साहित्यकार बद्री ढकाल ‘हिरामणी’को तेस्रो कृति ‘मुकुर’ विमोचन, कोहलपुरमा साहित्यिक उत्सव

बाँके,२० पुस ।
साहित्यकार बद्री ढकाल ‘हिरामणीको तेस्रो कृति ‘मुकुर ’ को विमोचन कार्यक्रम शनिबार कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ । चिसो सिरेटोलाई समेत बेवास्ता गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी, सामाजिक व्यक्तित्व तथा आफन्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।
साहित्यिक चेतना, अनुभूति र आत्ममन्थनलाई केन्द्रमा राखेर तयार गरिएको कृति ‘मुकुर’ले नेपाली साहित्यमा नयाँ बहस र दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वक्ताहरूले कृतिले समाज, मानवीय संवेदना र आत्मप्रतिबिम्बनलाई सशक्त रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको आयोजनामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता डा. पुष्कर रिजालले गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ महानन्द ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने प्राज्ञ शशीराम कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।
त्यसैगरी, १००० चन्द्रमा दर्शन गरिसक्नु भएका पुज्यनीय आमाहरू खिमादेवी ढकाल र कोपिला गैरेको विशेष उपस्थितिले कार्यक्रमलाई भावुक र गरिमामय बनाएको थियो ।
कार्यक्रममा देवकी निरौलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने चन्द्रावती अधिकारीले खादा तथा माला अर्पण गर्नुभएको थियो । साहित्यकार सागर गैरेले कृतिकार बद्री ढकालको साहित्यिक व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।
कृतिमाथि समीक्षात्मक धारणा राख्दै डा. हरि प्रसाद तिमिल्सिना र उप–प्राध्यापक प्रमोद सुवेदीले ‘मुकुर’ले पाठकलाई आत्मचिन्तनतर्फ डोर्‍याउने क्षमता राखेको बताएका थिए ।
पाठक प्रतिक्रियामा साहित्यकार जित बहादुर शाह, छविलाल खड्का र चन्द्र पंगालीले कृतिबाट प्राप्त अनुभूति साझा गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण केशव शाही ‘निमेष’ले गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा डा. ईन्द्र भण्डारी, डा. जगत तिमिल्सिना, किरण आचार्य, कल्पना पौडेल ‘जिज्ञासु’, चरित्रा शाह, भिमबहादुर शाही, नमिता बराल, रविबाबु प्रतिक्षा, खगेन्द्र गिरी, पूर्व प्रदेश कृषि मन्त्री आरती पौडेल, सन्तोषी विष्ट, इश्वरी रिजाल ‘उल्कापात’, डा. राजकुमार थारू, भेषराज गैरे, भारतीय साहित्यकार शायर शारिक रब्बानी, डा. विष्णु केसी, कथाकार सुमित्रा न्यौपाने, गजलकार कपिल अञ्जान, गुरू शिवलाल पाण्डे, ऋषि सापकोटा, बलराम भट्टराई, सूर्य रोकाया, पत्रकार विपी अधिकारीलगायत थुप्रै साहित्यकार तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कृतिकारका परिवारजन—धर्मपत्नी राधिका गैरे, दिदी–भिनाजु, दाजु–भाउजु, भाइ–बुहारीसहित—को पनि उल्लेख्य उपस्थिति रहेको थियो । साथै, त्रिभुवन माध्यमिक विद्यालयका कक्षा ४ का विद्यार्थीहरूले प्रस्तुत गरेको सुमधुर गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रम कोहलपुर पार्टी प्यालेसमा सम्पन्न भएको हो । पुस्तकको आवरण कलाकार त्रिजल झा तथा कभर प्रतिक्रियाकर्ता वरिष्ठ साहित्यकार डा. कपिल लामिछानेको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा दर्ता भएका ७३ जना सहभागी तथा आउने–जाने गरी करिब १०० जनाभन्दा बढी साहित्यप्रेमीको उपस्थितिमा ‘मुकुर ’ को विमोचन सम्पन्न भएको आयोजकले जनाएको छ । पुस्तक खरिद गरी पढ्ने पाठकप्रति कृतिकार बद्री ढकाल ‘हिरामणी’ले विशेष आभार व्यक्त गर्नुभएको छ ।
कार्यक्रमका क्रममा कसैलाई असुविधा भएको भए क्षमायाचना गर्दै आगामी दिनमा अझ व्यवस्थित र परिस्कृत साहित्यिक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृतिकारले पुस्तक विमोचन सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्नुभएको छ ।
साहित्यकार बद्री ढकाल ‘हिरामणी’को तेस्रो कृति ‘मुकुर’ विमोचन, कोहलपुरमा साहित्यिक उत्सव

हरियाली बन्दै बाँके, बिरुवा वितरण र उत्पादनमा

साहित्यकार बद्री ढकाल ‘हिरामणी’को तेस्रो कृति ‘मुकुर’ विमोचन, कोहलपुरमा साहित्यिक उत्सव

‘जनश्रम अरबको खाडी र मलेसियामा बेचेर देश

Leave a comment

Your email address will not be published. Required fields are marked *