

नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला, १ फाल्गुन ।  सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने भनेपछि सरकारले यो क्षेत्रमा खाद्यान्न पठाउन थालेको हो । स्थानीयवासीले माघ १ र १७ गते बसेको भेलाबाट खाद्यान्न, सडक, विद्यालय, झोलुङ्गे पुललगायत पूर्वाधार विकासका माग राख्दै आएका छन् […]

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौँ,१ फाल्गुन ।  स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल […]

निर्वाचनका २१ दिन बाँकी :  यस्ता छन् निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्‌द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, १ फाल्गुन ।  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्‌द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । त्यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् […]

उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन

धर्मेन्द्र झा/रासस प्रतिनिधिसभाको निर्वाचन आसन्न छ । तय कार्यक्रमअनुसार आगामी महिना अर्थात फागुनको २१ गते एकै चरणमा मतदान हुनेछ । गत भदौको २३ र २४ गते युवाहरुको अगुवाइमा भएको आन्दोलनको जगमा हुन लागेको आसन्न निर्वाचन धेरै कारणले महत्वपूर्ण छ । दशांँंै संविधान दिवसको पूर्व सन्ध्यामा भएको युवा (जेनजी) आन्दोलन कसैको पनि विस्मृतिमा पुगिसकेको छैन । […]

चन्दननाथमा युवालाई व्यवहारिक क्याड्रे तालिम

काली बहादुर परियार जुम्ला ,१ फागुन । बढ्दो आगलागी, बाढी, पहिरो र भूकम्पीय जोखिम बीच चन्दननाथ नगरपालिकामा आयोजित भोलेन्टियर युवा सामुदायिक उद्धारकर्ताको क्षमता विकास तालिमले युवामा नयाँ उत्साह र जिम्मेवारीबोध थपेको छ । प्रयोगात्मक अभ्यास सहित सञ्चालन गरिएको (क्याड्रे) तालिमले विपद् आउँदा पहिलो उद्धारकर्ता समुदायकै युवा हुन् भन्ने सन्देशलाई थप बलियो बनाएको सहभागीहरूको भनाइ छ […]

जुम्लामा ‘समृद्धि संवाद’: ज्ञानेन्द्र शाही अनुपस्थित, जनताको प्रश्न सुन्न कुर्ची खाली

गाेल्डेन बुढा  जुम्ला ,१ फाल्गुन । बिहीबार जुम्लामा सम्पन्न ‘जुम्ला समृद्ध, अन्तर संवाद’ कार्यक्रम केवल एक चुनावी कार्यक्रम थिएन।यो जनताले आफ्ना प्रतिनिधि खोज्ने लोकतान्त्रिक परीक्षा थियो। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक र पर्यटनजस्ता जुम्लाका जीवनसँग गाँसिएका मुद्दामाथि उम्मेदवारहरू प्रत्यक्ष जनतासामु उभिएर जवाफदेही बन्ने मञ्च थियो।तर यही मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही […]

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

सुर्खेत ,१ फाल्गुन । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता […]

घरदैलोलाई सशक्त बनाउँदै कमरुद्दिन राई

बाँके २९, माघ। चुनावी माहोल तातिँदै जाँदा बाँके–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यसैबीच, कमरुद्दिन राईले घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै जनताको विश्वास जित्ने प्रयास जारी राखेका छन्।   प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राई यतिबेला बाँके क्षेत्र नम्बर २ मा घरदैलो अभियानमा व्यस्त छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका […]

जुम्लाको हिमा गाउँपालिका वित्त आयोगको मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

काली बहादुर परियार जुम्ला ,२९ माघ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कन अनुसार जुम्लाको हिमा गाउँपालिका जिल्लाकै उत्कृष्ट देखिएको छ । यहाँका आठवटा स्थानीय तहमध्ये हिमा गाउँपालिकाले ६४ दशमलव ०२ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको छ । यस्तै कनकासुन्दरी गाउँपालिकाले ६० दशमलव ८४ प्रतिशत अङ्क प्राप्त […]

लेकवेशीमा कांग्रेस परित्याग गरी २५ घरपरिवार एमालेमा प्रवेश

सुर्खेत ,२९ माघ। सुर्खेतको लेकवेशी नगरपालिकामा नेपाली कांग्रेस निकट २५ घरपरिवार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सुर्खेत क्षेत्र नम्बर १ ले सञ्चालन गरेको घरदैलो अभियानअन्तर्गत लेकबेशी नगरपालिकाका विभिन्न वडाका उनीहरु एमाले प्रवेश गरेका हुन् । अभियानका क्रममा लेकबेशी–९ रातटाँडी टोलका ७, र लेकबेशी–१० बडिपार्टीका १८ गरी २५ घरपरिवारले कांग्रेस परित्याग गरी एमालेमा […]