चुनावी घोषणापत्रको ‘लागत मूल्य’

हेमन्त जोशी “घोषणापत्र लेख्न धेरै लागत लाग्दैन, मन चाहे लेख्दा हुन्छ । कार्यान्वयन कसरी ? र वित्तीय स्रोत के ? निःशुल्क र निर्ब्याजी विश्वास नगर्नु होला । सम्भव छैन । सिधै लिने कि घुमाएर लिने, आज लिने कि भोलि लिने भन्नेमात्रै हो”, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले शुक्रबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा लेखेको […]

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौँ, ११ फागुन ।  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका हुन् […]

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाई

बैतडी, ११ फागुन ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो । फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ः०० बजेपछि मदिर बिक्री वितरणमा रोक लगाइएको […]

मणिका धाममा यही फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने 

कञ्चनपुर, ११ फागुन ।  शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको हो । वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र […]

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर, १० फागुन ।  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको छ । स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा तीन हजार ३४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको […]

निर्वाचन १० दिन बाँकी ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी 

 काठमाडौं ,११ फाल्गुन । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ । आयोगले यही फागुन ३ देखि १७ गतेसम्म […]

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु 

नेपालगञ्ज, ११ फागुन ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदानअधिकृतका लागि प्रशिक्षण कार्यक्रम आइतबारदेखि यहाँ सुरु भएको छ । बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेको बताए । उनले भने “निर्वाचनलाई तनावका रुपमा लिन हुँदैन र त्यसलाई तनावका रुपमा लिँदा कठिनाइ […]

हौसला पाए अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्छन्‌

टेकराज केसी/रासस सुर्खेत, ११ फागुन ।  कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरकी देवी पाठक डोटीको आदर्श गाउँपालिकामा विसं २०६१ मङ्सिर २९ गते जन्मिनुभएकी उहाँ न्यून दृष्ट्रिविहीन हुनुहुन्छ । जन्म डोटीमा भए पनि घरको आर्थिक अवस्था कमजोर भएपछि बसाइँसराइ गरी परिवार कैलालीमा आएपछि उहाँको बाल्यकाल कैलालीको गोदावरी नगरपालिका जमुनानगरमा बित्यो । जन्मदै न्यून दृष्ट्रिसम्बन्धी अपाङ्गता भएकी देवीको बाल्यकाल […]

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु, ११ फागुन ।  श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गरेका हुन । नगर प्रमुखमा निर्वाचित भएदेखि प्रत्येक शनिबार नगरक्षेत्रका विभिन्न स्थानमा श्रमदानमा खटिँदै आएका प्रमुख भामले श्रमदानलाई निरन्तरता दिन, श्रमदान संस्कृति जोगाइराख्न र कम लागतका […]

निष्प्रभावी कानूनले चुनावमा अनलाईन दुर्व्यवहार भोग्दै महिला उम्मेदवार

ओम शाही सुर्खेत, ११ फागुन । कालीकोटको रास्कोट नगरपालिका–८, की यसोदा बराल यति बेला प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारमा छिन् । नेकपा एमालेकी नेतृ बराल आसन्न २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छन् । चुनावको समय भएकाले बरालको फेसबुक फिडमा दिनहुँजसो राजनीतिक पोष्टहरु आइरहेका हुन्छन् । उनले फेसबुकमार्फत पार्टीका उम्मेदवारलाई भोट दिन आग्रह गरेकी हुन्छिन् […]

नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके, ११ फागुन ।  नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली […]

सम्पादकीय :  नागरिक मतदानबाट बञ्चित नहुन् !

आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १० दिन बाँकी छन् । सरकारले देशव्यापी निर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । निर्वाचन सामग्री र मतपत्र ढुवानीदेखि कर्मचारी खटनपटनको काम अधिकांश जिल्लामा सम्पन्न भएको छ । तर, कर्णाली प्रदेशका तीन जिल्लामा मौसमी प्रतिकुलताका कारण चुनाव हुने वा नहुने भन्नेमा अन्यौलता कायमै छ । […]

धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते

काठमाडौं,११ फाल्गुन । धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ । गए राती करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो। उक्त स्थानमा उद्दारका लागि […]