हलो र घण्टी एउटै भन्दै भ्रम छर्ने प्रयास, झुटको सिमा नाघे ज्ञानेन्द्र शाही : रास्वपा उम्मेदवार कठायत

काली बहादुर परियार
जुम्ला,२१ माघ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्ला बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार बिनिता कठायतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र बहादुर शाही माथि निर्वाचन लक्षित खुल्ला दुष्प्रचार गरेको गम्भीर आरोप लगाएकी छन् ।

उनले गाउँ–गाउँमा पुगेर प्रत्यक्ष तर्फ हलोमा र समानुपातिक तर्फ घण्टीमा मतदान गर्नुपर्छ भन्दै मतदाता लाई भ्रममा पार्ने गलत सूचना फैलाइएको भन्दै कडा आपत्ति जनाएकी छन् ।

बुधबार बिहान रास्वपा जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार विनिताले शाहीले योजनाबद्ध रूपमा झुटा सूचना प्रवाह गरी जनमत प्रभावित पार्न खोजेको आरोप लगाइन् ।

हलो र घण्टी एउटै हुन् भन्ने गलत प्रचार खुले आम भइरहेको छ, उनले भनिन्, यो सामान्य भ्रम होइन, यो मतदातालाई छल्ने गम्भीर प्रयास हो । ज्ञानेन्द्र शाहीले झुटको सिमा नाघिसके अब कानुनी बाटाे अपनाउने समेत चेतावनी दिएकी छन् ।

कठायतका अनुसार रास्वपाको चुनाव चिन्ह घण्टी हो भने राप्रपाको चिन्ह हलो । यी दुई फरक दल र फरक चिन्हलाई एउटै हाे भनेर प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरीत मात्रै नभई जनताको मताधिकार माथिको प्रहार भएको उनले बताइन् ।

उनले आफूहरू काठमाडौ फर्किएर चुनाव छाडेर बसेको भन्ने आरोप पनि निराधार रहेको स्पष्ट पारिन् । हामी काठमाडौ पुगेको दिन देखि नै निरन्तर चुनावी मैदानमै छौ, उनले भनिन्, तर बालेन शाहलाई जुम्ला आउन मैले रोकेको भन्ने कुरा पूर्णतः झुट हो । यो पनि अर्को भ्रमको कथा मात्र रहेकाे बताइन् ।

पत्रकार सम्मेलनमा कठायतले शाहीको राजनीतिक अतीत तर्फ संकेत गर्दै थप आक्रोश पोखिन् । रास्वपा बाट टिकट मागेर सुर्खेतबाट लड्छु भन्ने व्यक्ति आज रास्वपा विरुद्ध नै भ्रम फैलाइरहेकाे आराेप लगाइन् ।

यसको जवाफ ज्ञानेन्द्र शाहीले जनतामाझ गएर माफी मागेर दिनुपर्छ । उनले ठोस एजेण्डा नभएकै कारण जनतालाई झुटो प्रचारमा अल्झाउन खोजिएको आरोप लगाइन् । आफ्ना एजेण्डा सकिए पछि घण्टी र हलो एउटै हो भनेर भ्रम छर्नु कति नैतिक हो ? भन्दै उनले प्रश्न गरिन् ।

कठायतले फागुनको पहिलो सातामै रास्वपाका बरिस्ठ नेता बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने जुम्ला आएर वास्तविकता सार्वजनिक गर्ने दाबी समेत गरिन् ।
त्यस पछि ज्ञानेन्द्र शाहीको राजनीतिक अवस्था के हुन्छ, जनता आफैंले देख्ने उनकाे भनाइ छ ।

रास्वपा र राप्रपा बीच कुनै पनि प्रकारको गठबन्धन नहुने स्पष्ट पार्दै कठायतले भनिन्, रास्वपा संविधान मान्ने दल हो । अन्त्य भइसकेको राजतन्त्र मान्ने शक्ति सँग हाम्रो कुनै सहकार्य सम्भव छैन । गठबन्धनको हल्लामा कुनै सत्यता छैन।
अन्त्यमा उम्मेदवार कठायतले मतदातालाई सचेत रहन आग्रह गर्दै भ्रम र दुष्प्रचारको जवाफ मत मार्फत दिन अपिल गरिन् ।

हलो र घण्टी एउटै भन्दै भ्रम छर्ने प्रयास, झुटको सिमा नाघे ज्ञानेन्द्र शाही : रास्वपा उम्मेदवार कठायत

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *