मुगुमा बोलेरो दुर्घटना : अमलदार हरिसिंहको निधन

गाेल्डेन बुढा

जुम्ला,२१ पुस।
मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ। रारा–भुलभुले सडकमा सैनिक पुर्‍याएर फर्किने क्रममा जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार, मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार, चालक हरिसिंह ऐडी छन्। उनी बैतडीको पाटन–४, बगाडी स्थायी ठेगानाका हुन्। मुगु अस्पतालले आइतबार बिहान १ बजेर ३० मिनेटमा उनलाई मृत घोषित गरेको थियो।न १ झ १०३९ नम्बरको बोलेरो जिप रारा छायानाथ नगरपालिका–७ स्थित पिना प्रहरी चौकी नजिकै आलादुना खोलाको मोडमा दुर्घटना भएको थियो।

दुर्घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेका थिए।घाइते चालकलाई राति १० बजे अस्पतालमा पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई जोगाउन सकेनन्। प्रमुख जिल्ला अधिकारी खत्रीले भने, “दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन, तर सो मोडमा पहिले पनि धेरै दुर्घटना भएका स्थानीय बताउँछन्।”

मुगुमा बोलेरो दुर्घटना : अमलदार हरिसिंहको निधन

समानुपातिकमा जुम्लालाई कांग्रेस-एमालेले पत्याएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds