काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह 

काठमाडौँ, ६ फागुन ।  काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंलबार मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ । योससँगै मंगलबार काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको […]

कर्णालीका १२ निर्वाचन क्षेत्रमा चुनाव: खोस्न र जोगाउँन  दलहरुबीच कडा प्रतिपर्स्धा

दिनेश बुढा सुर्खेत, ६ फागुन ।  कर्णाली प्रदेशमा २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलहरू गठबन्धन गर्दै चुनावमा होमिए । जसका कारण १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा २०७४ मा नेपाली कांग्रेस र २०७९ मा नेकपा एमाले बढारिए । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत र दैलेखमा २/२ र बाँकी आठ जिल्लामा १/१ वटा […]

सम्पादकीय : चुनावी सुरक्षालाई चुस्त बनाऊ !

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १५ दिन बाँकी छन् । निर्वाचनको मिति नजिकिएसँगै सरकारले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन थालेको छ । सरकारको तयारी बमोजिम आसन्न २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना भएका निर्वाचन प्रहरीलाई चुनावमा खटाइएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउँन सरकारले निर्वाचन प्रहरी भर्ना […]

बाँकेमा चुनावी जुलुस र आमसभाका लागि पूर्वअनुमति अनिवार्य

बाँके ,५ फाल्गुन । जिल्ला प्रशासन कार्यालय बाँकेले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित जुलुस, आमसभा तथा भेला आयोजना गर्नुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने जनाएको छ। कार्यालयले सोमबार जारी गरेको सूचनामार्फत निर्वाचन केन्द्रित कुनै पनि प्रकारका जुलुस, आमसभा, कोणसभा वा भेला सञ्चालन गर्नुअघि पूर्वस्वीकृति लिन सबै राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो। कार्यालयका अनुसार निर्वाचन आचारसंहिता […]

सीमापार ऊर्जा परियोजनामा नेपाली सफलता: लिट्मस् इन्डस्ट्रिजलाई पावर ग्रिड अफ इन्डियाको महत्वपूर्ण सम्झौता

काठमाडौं ,५ फाल्गुन । नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन क्षेत्रमा अग्रणी उद्योग लिट्मस् इन्डस्ट्रिज लिमिटेड ले अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय Power Grid Corporation of India Limited (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइनका लागि कन्डक्टर आपूर्ति गर्ने महत्वपूर्ण सम्झौता प्राप्त गरेको हो। पीजीसीआईएल भारतको अन्तरराज्यीय […]

बाँके–२ मा कमरुद्दिन राईप्रति बढ्दो जनलहर, फागुन २१ नजिकिँदै चुनावी तापक्रम उच्च

बाँके ,५ फाल्गुन। फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ को चुनावी माहोल झन् तातिएको छ। प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये कमरुद्दिन राई प्रति मतदाताको आकर्षण दिनदिनै बढ्दै गएको देखिन्छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार राई गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म चर्चाको केन्द्रमा छन्।नेपालगन्ज उपमहानगरपालिकाको नगर […]

घुयँत्राे:“संविधान जोगाउन हिँडेका उम्मेदवार, बारीमा आलु जोगाउँदै!”

चुनाबमा मत हाल्न अब १५ दिन मात्रै बाँकी छ । उमेदवारहरु काेहि संविधान र प्रजातन्त्र जाेगाउन त काेहि देशविकाश गर्न म वा मेराे पाटिलाई भाेट दिन पर्याे भनेर गाउँ शहर घुम्दैछन । चुनाबमा जनताकाे अपेक्षा के हाे थाहा छैन तर आँफुले चुनाब जितेमा यसाे गर्छु र उसाे गर्छु भनेर उनै पुराना रटान लाई रहेका छन […]

‘देशलाई निकास दिन  एमाले–कांग्रेसबीच प्रतिस्पर्धा जरुरी छ’

सुुर्खेत, ५ फागुन । नेकपा एमालेका सचिव यामलाल कँडेलले देशलाई वर्तमान संकटबाट निकास दिन आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । सोमबार नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगर–१२, मा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसजस्ता स्थापित दलबिना देश अघि बढ्न नसक्ने दाबी गरे । ‘हामी भोट मात्र […]

स्याउ र ओखरका बिरुवा वितरण

हुम्ला ,५ फाल्गुन । हुम्ला जिल्ला कृषि विकास कार्यालयले वागवानी केन्द्रबाट ३३० थान ओखर र ५०० थान स्याउका बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको छ । एक बोट ओखरका बिरुवालाई रु ५५० र एक बोट स्याउको बिरुवालाई रु ३३० मा बिक्री गरिएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले जानकारी दिए । खार्पुनाथ, सर्केगाड र […]

कर्णाली करिडोरको स्थलगत निरीक्षण

हुम्ला, ५ फागुन । कालीकोटको खुलालुदेखि हिल्सासम्मको २६९ किलोमिटर कर्णाली करिडोर सडकको राष्ट्रिय योजना आयोगका सहसचिव मिमांस अधिकारी नेतृत्वको पाँच सदस्यीय टोलीले स्थलगत निरीक्षण गरेको छ । गत माघ २६ देखि यही फागुन १ गतेसम्म सो टोलीले उक्त करिडोर सडकको स्थलगत निरीक्षण गरेको हो । निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगका उपसचिव गोकुल खड्का, उत्तर दक्षिण […]

तीन वाणिज्य बैङ्कलाई राष्ट्र बैङ्कको कारबाही

काठमाडौँ, ५ फागुन ।  नेपाल राष्ट्र बैङ्कले तीन वाणिज्य बैङ्कलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैङ्क ऐन तथा बैङ्क वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन विपरीत काम गर्ने एनआइसी एसिया बैङ्क लिमिटेड, ग्लोबल आइएमई बैङ्क लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क लिमिटेड कारबाहीमा परेका हुन् । “एनआइसी एसिया बैङ्क लिमिटेडले यस बैङ्कबाट जारी गरिएको […]

मतपत्र छपाई अन्तिम चरणमा  

भक्तपुर, ५ फागुन ।  प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र सोमबार छपाइ अन्तिम चरणमा पुगेकोे छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ सोमबार सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै […]

सुदूरपश्चिमका सात जिल्ला कारागार सुरक्षार्थ सेना परिचालन

महेन्द्रनगर, ५ फागुन ।  आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ । तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ । सेनाको श्री नं २५ वाहिनी अड्डा […]