प्रतिनिधिसभा निर्वाचन: कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

कर्णाली,२१ पुस।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट दश लाख ३७ हजार मतदाताले भाग लिने भएका छन् ।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेसहितलाई जोडेर यहाँको कूल मतदाता सङ्ख्या दश लाख ३७ हजार दुई सय ५० पुगेको हो ।
यसमा सबैभन्दा बढी मतदाता सङ्ख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता सङ्ख्या रहेको छ ।
त्यसैगरी, सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुमपश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुको ३६ हजार ३१ र हुम्लाको ३४ हजार तीन सय ७२ मतदाता सङ्ख्या रहेको छ ।
त्यस्तै, १० जिल्लाको लागि नौ सय ४१ मतदानस्थल र एक हजार एक ३७ मतदान केन्द्र रहेको सूचना अधिकारी चौलागाइँले जानकारी दिनुभयो । सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुमपश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० मतदान केन्द्र रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी, मतदान केन्द्र सल्यानमा तीन सय दुई, दैलेखमा दुई सय आठ, सल्यानमा दुई सय पाँच, जाजरकोटमा एक सय ४६, रुकुमपश्चिममा एक सय ४०, कालीकोटमा एक सय २७, जुम्लामा एक सय आठ, मुगुमा ६९ डोल्पामा ६८ र हुम्लामा ६४ रहेका छन् ।
सूचना अधिकारी चौलागाइँका अनुसार विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेकोमा २०८२ मा एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएर दश लाख ३७ हजार दुई सय ५० पुगेका छन् । यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन: कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

मुगुमा बोलेरो दुर्घटना : अमलदार हरिसिंहको निधन

प्रतिनिधिसभा निर्वाचन: कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

जाडो बढेसँगै बाँकेमा गम्भीर रगत अभाव, बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *