निर्वाचन १६ दिन बाँकी : निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ, ५ फागुन ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्‌नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, सोमबारदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल […]

मुगुमा यस्तो छ चुनावी चहलपहल

मुगु, ४ फागुन ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरूबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओबादी)का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल […]

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ५ फागुन ।  गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख  राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य […]

लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’ 

दाङ, ५ फागुन ।  लुम्बिनी प्रदेश सरकारले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणलाई लक्षित गर्दै ‘सुरक्षित मातृत्व अभियान’ विशेष अभियान सुरु गरेको छ । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सोमबार रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलगायत सरोकारवालासँग अन्तरक्रिया गरी अभियान बारेको अवधारणासहितको ढाँचा सार्वजनिक गरेको छ । साथै सरोकारवालाका सुझाव समेतलाई सङ्कलन गरी अभियानलाई […]

बाँके र बर्दियाको पर्यटन प्रवद्र्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके, ५ फागुन । साइकल चालकका रूपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षका भए । नेपालगन्ज उपमहानगरपालिका–१ वाटरपार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गरेका छन् । “तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन,” मल्लले भने, “मैले सानैदेखि साइकल चलाउने गर्थेँ तर ठूलो हुँदै […]

प्रतिनिधिसभा निर्वाचन आउन १६ दिन बाँकी: मतदानस्थल सुरक्षार्थ खटिए निर्वाचन प्रहरी

ओम शाही सुर्खेत, ५ फागुन । आसन्न २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीलाई चुनावमा खटाइएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउँन सरकारले निर्वाचन प्रहरी भर्ना गरेको थियो । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सोमबार एक हजार ६ सय २८ निर्वाचन प्रहरी मतदान केन्द्र […]

सम्पादकीय : विकासको गति बढाऊ !

तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र हालको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र तरंगाबीचको दुरी झण्डै ३७ किलोमिटर मात्रै हो । संघीयतापछि तरंगा गाविसलाई बराहताल गाउँपालिकाका दुई वडामा सीमित गराइएको छ । यी दुई वडाका दर्जन बढी बस्तीका ठुलो जनसंख्या जिल्ला सदरमुकाम वीरेन्द्रनगर र पालिकाको केन्द्र बड्डिचौर पुग्न यही सडक प्रयोग गर्छन । जिल्लाको मुकामसँग छोटो […]

बोन्डी बिच गोलीकाण्डका आरोपी अदालतमा

सिड्नी, ५ फागुन (रासस/एपी) । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहुदी पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डमा १५ जनाको ज्यान गएको घटनाका मुख्य आरोपी पहिलो पटक सोमबार अदालतमा उपस्थित भएका छन् । उपचारपछि अस्पतालबाट रिहा गरिएका २४ वर्षीय नविद अकरमलाई कडा सुरक्षा व्यवस्थाबीच भिडियो माध्यमबाट सुनुवाइमा सहभागी गराइएको हो । उनलाई हाल सिड्नीबाट करिब २०० किलोमिटर […]

चोरीका इजिप्टेली सम्पदा फिर्ता

सिड्नी, ५ फागुन (रासस/एएफपी) । अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एक सङ्ग्रहालयबाट चोरी भएका बहुमूल्य इजिप्टेली कलाकृतिहरू प्रहरीले तीव्र कारबाहीपछि पुनः बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा ५२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरी विभिन्न आपराधिक अभियोग दर्ता गरिएको छ । प्रहरीका अनुसार क्विन्सल्यान्ड सहर क्याबुल्चरमा रहेको अबे कला तथा पुरातत्व सङ्ग्रहालयमा शुक्रबार बिहान सबेरै झ्याल तोडेर […]

युद्धमा मारिएकाका परिवारलाई प्योङयाङमा आवास

सियोल, ५ फागुन (रासस/एपी) । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ । युद्धमा खटिएका सैनिकप्रति सम्मान प्रकट गर्ने र आन्तरिक एकतालाई सुदृढ बनाउने सन्देशसहित यो कदम सार्वजनिक गरिएको हो । राज्य सञ्चारमाध्यमले सोमबार प्रसारित गरेका तस्बिरहरूमा नेता किम जोङ उनलाई नयाँ […]

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब

मुम्बई, ५ फागुन (रासस/एएफपी) । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायाँमा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनुपरेको छ भने आलोचकहरूले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् । यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको […]

जुम्लामा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे

गाेल्डेन बुढा जुम्ला ,४ फाल्गुन । प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लामा मतपत्र आइपुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्ला ले प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र आइतबार जुम्ला पुगेको जानकारी दिएको हो।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार मतपत्र पेटीमा आइपुगेका छन्।र आवश्यक व्यवस्थापनको काम बाँकी छ। फागुन २१ गते हुने […]

जुम्लाका दुई उम्मेदवारले गरे:प्रतिज्ञा र संकल्प-पत्र सार्वजनिक

गाेल्डेन बुढा जुम्ला ,४ फाल्गुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै जुम्लाको राजनीतिक माहोल क्रमश तातिँदै गएको छ। परम्परागत दल र वैकल्पिक शक्तिबीचको प्रतिस्पर्धा यसपटक जुम्लामा स्पष्ट रूपमा देखिन थालेको छ। यही सन्दर्भमा नेपाली काँग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवारहरूले सार्वजनिक गरेका प्रतिज्ञा र संकल्पपत्रले जुम्लाको विकास बहसलाई […]