२०८२ बैशाख १७ गते
×

Now Playing

कालीकाेटमा पहिरोले १९ जनाको मृत्यु, ६ जना अझै बेपत्ता

कालिकोट, १८ साउन ।
कालिकोट जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोमा परी पछिल्लो ३१ दिनमा १९ जनाले ज्यान गुमाएका छन् भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाइँका अनुसार असार १५ गतेदेखि साउन १६ गतेको अवधिमा यो संख्यामा मृत्यु भएको हो ।

विकट पहाडी भूभाग रहेको कालिकोटमा उद्दारमा कठिनाइ भएकाले पनि यो संख्यामा मानिसको मृत्यु र बेपत्ता भएका हुन् । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा दुईजना, महाबै गाउँपालिकामा दुईजना, नरहरिनाथ गाउँपालिकामा दशजनाको मृत्यु भएको हो ।

त्यस्तै पचालझरना गाउँपालिकामा एक जना, रास्कोट नगरपालिकामा तीन जना र पलाता गाउँपालिकामा एक जनाको ज्यान गएको हो । कालिकोट प्रशासनले दिएको जानकारीअनुसार जिल्लाको दुई वटा स्थानीय तहमा ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा रास्कोटका पाँच जना र नरहरिनाथका एक जना छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *