गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहद्वारा नयाँ कार्यसमितिलाई सम्मान
हस्त चाैलागाँई
कालिकोट ,२१ पुस।
हिमचुली कृषि सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले सम्मान गरेका छन् ।
साधारण सभाबाट अध्यक्षमा सरोज बोगटी, सचिवमा धनलाल अधिकारी, कोषाध्यक्षमा निल सुनार तथा सदस्यमा धनकृष्ण न्यौपाने निर्वाचित भएका हुन्।
नवनिर्वाचित पदाधिकारीहरूलाई महाबै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै मायाको चिनो र खादा लगाएर सम्मान गरेका छन् ।
सो अवसरमा गाउँपालिका अध्यक्ष सिंहले सहकारीले स्थानीय कृषि, उत्पादन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ नेतृत्वको कार्यकालमा सहकारी अझ सशक्त र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहकारीका शेयर सदस्य, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहकारी संस्थाले आगामी दिनमा किसानमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।





