याेजना, प्राविधिकदेखि स्टोर हुँदै लेखा, ठेक्का पट्टामा एकै व्यक्ति

सुर्खेत, १० असार ।
करार नियुक्ति पाएका एक असिस्टेन्ट (सहायक) सब–इन्जिनियरको जिम्मेवारी बढ्ेको बढ्यै छ । नेतादेखि हाकिम खुशी बनाउन सिपालु चामुण्डाविन्द्रासैनी नगरपालिकाका करार कर्मचारी हुन लक्ष्मी प्रसाद रेग्मी । उनले २०६९ सालमा जम्बुकाँध गाउँ विकास समिति हुँदा करारमा असिस्टेन्ट सव इन्जिनियरको नियुक्त पाएका थिए ।  स्थानीय नेतादेखि तत्कालिन गाविस सचिव फकाएर करारमा सव–इन्जिनियरको जागिर खाएका रेग्मीले हालका निमित्त प्रमुख प्रशासकिय अधिकृत फकाउँदै स्टोर हुँदै हाल लेखासमेत सम्हालेका छन् ।

दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिकाको मात्रै होइन यो देशकै एउटा अनौंठो र नमूना घटना हो । निजामती कर्मचारी सेवा ऐन विपरित करारमा रहेको व्यक्तिलाई स्टोर लिखित रुपमा र लेखा मौखिक रुपमा जिम्मेवारी दिइएको छ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी छनौंट गरी पठाएको छ । प्रचलित कानून विपरित नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हाल ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका बाबुराम नेपालीले उनलाई स्टोरको जिम्मेवारी दिएका थिए ।

स्टोर तथा जिन्सी शाखाको जिम्मेवारी पाएका प्राविधिक कर्मचारी रेग्मीले योजना तर्जुमा, प्राविधिक स्टिमेट, प्राविधिक अनुगमन, मुल्याङ्कन, सरकारी सम्पत्तीको रेखदेख (स्टोर) देखि आर्थिक क्रियाकलाप लेखापाललाई समेत सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन् । उनलाई निजामती कर्मचारी ऐन विपरित करार, प्राविधिक कर्मचारीलाई बलजफ्तीले स्टोरको जिम्मेवारी दिइएको थियो । स्टोर तथा जिन्सी शाखा सम्हालेपछि उनले सहलेखापाल राजेन्द्र प्रसाद रिजालकैै प्रमुख विश्वास पात्र, सहयोगीको रुपमा भौचर उठाउनेदेखि, चेक काट्नेसम्मको काम गर्दै आएका छन् ।

करार प्राविधिक कर्मचारी रेग्मीको नगरपालिकाको जिम्मेवारी मात्रै नभएर अदृश्य रुपमा ठेक्का पट्टाको काम समेत गरिरहेका छन् । श्रीमति टीका कँडेलको नाममा देउती निर्माण निर्माण सेवा दर्ता गरी दुई बर्षदेखि आफ्नै नगरपालिकाबाट ठेक्का पट्टादेखि कोटेशनमा अदृस्य रुपमा सार्वजनिक निर्माणका कामहरु गर्दै आएका छन् । चालु आर्थिक बर्षको बजेटबाट तीनबाट कोटेशनको काम गरी चौंथो निर्माणको काम गरिरहेका छन् । जुन एक आर्थिक बर्षमा कोटेशनबाट एउटा फर्मले एक पटक मात्रै काम गर्न पाउँछ । अन्यथा सार्वजनिक खरिद ऐन विपरित हुन्छ । कानूनि विपरित गरिएको काम कार्यालय प्रमुख, कर्मचारीको मिलेमतोमा अनियमितता भएको ठहर हुन्छ ।

करार प्राविधिक कर्मचारी रेग्मीले भने ‘‘तीन वटा गाविसबाट एउटा नगरपालिका भएपछि एक जना कार्यालय प्रमुख र एक जना लेखा प्रमुख मात्रै निजामति सेवाबाट पुगेका थिए । साविकका गाविसका गाविस सचिवहरु र सहायकहरु नगरपालिका भएपछि वडा नं. १ देखि ९ को वडा सचिवको जिम्मेवारी पाएका हुन । नगरपालिकामा काम गर्ने मान्छे कोही भएनन । अहिले सम्म कोही आउँदैनन ।’’ ‘‘त्यति खेर जनताको काम गर्नुपर्ने थियो । सिमित मान्छे थियौं । नगरपालिकामा कर्मचारीनै छैनन । समायोजन भएपछि कोही पनि जान मान्दैनन । कार्यालयको काम त गर्नुप¥यो । अहिले सम्म पनि कर्मचारी नभएकाले काम गरिएको हो । रहरले भन्दा पनि बाध्यताले काम गरिएको हो’’ उनको आक्रोश थियो । अनलाइनबाट साभार

Leave a comment

Your email address will not be published. Required fields are marked *