विमानस्थल संचालन, सिमामा काँडेतार, डाक्टर पढाउनेदेखि गाउँलाई नगर बनाउसम्म

सुर्खेत, १३ असार । कर्णालीका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गाउँ तथा नगरसभा सम्पन्न गरेका अधिकांश स्थानीय तहले बजेट पनि ल्याएका छन् । अघिल्ला वर्षभन्दा यसपाली स्थानीय तहको प्राथमिकतामा रोजगारी सिर्जना, कृषि उत्पादन र कोरोना नियन्त्रण परेका छन् । कोरोना महामारीसँग जुध्नुपर्ने अवस्थामा पनि केही स्थानीय […]

यी हुन समयमै बजेट पेश नगर्ने

सुर्खेत, १३ असार । हरेक स्थानीय तहले असार १० गतेभित्र सभामा बजेट पेश गरी सक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर कर्णालीका २० वटा स्थानीय तहले भने विवादका कारण तोकिएको समयमा बजेट ल्याउन सकेनन् । यहाँका ७९ स्थानीय तहमध्ये जाजरकोटका छेडागाड नगरपालिका र शिवालय गाउँपालिका, दैलेखको नौमूले, भैरवी र भगवतीमाई गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन् […]

कर्णालीमा असार १५ गते सार्वजनिक विदा

सुर्खेत, १३ असार । यही असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक विदा दिइएको छ । धान दिवसको अवसरमा असार १५ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै जुम्ला बाहेक नौँ जिल्लाहरुमा सार्वजनिक विदा दिइने जनाएको हो । जुम्लामा चैत महिनामै धान रोपाइँ […]

मिगौला विरामीलाइ सहयोगको अपिल

कालिकोट, १३ असार । सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ४ का विशाल दर्जीको मिर्गौला सम्बन्धि समस्या छ । अबको दुई महिनाभित्र अप्रेशन गरी मिर्गौला प्रत्यारोपण नगरे उनको ज्यान पनि जान सक्ने चिकित्सकहरुले बताएका छन् । आर्थिक अवस्था कमजोर भएका दर्जीले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन् । उनले एक महिना अगाडी बम्बईको डिआईपाटिल अस्पतालमा स्वास्थ्य […]

प्रदेशको बजेट ठिकै छ, अब कार्यान्वयनमा जुटौं

विन्दमान विष्ट प्रदेशसभा सदस्य, कर्णाली प्रदेश सरकार अधिकांश विकास योजनाहरु निर्माणको काम असार मसान्तमै गर्ने परिपाटी अझै अन्त्य भएको छैन । संघीय संरचनापछि आम नागरिकले असारे विकासको अन्त्य हुने अपेक्षा गरेका थिए । तर असारे विकासको काम नरोकिएपछि नागरिकबाट आलोचना बढेको छ । हतारमा गरिने असारे विकासको कामले दिगो विकासमा ठेस पुग्ने विज्ञहरु बताउँछन् । […]

सम्पादकीय : स्वास्थ्यमा लगानी गर

स्वस्थ मानवले मात्र सहज रुपमा जीवन विताउन सक्छ । मानिसका लागि स्वास्थ्य पहिलो शर्त हो । यही कारणले पनि हरेक देशका सरकारले स्वास्थ्यलाई प्राथमिकता दिन्छन् । तर नेपालको सन्दर्भमा पनि फरक छ । संविधानमा नागरिकको स्वास्थ्य अधिकारको बारेमा धेरै लेखिएको छ । तर पनि आज देशका धेरै नागरिक सामान्य सिटामोल नपाउने अवस्थामा छन् । दुर्गममा […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-13)

सल्यानमा पहिरोमा वृद्धको शव भेटियो

सल्यान, १३ असार । सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एकजना वृद्धको शव फेला परेको छ । कालीमाटी गाउँपालिका वडानम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । वृद्ध यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी […]

सडक भत्किँदा फर्निचर क्षति

दैलेख, १३ असार । दुल्लू नगरपालिका–८ घियातिदूमा सडक भत्किँदा एउटा फर्निचर उद्योगमा क्षति पुगेको छ । मध्यपहाडी राजमार्गको सडक किनारामा थुप्राइएको माटोको ढिस्कोले पुरिएर धुलेश्वर फर्निचर उद्योगमा १२ लाख जतिको उपकरण, तयारी फर्निचर र काठ नोक्सानी भएको झलक बिकले बताए ।

सुडेक अध्यक्षमा केसी

दैलेख, १३ असार । दीगो विकास तथा वातावरण संरक्षण केन्द्र (सुडेक) को छैटौं अधिवेशनले नरेन्द्र केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी र नेपाल मानव अधिकार संगठनका अध्यक्ष दीर्घराज अधिकारीले शुभकामना दिएका थिए । कार्यसमितिको उपाध्यक्ष मीना तारामी, महासचिव हरी थापा, सचिव बिशाल सुनार र […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-12)

ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन माग

सुर्खेत, ११ असार । होटल व्यवसायी संघ सुर्खेतले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्तिमार्फत संघले व्यवसायीहरुले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको बताएको छ । ‘सुर्खेत जिल्लामा मात्रै १२ […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-11)