दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा

दाङ ,८ फाल्गुन । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन् । बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन् । झण्डा जलाउँदै उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियो समेत सामाजिक […]

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ, ८ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्‌नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो […]

फागुन ७ ऐतिहाँसिक होः मुख्यमन्त्री कँडेल

सुर्खेत ,८ फाल्गुन। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय प्रजातन्त्रको अवसरमा आयोजित कार्यक्रममा आज (फागुन ७) को दिनमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्र तथा विभिन्न सामाजिक आन्दोलनमा आफ्नो अमूल्य भएको बताएका छन् । नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनका सहिदपरिवार, बेपत्ता, घाइते एवम् अङ्गभङ्ग हुनुभएका व्यक्तित्व, आन्दोलनमा अगुवाइ […]

‘प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनको बाटोमा हिँड्न प्रेरणा प्रदान गरोस्‌’

कैलाली, ८ फागुन ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन र समृद्धिको बाटोमासँगै हिँड्न सबै नेपालीलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र रहेको धारणा राखे । मुख्यमन्त्री शाहले संविधानको रक्षा, लोकतन्त्रको सुदृढिकरण, राजनीतिक स्थायित्वको […]

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

काठमाण्डौँ, ८ फागुन ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो […]

रास्वपाले कर्णालीबाट ‘वाचा पत्र’  सार्वजनिक गरेर दिन खोजेको सन्देश

ओम शाही सुर्खेत, ८ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्‌ना पाँच वर्षे चुनावी वाचा पत्र सार्वजनिक गरेको छ । बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रास्वपाद्वरा आयोजित परिवर्तन उद्घोष सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल र वरिष्ठ नेता बालेन्द्र साहले वाचा पत्र सार्वजनिक गरेका हुन् । सुदुरपश्चिम प्रदेशबाट सुरु भएको […]

सम्पादकीय :  सडक निर्माणमा बहाना नबनाऊ !

विद्यमान वन सम्बन्धि नीति बाधक नभएको भए २०८१ असारमै सम्पन्न भइसक्नु पर्ने आयोजना थियो, बड्डिचौर–खम्बागाडे सडक । राष्ट्रिय प्राथमिकता प्राप्त मदन भण्डारी राजमार्गको क्षेत्राधिकारभित्र पर्ने सुर्खेतको बराहताल गाउँपालिका–५, को बड्डिचोरदेखि पञ्चपुरी नगरपालिकाको सिमावर्ती क्षेत्र खम्बागाडेसम्मको १३ किलोमिटर सडककोे ठेक्का २०७९ मा लागेको थियो । मदन भण्डारी राजमार्गले कामअघि बढाउन ढिला गरेको भन्दै तत्कालिन प्रदेश सरकारले […]

जुम्ला दुर्घटना: सेनाको समन्वयले एकघाइते काठमाडौं

गाेल्डेन बुढा जुम्ला,८ फाल्गुन । बिहीबार जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। यो घटनामा नेपाली सेनाको तत्परता र समन्वयले समयमै जीवन जोगाउने कार्य गरेको छ।घाइते व्यक्ति हुन्, जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँका धमेन्द्र रोकाया। उनी निर्वाचन प्रहरी पनि हुन्। दुर्घटनाको सूचना पाएपछि […]

‘समृद्ध सल्यान, हाम्रो अभियान’ : नेपाली कम्युनिस्ट पार्टी सल्यानको ६ बुँदे प्रतिबद्धता सार्वजनिक

सल्यान ,८ फाल्गुन । नेपाली कम्युनिस्ट पार्टी सल्यानले ‘समृद्ध सल्यान, हाम्रो अभियान’ भन्ने नारासहित ६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। राजनीतिक स्थायित्वदेखि उत्पादनमा ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसम्मका महत्त्वाकांक्षी योजना अघि सार्दै पार्टीले आगामी दुई वर्षभित्र सल्यानलाई उज्यालो, जोडिएको र उत्पादक जिल्लाका रूपमा विकास गर्ने घोषणा गरेको हो। सार्वजनिक गरिएको प्रतिबद्धतामा सडक पूर्वाधार र पर्यटन […]

रास्वपाको प्रतिबद्धता: राष्ट्रिय दललाई वार्षिक अनुदान, पार्टी प्रमुख दुई कार्यकालमै सीमित

काठमाडौं ,८ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई सार्वजनिक कोषबाट वार्षिक अनुदान दिने घोषणा गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गर्दै रास्वपाले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई जनमतका आधारमा वार्षिक अनुदान दिने वाचा गरेको हो। यसबाट बारम्बार एउटै व्यक्ति निर्वाचित हुने प्रवृत्ति, पैसाको दुरूपयोग […]

कार्यसम्पादनका आधारमा पुर्णचन्द्र काफ्ले रा.प.अनं. प्रथम श्रेणी (लेखापाल) पदमा सिफारिस

हस्त चाैलागाँई कालिकाेट ,८ फाल्गुन। नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालय मातहतको काेष तथा लेखा नियन्त्रण कार्यालय, कालिकोट तथा बढुवा समितिको सचिवालय, कालिकोटद्वारा प्रकाशित सूचनाअनुसार नेपाल प्रशासन सेवा, लेखा समूह अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (लेखापाल) पदमा बढुवाका लागि पुर्णचन्द्र काफ्लेलाई औपचारिक रूपमा सिफारिस गरिएको छ। लोक सेवा आयोगको बढुवा सूचना नं. २५०/०८२–८३ अनुसार […]

कोइरापर्व : जोडु गाउँमा प्रजातन्त्र दिवसको मौलिक परम्परा

गाेल्डेन बुढा जुम्ला ,७ फाल्गुन । फागुन ७ गते देशभर जहानियाँ हुकुमी शासन अन्त्य भएको दिनको सम्झनामा प्रजातन्त्र दिवसमा मनाइँदै आएको छ। आज पनि देशभर विभिन्न कार्यक्रम गरी ७६ औँ प्रजातन्त्र दिवस मनाइँदै छ। तर,जुम्लाको सिँजा गाउँपालिका -६ जोडु गाउँमा भने प्रजातन्त्र दिवसको अवसरमा कोइरापर्व धुमधामका साथ मनाइँदै छ। हरेक बर्ष यहाँ प्रजातन्त्र दिवसको दिनमा […]

ईभी गाडी दुर्घटनाका गम्भीर घाइते राेकाया लाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौ रिफर

काली बहादुर परियार जुम्ला ,७ फाल्गुन । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा गाडी दुर्घटना बाट गम्भीर घाइते भएका एक जना लाई उपचारका लागि हेलिकप्टर मार्फत उद्वार गरिएको छ । दुर्घटना बाट गम्भीर घाइते हिमा २ का निर्वाचन धमेन्द्र राेकाया लाई हेलिकप्टर मार्फत उद्वार गरिएको हाे । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार सम्भव नभए पछि राेकाया […]