कर्णालीलाई प्राङ्गारिक प्रदेश बनाउने कि आत्मनिर्भर ?

नवराज भण्डारी/जुम्ला नेपालको धेरैजसो मध्य पहाडका क्षेत्रहरु र उच्च पहाडका क्षेत्रहरुमा रासायनिक मल तथा विषादी उपलब्ध नहुने भएकाले ती क्षेत्रहरु बाइ डिफल्ट प्राङ्गारिक रहेका छन् । सरकारी तवरबाट २० औँ पञ्चवर्षिय योजना (२०५९/६०–२०६३/६४) मा प्राङ्गारिक कृषिले प्रवेश पायो । सन् २००७ (२०६४–१–२५/२६ जुम्ला जिविसको १४ औँ जिल्ला परिषदले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेपछि प्राङ्गारिक कृषि […]

जुम्लामा दैनिक एक हजार स्वाब परीक्षण गर्ने मेसिन

जुम्ला, १८ साउन । जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्ने नयाँ मेसिन जडान गर्न लागिएको छ । ‘अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टम’ जडान गर्न लागिएको हो । यसको क्षमता दैनिक कम्तिमा एक हजार स्वाब परीक्षण गर्न सक्ने हुन्छ । केन्द्र सरकारले प्रत्येक प्रदेशका लागि भनेर ल्याएको ७ वटा यी एक्स्ट्रयाक्सन मेसिनमध्ये कर्णालीको जुम्लामा […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटरमा दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १.५० रुपैयाँले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको […]

संरक्षण अभावमा जीर्ण बन्दै ऐतिहासिक ढुंगे देवल

रुकुमपश्चिम, १८ साउन । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा बाइसे तथा चौबीसे राज्यका अवशेषहरु लोप हुने अवस्थामा छन् । करिब दुई सय वर्षअघि चौरजहारीको लापुले गाउँमा निर्माण गरिएको ऐतिहासिक ढुङ्गे देवल संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, लापुले गाउँमा रहेको ढुंगैढुंगाले बनाइएको जहारीकोटे ऐतिहासिक देवल रहेको छ । जगतीश्वरे महाराजको एक अवतारका […]

कालीकाेटमा पहिरोले १९ जनाको मृत्यु, ६ जना अझै बेपत्ता

कालिकोट, १८ साउन । कालिकोट जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोमा परी पछिल्लो ३१ दिनमा १९ जनाले ज्यान गुमाएका छन् भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाइँका अनुसार असार १५ गतेदेखि साउन १६ गतेको अवधिमा यो संख्यामा मृत्यु भएको हो । विकट पहाडी भूभाग रहेको कालिकोटमा […]

अदालतले दोषी ठहर गरेका अपराधीहरु खोज्दै प्रहरी

सुर्खेत, १८ साउन । यही साउन ५ गते दैलेखको दुल्लु नगरपालिका–१० का विष्णुबहादुर थापा सुर्खेतको बाङ्गेसिमलबाट पक्राउ परे । उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । थापालाई जिल्ला अदालत दैलेखले १० वर्ष कैद सजाय तोकेको थियो । तर उनी लामो समयदेखि प्रहरी र अदालतलाई छल्दै फरार थिए । साउन ७ गते दैलेखकै […]

YUGAAWHAN NATIONAL DAILY (2077-04-18)

जाजरकोटका सहसचिव बुढालाइ गृह प्रवक्ता तोकियो

सुर्खेत, १८ साउन । गृह मन्त्रालयले मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी तोकेको छ । जाजरकोट निवासी वरिष्ठ सहसचिव चक्र बहादुर बुढालाई गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । गृह मन्त्रालयले बुढालाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो । शान्ति सुरक्षा महाशाखा हेर्ने सहसचिवलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहँदै आएको छ । […]

पोषण प्रबद्र्धनकर्ताको परिचय बनाउँदै हेल्थ असिस्टेन्ट न्यौपाने

कालिकोट, १८ साउन । कालिकोट जिल्लाको पलाँता गाउँपालिका २ मिजुबाडा मा २०५२ सालमा आमा रामरुपा जैसि र स्व बुवा जय प्रसाद जैसि को कान्छा सुपुत्रका रुपमा जन्मेका हुन । गायक तथा स्वास्थ्यकर्मी बिनोद कुमार न्यौपाने परिवारका चार दाजुभाई छन् । न्यौपाने सानैदेखि संगितमा मोहक हुने भएता पनि संगितको यात्रा २०७२ साल देखि सुरु गरेका हुन […]

जाजरकोटमा ३० किलोमिटरको भाडा १२ सय !

जाजरकोट, १८ साउन । जाजरकोट–डोल्पा सडकको खलंगा कालीमाठी खण्डमा निजी तथा व्यवसायी समितिका यातायातका साधनले मनोमानी भाडा असुल्दा यात्रु मर्कामा परेका छन् । जिप, बस लगायत साधनले कालीमाठीदेखि खलंगासम्म प्रतियात्रु एक हजार दुईसय भाडा लिँदै आएका छन् । यातायातका साधनले टिकट नकाटेरै मनलाग्दी भाडा लिएर यात्रुलाई मारमा पारेको बारेकोट ८ का कल्से कुमाईले बताए । […]

उपचारका लागि लायन्सको सहयोग

सुर्खेत, १७ साउन । विषालु च्याउको तरकारी खाँदा विरामी भएर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका जाजरकोट कुशे गाउँपालिका–१ स्याक्रीका चलाउने परिवारलाई लायन्स क्लव अफ वीरेन्द्रनगर सुर्खेतले आर्थिक सहयोग गरेको छ । वीरेन्द्रनगरले कुशे गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र बस्नेतको रोहवरमा शनिबार अस्पतालमै पुगेर १२ हजार रुपैयाँ सहयोग गरेको हो । साउन ९ गते जंगलबाट ल्याएका विषालु च्याउको […]

रक्षा बन्धन (राखी) बनाउने तालिम

सुर्खेत, १७ साउन । सुर्खेत महिला जेसीज बर्ष २०२० ले हिन्दुहरुको चाड जनैपुर्णिमालाई लक्षित गर्दै आज रक्षाबन्धन (राखी) बनाउने १ दिने तालिम सम्पन्न गरेको छ । सुर्खेत महिला जेसीज बर्ष २०२० को नारा महिला शक्ति, राष्ट्रको विकासूलाई सार्थक पार्न एवं महिलाहरुलाई आत्म निर्भर बनाउनकालागि राखी बनाउने तालिमको आयोजना गरिएको बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले […]

कोरोना रोकथाममा छुट्याइएको सात करोड बजेट नै फ्रिज

सुर्खेत, १७ साउन । कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । अर्थात प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो । कर्णालीमा केन्द्र र प्रदेश सरकारले कोरोनाविरुद्ध जुध्नका लागि जम्मा ३० करोड […]