प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत 

काठमाडौँ, २२ पुस ।  निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य […]

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’   

नेपालगञ्ज, २२ पुस ।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएको उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको समापनमा मन्त्री डा परियारले वैदेशिक रोजगारीका लागि युवाको पलायन चिन्ताजनक रहेको उल्लेख गरे । स्थानीय तहलाई कृषिमा उच्च प्राथमिकतामा दिन आग्रह गर्दै […]

नेप्से परिसूचक २८ अङ्ककले बढ्यो

काठमाडौँ, २२ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ […]

टोप्ला, ईमिच्छा र जाजरकोट जाेड्ने सडक निर्माण कार्य अघि बढ्दै

काली बहादुर परियार जुम्ला ,२२ पुस। जुम्ला । कर्णाली प्रदेशका दुई हिमाली जिल्ला जुम्ला र जाजरकोट लाई प्रत्यक्ष जोड्ने बहुप्रतीक्षित टोप्ला ईमिच्छा र जाजरकोट सडक खण्ड अन्ततः निर्माण प्रक्रियामा प्रवेश गरेको छ । वर्षौंदे खि दुर्गम भूगोल, कमजोर पूर्वाधार र कठिन यात्रा झेल्दै आएका स्थानीयवासीका लागि यो सडक विकासको नयाँ ढोका खुल्ने संकेतका रूपमा हेरिएको […]

दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्याङ्क सङ्कलन गरिने  

काठमाडौँ, २२ पुस ।  देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आर्थिक गणना, २०८२ को कार्यतालिका, लोगो र नारा सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वर्षको असारसम्म तथ्याङ्क सङ्कलन सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी गराएको हो । […]

विचार : निजी अस्पताल सञ्चालन र सरकारी नीति 

लोकबहादुर टण्डन नेपालमा पछिल्ला दशकहरूमा निजी क्षेत्रबाट अस्पताल सञ्चालन तीव्र रूपमा विस्तार भएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सीमित क्षमता, बढ्दो जनसङ्ख्या र स्वास्थ्यप्रतिको सचेतनाले निजी अस्पतालहरूको भूमिकालाई महत्वपूर्ण बनाएको छ । विसं २०४० पछिको उदारीकरण नीतिपछि निजी क्षेत्र स्वास्थ्य सेवामा प्रवेश गर्न थालेको हो । राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले स्वास्थ्य क्षेत्रमा निजी लगानीलाई […]

सम्पादकीय : जनअपेक्षा पुरा हुनेगरी काम गर !

सुर्खेतको भेरीगंगा नगरपालिकाले आफ्‌ना तीन बर्षे कार्यप्रगति सार्वजनिक गरेको छ । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नगर प्रमुख बनेका यज्ञप्रसाद ढकालले आफ्‌ना तीन वर्षे कार्यप्रगति सार्वजनिक गरेका हुन् । नगर प्रमुख ढकालले आफु नगरपालिकाको नेतृत्वमा आएसँगै पूर्वाधार विकास र नीति, विधियूक्त भेरीगंगा बनाउने प्रयासलाई निरन्तरता दिएको दावी गरेका छन् । नगरपालिकालाई नीति, विधि, प्रविधियुक्त […]

घुयँत्राे:भोट बक्स नेपालमा, चुनावी ब्रिफिङ भारतमा !

याे चुनाबका मुखाँ हस्याङ र फस्याङ गर्दै नेतारु किन भारत पुग्या हाेलान । हैन यीनरु भारतका दाशनै हुनकि क्या । चुनाबनि भारतै आएर जिताई दिनृ हाे कि क्या? तराईमा उमेदबार बन्ने भएत ठिक‌ मलाई चुनाब जित्न के हुल मान्छे पठाईद्या हाे भन्नू ! उमेदबार हुने बेलाँ पहाडकाे कुना कन्दरा कालिकोट र गाेर्खा राेज्ने अनि वाेडरका […]

तिला–१ का ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबर सिरक वितरण

काली बहादुर परियार जुम्ला ,२२ पुस। हिमाली जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको बेला तिला गाउँपालिका–१ ले वडाभित्रका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो फाइबर सिरक वितरण गरेको छ । हिउँदे याममा अत्यधिक चिसोले सबैभन्दा बढी जोखिममा पर्ने वर्गलाई लक्षित गर्दै स्थानीय सरकारले राहत कार्यक्रम अघि सारेको हो । तिला गाउँपालिका–१ का वडा […]

अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ श्रीमद्भागवत महायज्ञको आय–व्यय सार्वजनिक

सुर्खेत ,२१ पुस। वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित अम्बिकादेवी मन्दिर परिसरमा अम्बिकादेवी संस्कृत गुरुकुल स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । मिति २०८२ मंसिर १८ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको महायज्ञको आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने कार्यक्रम महायज्ञ मूल आयोजक समितिका संयोजक तिलकराम चालिसेको अध्यक्षता तथा वीरेन्द्रनगर–११ […]

गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहद्वारा नयाँ कार्यसमितिलाई सम्मान

हस्त चाैलागाँई कालिकोट ,२१ पुस। हिमचुली कृषि सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले सम्मान गरेका छन् । साधारण सभाबाट अध्यक्षमा सरोज बोगटी, सचिवमा धनलाल अधिकारी, कोषाध्यक्षमा निल सुनार तथा सदस्यमा धनकृष्ण न्यौपाने निर्वाचित भएका हुन्। नवनिर्वाचित पदाधिकारीहरूलाई महाबै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले कार्यकाल […]

प्रतिनिधिसभा निर्वाचन: कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

कर्णाली,२१ पुस। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो । यसमा […]

मुगुमा बोलेरो दुर्घटना : अमलदार हरिसिंहको निधन

गाेल्डेन बुढा जुम्ला,२१ पुस। मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ। रारा–भुलभुले सडकमा सैनिक पुर्‍याएर फर्किने क्रममा जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार, मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार, चालक हरिसिंह ऐडी छन्। उनी बैतडीको पाटन–४, बगाडी स्थायी ठेगानाका हुन्। मुगु अस्पतालले आइतबार बिहान […]