घुयँत्राे:“घण्टी बज्यो, नेता ढिलो आए—जनता भने २ बजे नै घर फर्किए!”

प्रजातन्त्र दिवसकै दिनाँ रास्वपाले सुर्खेताँ मान्छे उतार्या देखेछि झाेलेहरका कुरा सुनेर कति कति नेताकाे साताे गाे था छैन । आफू भने रवि र वालेनका कुरा सुन्नु पर्ला भनेर याेजाडाँ एकाविहानै भात खाएर सुर्खेतकाे घण्टाघरतिर हानियाे । रास्वपा भन्ने पाटि र त्यसका नेताहरु त एकदम समयका पावन्द हाेलान पुरानादल र पुराना नेता पावन्द भएनन भनेर नारा लाउँदै हिँड्या रबि बालेन ताेकिएकै समयमा पुग्लान र देशमा परिवर्तनका लागि अर्ति बुध्दि देलान भन्या त घण्टाघराँ गएर ११ बजे देखिनै बस्या हामी त ऐले आउलान पछि आउलान भन्दा भन्दै दिउसाेकाे २ बजिगाे आएनन क्यारे ! म जस्ता कैयाँ मान्छे आत्तिएर २ बजेतिर हान्निएक्यारे ।आँफुभने के के नै हाेला भनेर कुर्या त २ बजेर ४० मिनेटाट बल्ल नेताहरकाे चहल पहल भाे र भाषण गर्न शुरु गर्या बालेनले ३ मिनेट ५६ सेकेन्ड मै सारा कर्नालिका कुरा गरेर भ्याईदे ! रविलाई घाेषढापत्र ठ्डाएर देखाउन र बाेल्न ८ मिनेटकै समय काफि भाे अनि वाँकि रहे स्वर्णिम र बाँकि ताँकि नेता अनि तिनले २० मिनेटकाे बाँकि ताँकि समयमा जनतालाई चुनाबि पाठ पढाए तर भाषण सुन्न ,तिनलाई देख्न ,चिन्न र बुझ्न आका हामी जस्ता जनताले के बुझिम त्याे आआफ्नै अक्ल अनुसार बुझे हुम्ला भन्न पर्याे हैन र । जसरि घण्टी घण्टी भनेर मान्छेले एकाेहाेराे रटलगाछन भन्थे घण्टाघरकाे त्याे भाषणमा जाने मान्छे धेरै जसाेले बुझे हाेलान कि जतिसुकै कुरा गरेनि नेपालका दल र तिनि सबैका हालत याैटै हुन । जत्राे उत्साह र उमङ्गलेर जाजरकाेट ,दैलेख, कालिकाेट अनि सुर्खेतका नेताहरले बुझे हाेलान जतिसुकै नयाँ दलहुनकि पुराना ती सबैका गति याैटैहुन । त्यसैले पुराना दलका नेताहरु तिमिहरु नडराओ घण्टीका पछि लाग्ने मान्छे शुध्द घण्टीकै मान्छे काेईरैनछन घण्टीकाे लाईनमा जाने जति सब्बै तिमरका भाेटर हुन । तिनलाई किन रिसाय ? हाम्ले के गर्नु पर्ने भाे ? हामी सच्चिन तयारछम , अब नातावाद र परिवारवादबाट बाईर निस्कन्छम् , भष्टाचार गर्दैनम,गर्नेलाई छाेडदैनम् भनेर तिनका गाेडामुन्टा पर्नु पर्याे ती कतै जानेवाला छैनन । बरु हिजाेकाे जस्ताे छैनम् हामी सच्चि सकिम तिमरले जे भन्छाै त्यै मान्छम भनेर ढाँटन पछि पर्नु भएन । त्यति गर्न सक्नु भएन भने त तपाईँहरका खैरियत छैनन है मैले भन्द्याछु । चुनाब भनेकै जति जालझेल गरेर लट्पट्याउन सक्याे त्यति मान्छे आफ्ना हुने हुन हुनत जालझेलका कुरा गर्न मैले तपाईंहरलाई के सिकाउनु पर्याे तपाईंहरु आँफै याे मामलाँ पारङ्गत हुनु हुन्छ । त्यसैले आफ्ना मान्छे लग्याे भन्ने चिन्ता गर्ने हैनकि तिनरु मलाई छाेडेर किन गए ? भन्ने कुरा खाेजि नीति गर्नु पर्याे अनि बल्ल आफ्नो पाटियाँ मान्छे अडिन्छन हैन भने जनतालाई सँधै झुक्याएर खाने दिन गए । यत्रा काण्ड भै सके अँझै पनि भष्टाचार र बेथिति विरुद्ध पुरानादलले नारा लाउन सक्याछैनन ।अँझैपनि आफू र आफन्तैले गरि खानु पर्छ भनेर चुनाबाँ आफू र आफन्तकै उमेदवारीकाे लिस्ट च्यापेर बसिराख्नु भाछ अनि यस्ताे गर्नु भाे भनेत रबि र बालेन जस्ता चर्काे बाेल्नेले मात्रै हैन पन्चायतका अबशेष मान्ने राप्रपा भन्ने पाटिलेनि तपाईहरलाई उछिन्न सक्छ । त्यसैले अँझै पनि केही दिन बाँकि छ । चेतना भया ।






