नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु

कैलाली, २०पुस ।  नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी गणना सुरु भएको छ । जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको छ । टोलीका अनुसार यही पुस २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ । चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज […]

जेन–जी आन्दोलनपछि बाँके प्रहरीको कडाई तीन महिनामा एक करोड बढीको अवैध सामान बरामद

बाँके, २० पुस । जेन जी आन्दोलनपछि तस्करी, अवैध आयात–निर्यात र लागुऔषध कारोबारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो तीन महिनाको अवधिमा एक करोड आठ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार सीमा नाकाबाट हुने अवैध आयात–निर्यात […]

घुयँत्राे:चुनाब नआउँदै सिट गन्दै नेताहरू, कांग्रेसचाहिँ सिरकमुनि महाधिवेशन गन्दै!

हरेक ५ वर्षाँ आउने राष्ट्रिय चाड ( चुनाब) याे पटककाे भदाैरे आन्दोलनले तिनै वर्षाँ ल्याईद्याे । त्याे भदाैरे आन्दोलन भनाैँकि विध्वंस भनाैँ त्यसकै रापमा हुन लाग्या चुनाब त हुने हाेकि हैन अन्याैलमै छ । तर, दल र दलकाे नेता तथा तिनका झाेलेहर भने कैले चुनाब आउला र बुर्कुसी मारम्ला भनेर फागुन २१ काे रटाना लगाका […]

सिंजाको सभ्यता जोगाउन: जुम्लामा कर्णाली कलाघर निर्माण सुरु

गाेल्डेन बुढा जुम्ला,२० पुस। कर्णालीमा इतिहास हराउँदै गएको होइन, सुन्ने कान र देख्ने मञ्च नपाएर मौन बनेको हो। त्यही मौनतालाई भत्काउने उद्देश्यसहित जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ गोठीजिउलामा ‘कर्णाली कलाघर’ निर्माण सुरु भएको छ। कर्णाली संस्कृति संरक्षण मञ्च (कसंम)को नेतृत्वमा सुरु भएको यो अभियानलाई कलाकारहरूले आफ्नै सभ्यता जोगाउने सांस्कृतिक प्रतिरोधका रूपमा लिएका छन्।प्राचीन सिंजा उपत्यका कुनै समय […]

‘जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश कहिल्यै धनी हुँदैन󠆼’

सुर्खेत, २० पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनश्रम बंगाल र अरबको खाडीमा बेचेर देश कहिल्यै धनी नहुने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेश प्रादेशिक कार्यालय अन्तर्गतका १० उत्कृष्ट ग्राहकलाई सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यहीको माटोमा श्रम गर्नुपर्ने जोड दिएका हुन् । ‘त्यसका लागि विजुली सबैभन्दा […]

साहित्यकार बद्री ढकाल ‘हिरामणी’को तेस्रो कृति ‘मुकुर’ विमोचन, कोहलपुरमा साहित्यिक उत्सव

बाँके,२० पुस । साहित्यकार बद्री ढकाल ‘हिरामणीको तेस्रो कृति ‘मुकुर ’ को विमोचन कार्यक्रम शनिबार कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ । चिसो सिरेटोलाई समेत बेवास्ता गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी, सामाजिक व्यक्तित्व तथा आफन्तजनको उल्लेख्य उपस्थिति रहेको थियो । साहित्यिक चेतना, अनुभूति र आत्ममन्थनलाई केन्द्रमा राखेर तयार गरिएको कृति ‘मुकुर’ले नेपाली साहित्यमा […]

हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा जोड

बाँके,२० पुस। बाँकेमा हरियाली फैलाउने, वातावरणीय सन्तुलन कायम राख्ने र किसानको आम्दानी बढाउने उद्देश्यले बिरुवा वितरण र उत्पादनमा जोड दियएको छ । कुनै समय दाउरा र काठका लागि प्राकृतिक वनमै निर्भर रहँदै आएको बाँके अहिले विस्तारै निजी खेतबारी र सार्वजनिक स्थानमा हरियाली फैलाउने दिशातर्फ उन्मुख हुँदै गएको छ । डिभिजन वन कार्यालयका योजना शाखाका वरिष्ठ […]

जुम्ला विमानस्थलमा: हवाई सेवा कागजमै

गाेल्डेन बुढा जुम्ला,१९ पुस। दुर्गम क्षेत्रका नागरिकलाई सहज, पारदर्शी र सर्वसुलभ हवाई सेवा उपलब्ध गराउने भन्दै पटक–पटक भएका निर्णय व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन्। पहुँचवालाको दबदबा, अनधिकृत एजेन्टको चलखेल र सर्वसाधारणले हप्तौँसम्म टिकट नपाउने समस्या जुम्लामा यथावत् छ।गत वर्ष २०८० साल पुस ८ गते जुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको उपस्थितिमा, जिल्ला समन्वय प्रमुख […]

थारु कला संस्कृतिलाई पर्यटनसँग जोडेर व्यवसायीक रूपमा अघि बढाउनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ ,१९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै त्यसलाई व्यवसायीक रूपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई पर्यटनसँग जोडेर आम्दानीको माध्यम बनाउन सकिने बताउनुभएको हो । उहाँले […]

सरकार चुनाव सार्ने बहाना खोज्दैछ : मुख्यमन्त्री कँडेल

सुर्खेत ,१९ पुस। नेकपा (एमाले)का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् । आज एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ सुर्खेतको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो […]

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

सुर्खेत ,१९ पुस। स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । त्यसका लागि नीतिगत तथा कानुनी कामहरू भइरहेको प्रदेश सरकारले जनाएको छ । कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो । सरकारले बजेट भाषणमै बोर्ड गठन गर्ने जनाएको थियो । प्रदेश […]

बाँकेमा पाटेबाघको आक्रमण : गाई चराउन गएका ६२ वर्षीय पुरुषको मृत्यु

बाँके ,१९ पुस। बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाँके राष्ट्रिय निकुञ्ज नजिकैको जंगलमा शनिबार दिउँसो बाघको आक्रमणमा परी स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको ज्यान गएको हो। प्रत्यक्षदर्शीका अनुसार भण्डारी शनिबार दिउँसो करिब साढे १ बजेतिर अन्य स्थानीयसँगै गाई चराउन बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको ‘बिचार दमार’ जंगलमा गएका […]

नेपालगन्जमा पुस ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव

बाँके ,१९ पुस। नेपालगन्जमा यही पुस ३० गतेदेखि ‘आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव’ सञ्चालन हुने भएको छ । महोत्सव नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा आयोजना गरिनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना तथा महिला उद्यमी समिति नेपालगन्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा महोत्सव गर्न लागिएको […]