पोषण प्रबद्र्धनकर्ताको परिचय बनाउँदै हेल्थ असिस्टेन्ट न्यौपाने

कालिकोट, १८ साउन ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिका २ मिजुबाडा मा २०५२ सालमा आमा रामरुपा जैसि र स्व बुवा जय प्रसाद जैसि को कान्छा सुपुत्रका रुपमा जन्मेका हुन । गायक तथा स्वास्थ्यकर्मी बिनोद कुमार न्यौपाने परिवारका चार दाजुभाई छन् । न्यौपाने सानैदेखि संगितमा मोहक हुने भएता पनि संगितको यात्रा २०७२ साल देखि सुरु गरेका हुन ।

कालिकोट मान्म मा रहेको रेडियो नयाँ कर्णालिमा २०६६ सालमा पहिलो पटक गीत गाउँदा आफुलाई उत्साहित बनाएको त्यसैगरी नेपालगंजमा हेल्थ साईन्स (हेल्थ असिस्टेन्ट) पढ्दै गर्दा रेडियो कृष्णसारबाट कार्यक्रम म यस्तो गित गाउछुबाट उनी संगितप्रति बढी महित भएर संगितको यात्रा सुरु गरेको बताउँछन ।

न्यौपाने २०७४ साल देखि हालसम्म पलाँता गाउँपालिका स्वास्थ्य शाखामा स्वास्थ्य सह–संयोजकको रुपमा कार्यरत छन् । न्यौपानेले हालसम्म एक दर्जन भन्दा बढी गीत गाईसकेका छन् जसमा ३ वटा स्वास्थ्य संदेश गीत गाएका छन् । उनको पहिलो स्वास्थ्य सन्देश कुपोषण घटाओै बोलको गीत छ जसले कर्णाली सुदुर तथा देशमा रहेको बाल तथा आमा कुपोषण हुने दरलाई समेत घटाएको डाक्टर तथा स्वास्थ्यकर्मीहरुको भनाई छ ।

उनको पहिलो गीत सम्झना आउँछ उनको घरि घरि नामको र्याप पप गित बजारमा ल्याएका थिए । आफु गायक तथा स्वास्थ्यकर्मी भएको नाताले बर्सेनि स्वास्थ्यसंग सम्बन्धित गित गाउने गरेका छन् । हालसालै २ वटा स्वास्थ्य सन्देश म्युजिक भिडियो बजारमा ल्याउन अन्तिम चरणमा समेत रहेको न्यौपानेले बताए । आमा सुरक्षा गीत र स्वास्थ्य प्रबद्र्धन गीत अब अंग्रेजी र नेपाली दुबै माध्यमबाट बजारमा ल्याउने बताईएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *