उम्मेदवार गाउँगाउँमा :चुनावी प्रचार तीव्र 

सुर्खेत, २ फागुन ।  फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । गाउँ–गाउँमा राजनितिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् । सुर्खेतको चौकुने गाउँपालिकाका–५ […]

देखिन छाडे गोरुगाडा 

बाँके, २ फागुन ।  तराईका ग्रामीण भेगमा देखिने गोरुगाडा अहिले देख्नै मुस्किल हुन थालेको छ । कृषिमा भित्रिएको आधुनिकीकरण र यातायातका साधनको सहज पहुँचले गर्दा यो परम्परागत साधन विस्थापित हुँदै गएको हो । एक दशक अघिसम्म खेतबाट उखु, धान र पराल बोक्न तथा हाटबजारमा अन्न पुर्‍याउन गोरुगाडाकै प्रयोग हुन्थ्यो । तर, अहिले त्यसको ठाउँ ट्रर्‍याक्टर, […]

कर्णालीमा कस्तो छ रास्वपा नेतृद्वय विनिता र टाँसीको चुनावी मैदान ?

ओम शाही सुर्खेत, २ फागुन ।  २०७९ को प्रतिनिधिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट पहिलो पटक सांसद निर्वाचित भएकी थिइन्, जुम्लाकी विनिता कठायत । गएको निर्वाचनबाट अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दश हजार पाँच सय ८८ मत प्राप्त गर्दा समानुपातिकतर्फ २० हजार एक सय ६७ मत प्राप्त गरेको थियो । सञ्चारकर्म […]

उम्मेदवार नपुग्ने तिलाकाे दुर्गम गाउँ

गाेल्डेन बुढा जुम्ला,१ फाल्गुन । जुम्लाको दुर्गम तिला गाउँपालिका–९ खोप्री गाउँमा मतदाताले कुनै पनि उम्मेदवारसँग प्रत्यक्ष भेट्न पाउँदैनन् । भौगोलिक रुपमा निकै विकट मानिएको खोप्री गाउँमा अहिले न उम्मेदवार पुगेका छन् ।न उम्मेदवारसँग मतदाताले आफ्ना मर्का नै राख्न पाइरहेका छन् ।उनीहरुले उम्मेदवारको अनुहार नै चिन्न नपाइ मत हाल्ने गरेका छन् । कसैले पार्टी, कसैले संगठन […]

को हुन् कमरुद्दिन राई ?

बाँके ,१ फाल्गुन । छोटो समयमा चर्चा कमाएका नेता मध्ये कमरुद्दिन राई पनि एउटा हुन् । बोलीमा मिठास अनि जनताको काममा निरन्तर खटिएकै कारण उनी सबैको मन, मस्तिष्कमा बस्न सफल भएका हुन् । बिक्रम सम्बत २०३४ सालमा नेपालगन्जमा जन्मिएका कमरुद्दिन सरल स्वभावका मात्र नभई असत्यका बिरुद्ध खरो रुपमा उत्रिन्छन् । हुने बिरुवाको चिल्लो पात भने […]

कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिका पहिलो

बाँके ,१ फाल्गुन । बाँके जिल्लाका आठ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिकाले ७१.९९ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लाकै पहिलो पालिका बन्न सफल भएको छ । स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन र योजना कार्यान्वयनका विभिन्न सूचकहरूमा खजुरा गाउँपालिकाले जिल्लाका अन्य सात पालिकालाई पछि पार्दै आफूलाई पहिलो स्थानमा पुर्‍याएको हो । खजुराले ७१.९९ प्रतिशतका […]

नेपालगन्जको मुख्य सडकमा शंकास्पद कुकर बम फेला, निष्क्रिय पार्न सेना खटाइयो

बाँके ,१ फाल्गुन। नेपालगन्जको मुख्य सडकमा शंकास्पद कुकर बम फेला परेको छ। नेपालगन्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुराको पेडारी नाला नजिक उक्त बम फेला परेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार बीच सडकमा कालो टेपले बेरिएको अवस्थामा कुकर राखिएको देखेपछि शंका लागेर प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। बम जस्तो देखिने वस्तु सुरक्षित रूपमा […]

राष्ट्रियसभाः मधेशदेखि कर्णालीसम्मका मुद्दाको चर्चा

काठमाडौँ,१ फाल्गुन ।  सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले मधेश प्रदेशको खाद्य सुरक्षा र सांस्कृतिक सम्पदा संरक्षणदेखि कर्णालीको जलविद्युत्, जडीबुटी र पेट्रोलियम सम्भावनासम्मका विषय उठाउनुभएको छ । साथै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गरिनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ गर्ने अवसरका रूपमा चुनावलाई लिनुपर्ने धारणा व्यक्त गरिएको […]

शैक्षिक गुणस्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य आवश्यकः मुख्यमन्त्री आचार्य

अर्घाखाँची,१ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ । छत्रदेव गाउँपालिका–१ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानै उमेरदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभएको हो ।‘तपाईंहरूले कस्तो खालको शिक्षा […]

घुयँत्राे:“समर्थन काँग्रेसको, भाषण आगो एमालेको — मुख्यमन्त्रीको ‘डबल रोल’ राजनीति”

कर्नालिका मुख्यमन्त्री त काँग्रेसशीत आगाे भाकाे जस्ताे बुझियाे त हँ ! त्याे प्रदेशाँ त फेरि काँग्रेसल्यै समर्थन गरेर एमालेका यामलालजी मुख्यमन्त्री भा हैनन र? आँफुलाई सत्ताँ टिकाईदिने पाटिसितनि पूरा फायरभाकाे भाषणाँ सुनिन्छत ! एक त त्यसै पनि मुख्यमन्त्री जस्तो मान्छेले रिसै फेर्नालागि भएनि चुनाबि सभा,छलफल वा भेटघाटाँ त्यस्ताे नभन्याभा नि हुन्थ्याे । तर बिचरा मुख्यमन्त्री […]

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख,१ फाल्गुन ।  यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको […]

भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्छ : प्रदेश  प्रमुख जोशी

सुर्खेत,१ फाल्गुन । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्ने बताएका छन् । ‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार’ भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित आयोगको ३५ औँ स्थापना दिवस समारोहमा उनले त्यस्तो बताएका हुन । प्रदेश […]

प्रतिनिधिसभा निर्वाचनः एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ 

काठमाडौँ, १ फाल्गुन  ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहिबारसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम […]