नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौँ, ४ फागुन ।  अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दशौँ […]

विस्थापन र अतिक्रमणबीचको दबाबमा वन संरक्षण

इन्द्राकुमारी केसी/रासस कैलालीको चुरे गाउँपालिका–४ पनेरुगडास्थित जङ्गलको बीच भागमा विश्नादेवी महराको परिवार पाँच वर्षदेखि पालमुनी आश्रय लिएर बस्दै आएको छ । विसं २०७७ मा चुरे गाउँपालिका–४ कै गौजनामा आएको पहिरोले उहाँको १६ रोपनी जमिनसहित घर र खेत बगाएपछि विश्नादेवीको परिवार विस्थापित हुनुपर्‍यो । विस्थापित भएपछि उहाँको परिवार जङ्गलमा आएर बस्यो । त्यहाँबाट वन कार्यालयले हटाएपछि […]

जुम्लामा सहयात्रीको चुनावी भिडन्त

गाेल्डेन बुढा जुम्ला ,३ फाल्गुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक पहिलेका सहयात्री चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तत्कालीन नेकपा माओवादीमा आवद्ध भएर एकसाथ राजनीतिक यात्रा गरेका व्यक्ति फरक–फरक दलबाट प्रतिस्पर्धी बनेका हुन् ।आसन्न निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेका नरेश भण्डारी, मनऋषि धिताल, बिर्खबहादुर शाही र भक्तबहादुर रावल पहिले तत्कालीन नेकपा माआवादीमा […]

जुम्लाका १ सय ८ मतदान केन्द्रमा ६ सय ४८ कर्मचारी परिचालन

गाेल्डेन बुढा जुम्ला ,३ फाल्गुन । जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने ६ सय ५४ जना कर्मचारीमध्ये ६ सय ४८ जनालाई आजै मतदान केन्द्रमा खटाइएको हो। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्तका अनुसार जिल्लाका १ सय […]

बाँकेमा ५६ उम्मेदवारमध्ये आठ जनाले मात्रै खोले छुट्टै बैंक खाता, आचारसंहिता अनुगमन समितिको चासो

बाँके ,३ फाल्गुन । बाँकेमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवारी दिएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेको पाइएको छ। निर्वाचन आचारसंहिता अनुगमन समितिको प्रतिवेदनअनुसार निर्वाचन क्षेत्र नं. १ मा चार जना, क्षेत्र नं. २ मा दुई जना र क्षेत्र नं. ३ मा दुई जना उम्मेदवारले मात्र अलग […]

बदर मत घटाउने लक्ष्यसहित बाँकेका सबै वडामा मतदाता शिक्षा अभियान सुरु

बाँके ,३ फाल्गुन। ।प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेका सबै स्थानीय तहमा मतदाता शिक्षा अभियान सुरु गरिएको छ। मतदाता सचेतना अभिवृद्धि र बदर मत न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका आठवटै स्थानीय तहका अधिकृत तहका कर्मचारीलाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार प्रत्येक स्थानीय तहबाट एक–एक जना गरी आठ […]

चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य

दाङ,३ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले महाशिवरात्रि पर्व २०८२ का अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा मजबुत बनाउन आह्वान गर्नुभएको छ । उहाँले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा […]

प्रतिनिधिसभा सदस्य निर्वाचन सुर्खेत क्षेत्र नम्बर २ मा कस्ले मार्ला बाजी ?

ओम शाही सुर्खेत, ३ फागुन ।  संघीयता अघिका संसदीय निर्वाचनहरूमा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी र नेकपा एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिष्पर्धा हुने गर्दथ्यो । ती निर्वाचनहरूमा थानी र कँडेलले पालैपालो जित–हार बेहोर्दै आएका थिए । जब मुलुक संघीय ढाँचामा रूपान्तरण भयो, कँडेलले प्रदेशसभा रोजे भने थानी प्रतिनिधिसभातर्फ केन्द्रित भए । […]

चुनावी एजेण्डामा सीमित खड्कवार–घुइँयाबारी सडक 

बाँके, ३ फागुन ।  बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सिमित भएको छ । प्रत्येक निर्वाचनमा खड्कवार–घुइँयाबारी सडक निर्माणलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाए पनि सडक निर्माण भने हुन सकेको छैन । वि.सं. २०१५ देखि नै चुनावी नारा बन्दै आएको यो सडक निर्माणको एजेण्डालाई यही फागुन २१ […]

पुराना र नयाँको नाममा भ्रम छर्ने काम भइरहेको छ : एमाले सचिब कंडेल 

सुर्खेत, ३ फागुन ।  यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई   लक्षित गर्दै अखिल नेपाल महिला संघ बिरेन्द्रनगरले  शनिबार विरेन्द्रनगरमा नगर भेला भव्य रूपमा सम्पन्न गरेको छ ।  भेलामा नगरका विभिन्न वडाबाट महिलाहरूको उल्लेखनीय सहभागिता रहेको  थियो । कार्यक्रममा नेकपा एमालेका सचिब   यामलाल कँडेलले समाजमा पुस्तागत सहकार्यको आवश्यकता औंल्याउँदै नयाँ–पुरानोको नाममा जनतालाई भ्रममा पार्ने प्रयास […]

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

बाँके, ३ फागुन ।  थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हाँसिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा नेपालगञ्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमाल रहनुभएको छ । विगत १२ वर्षदेखि उनी ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल अर्थात् भर्मिक कम्पोष्ट मल उत्पादनमा सक्रिय छन् । “गँड्यौला मल उत्पादन गर्न थोरै […]

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ, ३ फाल्गुन ।  चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकम कटौती गर्न भनेको […]

निर्वाचन : ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाई

काठमाडौँ, ३ फागुन ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । शनिबारसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । शनिबार […]