याेजना, प्राविधिकदेखि स्टोर हुँदै लेखा, ठेक्का पट्टामा एकै व्यक्ति

सुर्खेत, १० असार । करार नियुक्ति पाएका एक असिस्टेन्ट (सहायक) सब–इन्जिनियरको जिम्मेवारी बढ्ेको बढ्यै छ । नेतादेखि हाकिम खुशी बनाउन सिपालु चामुण्डाविन्द्रासैनी नगरपालिकाका करार कर्मचारी हुन लक्ष्मी प्रसाद रेग्मी । उनले २०६९ सालमा जम्बुकाँध गाउँ विकास समिति हुँदा करारमा असिस्टेन्ट सव इन्जिनियरको नियुक्त पाएका थिए ।  स्थानीय नेतादेखि तत्कालिन गाविस सचिव फकाएर करारमा सव–इन्जिनियरको जागिर […]

महामारीमा स्थानीय निकायको लापरवाही

दैलेख, ९ असार । कर्णाली प्रदेशमा जेठको पहिलो हप्ता दैलेखको आठबीस नगरपालिकाका एक ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । भारतमा मजदुरी गर्न गएर जिल्ला आएका उनमा पहिलो पटक कोरोना पुष्टि भएसँगै दैलेखमा मात्र नभई कर्णालीमा एक प्रकारको कोरोना सन्त्रास फैलियो । प्रदेशका १० जिल्ला मध्ये दैलेखमा जेठ पहिलो हप्ता पहिलो पटक देखिएको कोरोनाले व्यवस्थापनमा […]

कोरोनाको कहर : जनप्रतिनिधिको सुविधामा रहर

सुर्खेत, ९ असार । कर्णाली प्रदेशका जनप्रतिनिधिहरुको सेवा सुविधामा बृद्धि हुने भएको छ । कर्णाली प्रदेश स्थानीय पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि व्यवस्था गर्न बनेको विद्येयकमा सबै जनप्रतिनिधिको सेवा सुविधामा बृद्धि गरिएको हो । आन्तरिक मामिला तथा योजना मन्त्रालयले विद्येयकलाई प्रदेशसभा सचिवालयमा आइतबार साँझ दर्ता गराएको छ । जिल्ला समन्वय समितिका प्रमुखले ४० हजार र […]

क्वारेन्टाइनमै योगा र उत्प्रेरणा कक्षा

दैलेख, ९ असार । कर्णालीका क्वारेन्टाइनमा बसेकाहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त राख्न विभिन्न मनोरञ्‍जनात्मक कार्यक्रमको आयोजना हुन थालेको छ । त्यसका लागि सरकारी तथा गैरसरकारी निकाय र युवाहरुले उत्प्रेरणा कक्षा, योगा, लाइभ कन्सर्ट तथा मनोपरामर्श सेवा प्रदान गरिरहेका छन् ।     कर्णाली प्रदेशमा सञ्चालित बालिका बचाउ अभियानले सुर्खेतका विभिन्न क्वारेन्टाइनमा उत्प्रेरणा कक्षा सञ्चालन […]

कर्णालीमा सरकारी खर्चको खोजी

कोरोना महामारीमा सरकारी संयन्त्रबाट करोडौं रकम खर्च भएको छ । नागरिकलाई महामारीबाट जोगाउनु सरकारको जिम्मेवारी हो । यही जिम्मेवारी पूरा गर्न सरकारले आर्थिक स्रोत परिचालन गरेको छ । कर्णालीमा पनि प्रदेश सरकारले जेठ मसान्तसम्म झण्डै २५ करोड बजेट खर्चेको छ । लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत वितरण, क्वारेन्टाइ र आइसोलेसनको व्यवस्थापन, औषधि तथा उपकरण […]

कर्णालीमैत्री कानून बनाउन सांसदको सुझाव

सुर्खेत, ९ असार । कर्णालीका सांसदहरुले उद्योग सम्बन्धी कानून कर्णालीमैत्री बनाउनुपर्ने बताएका छन् । आइतबार प्रदेश सभामा पेस भएको ‘कणालीमा प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफल गर्दै सांसदहरुले यस्तो सुझाव दिएका हुन् । सांसद राजु नेपालीले कुनैपनि व्यापार व्यवसाय गर्ने नागरिक एवं कम्पनीलाई सहज पहुँच हुने […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-09)

आइ एन एफद्वारा सिम्ता गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दुर्गा विसी । सुर्खेत, ९ असार । आइ एन एफ सुर्खेतले सिम्ता गाउँपालिकालाई आइसुलेसन वार्डमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइएन एफ सुर्खेतले सर्जिकल माक्स दुई सय ५० थान, साबुन एक सय थान, स्याम्पु दुई सय ५० प्याकेट, टुथफेस र ब्रस ५० पिस, सेनिटरी प्याड २५ प्याकेट र नेल कटर ५० वटा […]

जुनिचाँदेमा छोरी जन्मिए रु. १० हजार !

हेमन्त केसी (रासस) जाजरकोट, ९ असार । जुनिचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नवित्दै गाउँपालिकाका कार्यबहाक अध्यक्ष शिवा आचार्य उहाँको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवहाक अध्यक्ष आचार्य घरमै पुगेर सन्चो, विसन्चो सोध्दै परिवारका सवैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चाँसो, चिन्ता […]

प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना

सुर्खेत, ८ असार । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्टी भएको छ । प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबै प्राविधिकतर्फका स्वास्थ्यकर्मी […]

आर्थिक अभावका कारण बल्ड क्यान्सर पीडित निकिताको उपचार रोकियो, सहयोगको लागि अपिल

दुर्गा विसी । सल्यान, ८ असार । सल्यानकी बल्ड क्यान्सर पीडित १४ वर्षिया निकिता पुनको आर्थिक अभावका कारण उपचार रोकिएको छ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर, ३ मेल्टाकुरा निवासी ठगे पुनको १४ वर्षिया छोरी निकितालाई बल्ड क्यान्सर रोग लागेपछि उपचारमा समस्या भएको हो । पुन परिवारले निकिताको उपचारका लागि लाखौं रुपैयाँ खर्च […]

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु

धनगढी, ८ असार । कैलालीमा क्वारेन्टिनबाट घर फर्किका एक युवकको सोमवार मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर ७ का ३६ बर्षीय युवकको सोमवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मृतक युवकलाई वडा नम्वर २ को क्वारेन्टिनबाट […]

कोरोना महामारीमा स्कुल संचालन गर्दा कति जोखिम ?

सुर्खेत, ८ असार । कोरोना महामारीसँगै देशभरका विद्यालयहरु बन्द छन् । शहरका केही विद्यालयहरुले अनलाइन, रेडियो तथा टेलिभिजनबाट कक्षा लिइरहेका छन् । तर कर्णालीका अधिकांश विद्यार्थीहरुसँग अनलाइन र टेलिभिजनको राम्रो पहुँच छैन । मुगु, हुम्ला र डोल्पा जस्ता दुर्गमका विद्यार्थीको लागि एक मात्र विकल्प रेडियो हो । तर रेडियो पनि सबैको पहुँचमा छैन । वैकल्पिक […]