‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म

काठमाडौँ, ९ फागुन ।  बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ । नेपालमा रहेक वर्षजस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ‘ग्लोबल मनी विक २०२६’ […]

सिद्धपाइलामा सीपमा आधारित सिकाइ मेला

सुर्खेत, ९ फागुन ।  निजी क्षेत्रबाट सीपमा आधारित सिकाइ मेला सञ्चालन गरिएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित सिद्ध पाइला विद्यालयले सीपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले परम्परागत रूपमा सञ्चालनमा रहेका औजार प्रयोग गर्ने तरिका सिकाएको थियो । सीपमा आधारित सिकाइ मेलामा खाना बनाउने तरिका तथा विभिन्न परम्परागत औजारको प्रयोग तथा प्रदर्शन गरेको […]

बाँके १ का उम्मेदवार मतदाता रिझाउन गाउँगाउँमा 

बाँके ,९ फाल्गुन । यहाँका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा ठूलो क्षेत्र हो—क्षेत्र नं १ । एक लाख २४ हजार ७२७ मतदाता रहेको छन् । यस क्षेत्रमा १४१ मतदान केन्द्र छन् ।  यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्प्रधामा छन् । हाल यहाँका उम्मेदवार […]

निर्वाचन १२ दिन बाँकी :  मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्‌

काठमाडौँ, ९  फागुन ।  तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता […]

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित 

कञ्चनपुर, ९ फागुन ।  शुक्लाफाँटा नगरपालिका–५  गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय  त्रसित भएका छन्‌भने प्रशासनले  सबैलाई सतर्क रहन आग्रह गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत छन् । त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरूलाई सचेत रहन आग्रह गरेको छ । बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका […]

नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव

बाँके, ९ फागुन ।  नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा शुक्रबारदेखि नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्नेछन् । यस क्षेत्रमा साइकलिङलाई प्रवद्र्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पुर्‍याउने उद्देश्यले […]

जुम्लामा प्रतिनिधिसभा निर्वाचन: पपुलिस्ट राजनीतिक  लहरले दबाबमा पुराना दल

ओम शाही सुर्खेत, ९ फागुन । आसन्न प्रतिनिधिसभा चुनावमा विशेष महत्त्वका साथ हेरिएको क्षेत्र हो, जुम्ला । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये जुम्लालाई विशेष महत्त्वका साथ हेरिनुको पछाडि जोडिएका छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही । शाहीले २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस–माओवादीलगायत पाँचदलीय गठबन्धनलाई मात्र हायलकायल पारेनन्, सांगठनिक रूपमा बलियो […]

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन सामग्री ढुवानी भइसक्यो : आयोग

काठमाडौं,९ फाल्गुन । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने […]

नेपालगन्ज–१८ मा कमरुद्दिन राईको घरदैलो तीव्र १०३ वर्षीया मायाँ कुर्मीको आशिर्वादसँगै समावेशी विकासको प्रतिबद्धता

बाँके ,८ फाल्गुन । आगामी निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)का उम्मेदवार कमरुद्दिन राई यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन्। चुनावी माहोल तातिँदै जाँदा राईले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै जनताको घरदैलोमै पुगेर संवादलाई तीव्रता दिएका हुन्। शुक्रबार उनले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकादौं क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग छलफल गरे। घरदैलो कार्यक्रमका क्रममा सरल […]

खाँडाचक्र नगरपालिकामा प्रजातन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

हस्त चाैलागाँई कालिकाेट ,८ फाल्गुन। प्रजातन्त्र दिवसको अवसरमा खाँडाचक्र नगरपालिका मा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। नगर उप–प्रमुख गणेश बहादुर शाही को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय उपसभामुख यसोदा न्यौपाने को प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाही तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

खानेपानी बिनाको बाइराका गाउँ

गाेल्डेन बुढा जुम्ला ,८ फाल्गुन । जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराका गाउँमा बिहान उज्यालो हुन नपाउँदै महिलाहरू गाग्री बोकेर धारातिर हतारिन्छन्। बिहान ४ बजेपछि मात्रै पानी भर्न पाइन्छ। त्यो पनि पालो आयो भने। नआए, दिनभरि तिला नदीकै पानीमा भर पर्नुपर्छ।आजको यो समस्या नयाँ होइन। २०५६ सालदेखि बाइराका गाउँले यस्तै संघर्षमा छन्।समस्या चर्किँदै गएपछि २०६६ सालमा बाइराका […]

असल शासन पोष्टको रजत समारोह भव्य रूपमा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

बाँके ,८ फाल्गुन । सुशासनको विटमा केन्द्रित भई निरन्तर प्रकाशन हुँदै आएको असल शासन पोष्ट साप्ताहिक पत्रिकाले आफ्नो रजत समारोह नेपालगन्जमा भव्य रूपमा सम्पन्न गरेको छ। २५ वर्षे प्रकाशन यात्रालाई स्मरण गर्दै आयोजित समारोह निर्वतमान प्रतिनिधिसभा सदस्य धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। पत्रिकाका सम्पादक नमस्कार शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रिकाको निरन्तरता, सुशासनप्रतिको […]

राससको ऐतिहासिक यात्राः कागजी ‘बुलेटिन’देखि ‘डिजिटल’ युगसम्म 

एकराज पाठक/रासस नेपालबाटै पहिलोपटक प्रकाशन भएको नेपाली भाषाको साहित्यिक पत्रिका सुधासागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहासले १२७ वर्ष पूरा गरेको छ । यो मासिक पत्रिकाको प्रकाशन विसं १९५५ साउनमा भएको थियो । त्यसको तीन वर्षपछि अर्थात् विसं १९५८ को वैशाख २४ गते साप्ताहिक पत्रिकाका रुपमा गोरखापत्र प्रकाशन भएपछि नेपालमा अखबारी पत्रकारिताको सुरुआत भएको मान्न सकिन्छ […]