बडगाई खोलामा माेटरेवल पुल निर्माण

प्रचण्ड खत्री

रुकुम पश्चिम | रुकुम पश्चिमकाे बाफिकोट गाउँपालिका ४ र ६ को बिचमा रहेको बडगाई खोलामा मोटरे पुल निर्माण गरिएको छ । वडा नम्बर ६ को सहजीकरणमा पुल निर्माण गरिएको वडाध्यक्ष मनोज अधिकारीले बताए । विभिन्न व्यक्तिको सहयोगमा मोटरे पुल निर्माण गरिएको उनकाे भनाई छ । वडाका केहि युवाको जनश्रमदान रहेको थियो ।

यति बिल्डर्सले सिमेन्ट, बालुवा, मिक्चर, सहयोग गरेको छ । त्यस्तै रिजाल हार्डवेयर पाईप , बाफिकोट गाउपालिका बाट १० हजार , नेकपा माओबादी केन्द्र बाफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीले १० हजार, सालघारी सामुदायिक बनले काठ, डीलबहादुर कुसारिले १२ सय बराबरको प्रेटोल सहयोग गरेको वडा अध्यक्ष अधिकारीले बताए ।

अस्थाई प्रहरी पोस्ट मग्मा र वडा कार्यालयको ५ लाख बराबरको जनश्रमदान रहेको छ । मोटरे पुल नहुदा बर्सौ देखि साना र ठुला गाडीमा सवार गर्ने लाई सास्थी हुने गरेको स्थानीयको भनाई छ । वर्षायाम बडी सास्थी हुने गरेको थियो ।

मोटरेबल पुल बनेपछि गाडीलाई सहज हुने बिश्वास गरिएको छ । स्थानीयलाई पनि वारपार गर्न सहज हुने बताएको छ ।

बडगाई खोलामा माेटरेवल पुल निर्माण

नगरमै पहिलो वडा भवन बन्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *