कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण 

सुदूरपश्चिम, १० फागुन ।  प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँलाई अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा पर्ने गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा पर्ने धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको […]

कर्णालीका हिमाली जिल्लामा हेलिबाट उड्दै कर्मचारी र मतपत्र :हिउँले बाटो छेकेपछि मतदातासम्म  पुग्नै पाएनन् उम्मेदवार

ओम शाही सुर्खेत, १० फागुन । आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १० दिन बाँकी छन् । सरकारले देशव्यापी निर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । निर्वाचन सामग्री र मतपत्र ढुवानीदेखि कर्मचारी खटनपटनको काम अधिकांश जिल्लामा सम्पन्न भएको छ । तर, कर्णाली प्रदेशका तीन जिल्लामा मौसमी प्रतिकुलताका कारण चुनाव हुने वा […]

सम्पादकीय : जुम्लामा पुरानालाई चुनौती !

कर्णाली प्रदेशको राजनीतिक नक्सामा जुम्ला सधैं विशेष अर्थ राख्दै आएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि जुम्ला फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा छ । कारण हुन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाही । २०७९ सालको निर्वाचनमा उनले कांग्रेस–माओवादी गठबन्धन र बलियो सांगठनिक आधार भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुवैलाई पराजित गर्दै अप्रत्याशित जित […]

कर्णाली प्राविधिक शिक्षालय: उम्मेदवारकाे चुनावी बाचा मात्र

गाेल्डेन बुढा जुम्ला,९ फाल्गुन । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने संकल्प गरेका छन् । केहीले बाचापत्र, केहीले प्रतिज्ञा पत्र त केहीले संकल्प पत्र निकालेर कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति गरेर विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका हुन् ।एमाले जुम्ला उम्मेदवार शान्तिलाल महतले बाचापत्र निकालेर ३ नम्बर बुँदामा कर्णाली प्राविधिक शिक्षालयलाई कृषि […]

चुनाव नजिकिँदै जाँदा जुम्लामा घोषणापत्र र वाचापत्रको होड

गाेल्डेन बुढा जुम्ला,९ फाल्गुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा जुम्लाको राजनीतिक तापक्रम तीव्र रूपमा बढेको छ। स्थापित दलदेखि नयाँ र वैकल्पिक शक्तिसम्मले आ–आफ्ना घोषणापत्र र वाचापत्र सार्वजनिक गरेसँगै विकास, सुशासन र राजनीतिक संस्कारको बहस जुम्लामा केन्द्रित हुन थालेको छ। यसपटकको निर्वाचन केवल उम्मेदवार चयनको प्रक्रिया मात्र नभई जुम्लाको […]

ढिपु गाउँबाट विकास सुरु गर्ने भण्डारीको प्रतिबद्धता

गाेल्डेन बुढा  जुम्ला ,९ फाल्गुन । जुम्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेश भण्डारी जनभेटका क्रममा तिला गाउँपालिका–९ ढिपुमा स्थानीय युवाबाट हस्तान्तरण गरिएको मागपत्र ग्रहण गर्दै भावुक बनेका छन्।नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारी तिला गाउँपालिका–९ ढिपु गाउँमा आयोजित जनभेट कार्यक्रममा युवाहरूले बुझाएको मागपत्र ग्रहण गर्दै केहीबेर भावुक बनेका हुन्। जुम्लाको तिला–९ ढिपु, खेतु हिमालको […]

प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

लुम्बिनी ,९ फाल्गुन । प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गर्नुभएको छ । निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरूसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आउनुभएको हो । प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य–सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका […]

घुयँत्राे:“घण्टी बज्यो, नेता ढिलो आए—जनता भने २ बजे नै घर फर्किए!”

प्रजातन्त्र दिवसकै दिनाँ रास्वपाले सुर्खेताँ मान्छे उतार्या देखेछि झाेलेहरका कुरा सुनेर कति कति नेताकाे साताे गाे था छैन । आफू भने रवि र वालेनका कुरा सुन्नु पर्ला भनेर याेजाडाँ एकाविहानै भात खाएर सुर्खेतकाे घण्टाघरतिर हानियाे । रास्वपा भन्ने पाटि र त्यसका नेताहरु त एकदम समयका पावन्द हाेलान पुरानादल र पुराना नेता पावन्द भएनन भनेर नारा […]

मार्सल ल सङ्कटमा युनको माफी

सियोल, ९ फागुन (रासस/एएफपी। विद्रोहको आरोपमा आजीवन कारावासको सजाय सुनाइएपछि दक्षिण कोरियाका अपमानित पूर्वराष्ट्रपति युन सुक येओलले सन् २०२४ को मार्सल ल घोषणाबाट उत्पन्न भएको राजनीतिक उथलपुथल र जनअसन्तुष्टिका लागि शुक्रबार गहिरो माफी माग्नुभएको छ । सजाय सुनाइएको एक दिनपछि उहाँले आफ्नो निर्णयले देशलाई ठूलो सामाजिक लागत बेहोर्न बाध्य पारेको स्वीकार गर्दै त्यसबाट निम्तिएको ‘निराशा […]

बैतडीमा जीप खस्दा चालकको मृत्यु

बैतडी ,९ फाल्गुन । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा शुक्रबार राति सुप्रप ०४–०११ ज ००६९ नम्बरको जीप दुर्घटना भएको हो । ज्यान गुमाउनेमा जीपका चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । दुर्घटनामा परेर […]

तातोपानी ८ का आगलागी पिडित परिवारलाई राहत सहयाेग

काली बहादुर परियार जुम्ला ,९ फाल्गुन । जुम्लाको तातोपानी गाउँपालिका–८, बङ्तडी गाउँका आगलागी पीडितलाई राहत सहयोग प्रदान गरिएको छ । आगलागी बाट सम्पूर्ण क्षति बेहाेरेका एक परिवारका सदस्यलाई तत्कालको समस्या समाधान गर्न गाउँपालिकाले राहत उपलब्ध गराएको हो । बङ्तडीका आगलागी पीडित सन्देश कुमार शाहीकाे परिवारलाई राहत सहयोग गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले जानकारी […]

प्रमुख राजनीतिक दलको घोषणापत्रः ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा 

रमेश लम्साल/रासस  काठमाडौँ, ९ फागुन ।  प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् । उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्वयन पक्षमा रहेको जटिलता हटाउने र ऊर्जा क्षेत्रमैत्री वातावरण बनाउने योजनासमेत अगाडि सारेका छन् । आन्तरिक खपतको वृद्धि, रोजगारी सृजना तथा ऊर्जा कूटनीतिमार्फत […]

कञ्चनपुरका मुक्त हलिया भन्छन्‌– पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान 

कञ्चनपुर, ९ फागुन ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर, यसपटक मुक्त हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले कञ्चनपुरका उम्मेदवारलाई लक्ष्य गरी नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षरसहितको लिखित बाचा माग गरेपछि चुनावी माहोलमा […]