घुयँत्राे:चुनाब नआउँदै सिट गन्दै नेताहरू, कांग्रेसचाहिँ सिरकमुनि महाधिवेशन गन्दै!

हरेक ५ वर्षाँ आउने राष्ट्रिय चाड ( चुनाब) याे पटककाे भदाैरे आन्दोलनले तिनै वर्षाँ ल्याईद्याे । त्याे भदाैरे आन्दोलन भनाैँकि विध्वंस भनाैँ त्यसकै रापमा हुन लाग्या चुनाब त हुने हाेकि हैन अन्याैलमै छ । तर, दल र दलकाे नेता तथा तिनका झाेलेहर भने कैले चुनाब आउला र बुर्कुसी मारम्ला भनेर फागुन २१ काे रटाना लगाका लगाई छन । केाई सबै सिट जित्छम भनेर जनता भुल्याउँदै छन भने काेई १५१ सिटकाे ग्यारेन्टी दिँदैछन । चुनाब भाकै छैन भाेट हालेकै छैनन तर यत्ति सिट जित्छम भनेर ग्यारेन्टी गर्न खाेज्छन ! यसकाे मतलब यिनरु छलछाम ,काटमार , बाकस साटासाट,नक्कलि भाेट हालाहाल गरेर भएनि चुनाब जितेरै छाेडने र जेनजीकाे नाम राेशन गरेरै छाेडने दाउमा छन कि क्या ? ! जेनजीकै चुनाबि चक्करले गर्दा बालिघरेजसरि खुरुखुरु चुनाबाँ लागेर सँधैभरि एकछत्र राज चलाका काँग्रेसीहरका घराँ भने चिर्काे पर्याछ । पाटि संगठन कसरी हाँक्ने भन्ने भेउ नपाउँदा पाटियाँ रणसंग्राम मच्च्याछ । महाधिवेशन नगरि चुनाबाँ जानै दिन्नम भनेर लाग्या पाटिका दुईटा महामन्त्री विशेष महाधिवेशन भनेर ठाउँ समेत तय गरेर आफ्ना कार्यकर्तालाई पुषकाे ठण्डि खान २७ गतेनै काठमाण्डु आईसक भनेर उर्दि जारी गरि सके । उता त्यै पाटिका अरु केई मान्छे महाधिवेशनकाे मिति ताेकेर आनन्दले काठमाण्डुकाे जाडाँ सिरकमुनि घुस्रियर सुत्याछन । अनि केई सामाजिक सन्जाल चलाउनेहरु अब काँग्रेस फुट्याे,फुटन लायाे , किन केई गर्दैनाै भनेर बाईर भित्र गर्दैछन । मानम् यिनरु कैले काँग्रेस फुटला र त्यै दृष्य हेरर आनन्दले बसेर हेरम्ला र मनकाे धाेकाे पुर्यामला भन्नेमा छन । दुई भागमा बाँडिएका देउबा र काेईराला काँग्रेसहरु भने सँधैकाे याे देउबा र काेईराला भन्दा आआफ्नाे हलाे आँफैले जाेति खाए हुने हाे भनेर याैटा पक्ष छुट्टिन्यै वहनाँ विशेष महाधिवेशन भन्दैछ भने अर्को पक्ष महाधिवेशननै गर्ने तर याे चुनाबकाे मुखाँ नगर्ने , महाधिवेशनाँ हार्ने पक्षले जित्नेलाई सहयाेग गर्दैन र चुनाब विग्रिन्छ भनेर केन्द्रीय समितिकाे निर्णयबाटै बैशाख २८ देखि महाधिवेशन भनेर लिष्टै टाँङि सके । उता , याे निर्यय नमान्ने भनेर नाेटअफ डिसेन्ट लेखेका गगन थापाले पुष २८ देखि कामाण्डुवाँ विशेष महाधिवेशन बाेलाएछि जति सुकै काँग्रेस फुटदैन भनेर ढ्याङग्राे बजायनि अन्तत काँग्रेस फुट्याे भन्ने जान्दा हुन्छ । याे फुटाईले गगन र विश्व प्रकाशले चुनाबाँ बहुमत ल्याएत ठिकै हाे तर,भारतीय काँग्रेस काे जस्तो हरि विजाेगकाे श्रेय लिनु पर्ने भाे र विशेष अधिवेशन पाटिलाई देउबा हाताट काेईरालाकाे हाताँ ल्याउने मात्रै काम भाे भनेत ” सैता रिसले पाेईकाे काखाँ मुत्या ” भन्ने नेपाली उखान दाेरिनेबाहेक केईकाम नहुने भाे । हाे काँग्रेसका पितृका नाममा युवाहरु सक्किने र छिन्नभिन्न हुने परिस्थिति मात्रै नआउला भन्न सकिन्न । हुनत गगन भनेछि आकाशका सर्वेसर्वा तिमिनै हाै अनि विश्व भनेछि धर्तिका सबै चिज तिमिनै हाै भनेर कसैले उक्साई दिएकाेछ र गगन र विश्व त्यै दाैडमा अगाडि बढेकानि हुन सक्छन । जेनजी आन्दोलन पछि काँग्रेसका नेता जसरि लुके त्यसलाई हेरेर याे समयाँ जनता कुनै काँग्रेसका पनि पछि छैनन है। जताततै काँग्रेसका ती नेताविरुध्द जनता छन जुन नेताले हिजाे देश चलाएरनि देशहित र जनहित गर्न सकेनन । जनता ती नेताहरु अँझ भन्ने हाे भने देउबा,प्रकाशशरण,बालकृष्ण,सिटाैला,गच्छदार ,आर्जु,मञ्जु,विमलेन्द्र ,गाेपालमान,जस्ता सँधैका अनुहार र भष्टाचारी तस्करहरु काँग्रेसबाट अलग्गिएकाे हेर्न चाहान्छन । यीनिहरु अब जनताबाट डेट एक्स्पाएर भै सकेका छन । त्यसैले पनि काेईराला समुहले यिनिहरुबाट अलग हुनकाे लागि विशेष महाधिवेशन राेजेर त्यसकै पक्षमा लागेकाे पनि हुन सक्दछ । गगनकाे निर्णय र विशेष महाधिवेशनलाई लिएर देशकाे याैटा पुरानाे पाटि कि अब सँधैका लागि उठछ कि सँधैका लागि विलाएर जान्छ भन्नेहरुपनि छन । हेरम् वास्तविकता पुषका अन्तिम दिनले बताउलान ।






