कांग्रेस सभापति थापा सुर्खेतमा

सुर्खेत, १४ फागुन । आसन्न २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावीसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन थापा सुर्खेत आउने भएका छन् । बिहिबार (भोेली) कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न थापा सुर्खेत आउन लागेका हुन । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले आफ्‌नो निर्वाचन क्षेत्र सर्लाही–४ पछि पहिलो पटक हुन लागेको चुनावीसभालाई […]

निर्वाचन ६ दिन बाँकी :  प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय

काठमाडौँ, १४ फागुन ।  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु‍र्‍याउने वा पु‍र्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना […]

निर्वाचनका लागि भारतसँग जोडिएका सबै सीमा नाका बन्द हुने 

कञ्चनपुर, १४ फागुन ।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ […]

प्रतिनिधिसमा निर्वाचन आउन एक साता बाँकी: नतिजा आफ्‌नो पक्षमा पार्न  रणनैतिक मुभमा राजनीतिक दल

ओम शाही सुर्खेत, १४ फागुन ।  २०७२ मा संविधान जारी भएयता देशमा दुई पटक प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएका छन् । २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रले पालैपालो गठवन्धन बनाएर चुनावी मैदानमा उत्रिए । गठवन्धन प्रवृत्तिका कारण कर्णालीमा कहिले कांग्रेस त कहिले एमाले प्रतिनिधिसभा […]

सम्पादकीय : सरकारी जग्गा तत्काल खाली गर !

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२, मा झण्डै एक करोड सरकारी अनुदान दुरुपयोग भएको अलपत्र सित भण्डारका संरचना हटाउन लगानीकर्ताहरुले आलटाल गरिरहेका छन् । सुर्खेतमा नाम चलेका चार व्यवसायीद्वारा निर्माण गर्ने भनिएको सित भण्डारमा कर्णाली प्रदेश सरकारले ९६ करोड रकम अनुदान दिएको थियो । तर व्यवसायीको बदनियतका कारण सरकारको लगानी बालुवामा पानी सरह बनेको छ । सरकारी अनुदान […]

कालिकाेट समृद्ध अन्तर संवाद कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलन

हस्त चाैलागाईं कालिकाेट,१४ फाल्गुन। “कालिकोट समृद्ध अन्तर संवाद” कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलन गरिएकाे छ । कर्णाली जेन्जी समूहको आयोजनामा पत्रकार सम्मेलन गरिएकाे हाे । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ मा कालिकाेटबाट राजनीति मैदानमा उत्रिएका प्रतिनिधि सभा सदस्यहरुका एजेण्डा तथा आगामी लक्ष के कस्ताे रहेकाे छन तथा समृद्ध कालिकाेट कसरी बनाउने बिषयमा राजनीतिक दलसंग […]

अफगानिस्तानको गोलीबारीमा पाकिस्तानको प्रतिक्रिया : स्रोत

इस्लामाबाद, १३फागुन (रासस/सिन्ह्वा) । पाकिस्तानले मङ्गलबार पाकिस्तान–अफगानिस्तान सीमामा अफगानिस्तानको गोलीबारीको जवाफ दिएको पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले बताउनु भएको छ । अफगान पक्षले पाकिस्तानको उत्तर– पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तोरखाम र तिराह उपक्षेत्रमा पाकिस्तान–अफगानिस्तान सीमामा विना कारण गोलीबारी सुरु गरेको प्रवक्ताले बताउनु भएको छ । उहाँले पाकिस्तानको सुरक्षा बलले तुरुन्तै र प्रभावकारी रूपमा जवाफ दिएको […]

चीनमा मर्ज : सन्तुलित व्यापार र युक्रेन शान्तिको एजेन्डा

बेइजिङ, १३ फागुन (रासस/एपी) । युक्रेन युद्ध अन्त्यका लागि चीनको प्रभाव प्रयोग गर्न आग्रह गर्दै र जर्मन कम्पनीहरूका लागि निष्पक्ष व्यापार वातावरणको मागसहित जर्मनीका चान्सलर फ्रेडरिक मर्ज बुधबार दुई दिने भ्रमणका लागि बेइजिङ आइपुग्नुभएको छ । युरोपेली एकतामार्फत सन्तुलित र भरपर्दो साझेदारी निर्माण गर्ने सन्देशसहित उहाँले चिनियाँ शीर्ष नेतृत्वसँग भेटवार्ता गर्न लाग्नुभएको हो । बेइजिङ […]

इजरायलमा मोदी : रणनीतिक साझेदारीको नयाँ चरण

नयाँदिल्ली, १३ फागुन (रासस/एएफपी) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुग्नुभएको छ । मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबीच उहाँको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ । प्रस्थानअघि जारी वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत र इजरायलबीच ‘बलियो र बहुआयामिक […]

इस्टर बमकाण्डमा पूर्व गुप्तचर प्रमुख पक्राउ

कोलम्बो, १३ फागुन (रासस/एएफपी) । श्रीलङ्काले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट प्रकरणमा देशका पूर्व गुप्तचर प्रमुखलाई पक्राउ गरेसँगै सात वर्षदेखि विवाद र शङ्कामा रहेको घटनाले नयाँ मोड लिएको छ । पैँतालिस विदेशी नागरिकसहित २७९ जनाको ज्यान लिएको उक्त आक्रमणसँग सम्बन्धित षड्यन्त्र र सहयोगको आरोपमा सेवानिवृत्त मेजर जनरल सुरेश सल्लेलाई बुधबार राजधानी कोलम्बोको उपनगरबाट […]

ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छाया

वासिङ्टन, १३ फागुन (रासस/एपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल सावित गर्न प्रयास गर्नुभएको छ । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उहाँको पहिलो कार्यकालकै सबैभन्दा लामो […]

वरिष्ठ लोकगायक कमल विके निर्मोहीको निधन

बाँके,१३ फाल्गुन  । लामो समयदेखि दुवै मिर्गौलाको समस्याबाट पीडित वरिष्ठ लोकगायक तथा कलाकार कमल विके निर्मोहीको मंगलबार साँझ निधन भएको छ। दुवै मिर्गौला फेल भएपछि नियमित डायलासिस गराइरहनुभएका निर्मोहीको उपचारका क्रममा ज्यान गएको परिवारले जनाएको छ। दाङ जिल्लाको तत्कालीन फूलबारी गाविसमा जन्मिनुभएका निर्मोही पछिल्लो समय नेपालगन्जमा बसोवास गर्दै आउनुभएको थियो। लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय […]

बाँकेका सबै सीमा नाका तीन दिन बन्द हुने

बाँके,१३ फाल्गुन। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका बाँके जिल्लामा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित […]