नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ, १२ फागुन ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, […]

निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने 

काठमाडौँ, १२ फागुन ।  चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।  अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको  बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने […]

कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी 

कञ्चनपुर, १२ फागुन ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी […]

पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ, १२ फागुन ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गरी भौतिक पूर्वाधारबाट वञ्चित रहेका जिल्ला विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको दाङका मुख्य निर्वाचन अधिकृतसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको नेतृत्वमा गएको तुलसीपुस्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले अतिसंवेदनशील बबई गाउँपालिका–१ भाङाबारीमा रहेको जनकल्याण आधारभूत […]

दार्चुलामा निर्वाचन सुरक्षाका लागि मतदानस्थलमा संयुक्त सुरक्षा गस्ती

दार्चुला, १२ फागुन ।  निर्वाचन सुरक्षाका लागि तीनवटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् । जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा त्यस ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती […]

विचार :  नेपालका सडक मृत्युको पासो कि विकासको आधार ?

डा. विश्वराज दवाडी  नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन । हरेक दिन पत्रपत्रिका र समाचारका ‘हेडलाइन’हरू सडक दुर्घटना र ज्यान गुमाउनेहरूको तथ्याङ्कले भरिएका हुन्छन् । अस्ति मात्रै पोखराबाट काठमाडौँतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो भने २५ जना यात्रु घाइते अवस्थामा छन् । यसअघि पनि केही हप्ताको अन्तरमै धेरैको ज्यान […]

अन्तर्वार्ता :  ‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्योः’

गृहमन्त्री अर्याल गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने र निर्वाचित सरकारलाई वैधानिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने हो । सोही बमोजिम सरकारले आफ्‌नो पहिलो प्राथमिकता निर्वाचनलाई बनायो र संवैधानिक व्यवस्थाअनुरुप नै ६ महिनाभित्रै निर्वाचन सम्भव पनि हुँदैछ । यही फागुन २१ गते हुन गइरहेको निर्वाचनका अब केही […]

मधेसी महिलालाई मतदाता शिक्षा 

बाँके, १२ फागुन ।  यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । महिला, कानुन र विकास मञ्च काठमाडाँैको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले, बाँके र बर्दियामा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा सुरु गरेको हो । बाँके र बर्दियामा […]

आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

सुर्खेत, १२ फागुन ।  आसन्न फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव […]

बैतडीमा निर्वाचन प्रहरीको निधन 

बैतडी, १२ फागुन । आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट (युवराज) रहेका छन् । जिल्ला प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राती घर फर्किएकामा घरमै एक्कासी […]

पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

बाँके,१२ फाल्गुन। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत डुडुवाको कम्दीमा चुनावी सभा आयोजना गरेको छ। आफ्ना उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बनाउन आज चुनावी सभा गरेको हो । चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार राईले सबै उम्मेदवारलाई अहिले कमरुद्दिनबाट त्रासमा रहेको बताए । आफुले […]

विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह: उपेन्द्र यादवले तीनसय बढीलाई जसपामा भित्र्याए

बाँके,१२ फाल्गुन । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताएका छन् । जसपाले आज बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उनले यो कुनै सहज अवस्थामा चुनाव हुन नलागेको भन्दै विषम परिस्थितिमा हुन लागेको बताए । पाँच वर्षको समयावधि पाएको संसद ३ वर्षमै भंग भएर फेरि चुनाव हुन […]

गाउँ फर्किएको मतले सोध्दैछ,हाम्रो भविष्य कहाँ छ?

गाेल्डेन बुढा  जुम्ला ,१२ फाल्गुन । दसैं–तिहारपछि पेट पाल्न गाउँ छाडेका हातहरू यतिबेला फेरि फर्किँदै छन्। फर्किँदै छन् ।केवल मत हाल्न होइन, पाँच वर्षअघिका वाचा र आजको यथार्थको हिसाब गर्न। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन १ गतेदेखि नै जुम्लाका गाउँतर्फ मतदाताको लर्को लागेको छ।जुम्लाको सिंजाका हरिबहादुर बुढाले देखेको दृश्य फरक छैन, […]