चालक नपाउँदा पाँच वर्षदेखि थन्कियो ‘घुम्ती प्रयोगशाला’

सुर्खेत। किसानको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको माटो परीक्षण घुम्ती प्रयोगशाला अहिले आफै प्रयोगविहिन बनेको छ । कर्णालीको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत एकिकृत कृषि प्रयोगशाला मातहत रहेको घुम्ती प्रयोगशाला (परिक्षण किट) सहितको गाडी जनशक्ति नहुँदा पाँच वर्षदेखि प्रयोगविहिन बनेको हो । यो गाडी हाल कृषि विकास निर्देशनालय सुर्खेतको पार्किङ्गमा थन्किएको छ ।


माटोको उर्वराशक्तिमा आईरहेको ह्रासलाई सुधार एवम् उर्वराशक्ति व्यवस्थापनका साथै माटो र मलखाद सम्बन्धि समस्याहरू पहिचान र समाधान गर्न घुम्ती प्रयोगशालाको उद्देश्य थियो । आवश्यक प्राविधिक सेवाहरू सम्बन्धित जनशक्ति एवम् कृषकहरूसम्म पु¥याई कर्णालीका घर आँगनम माटो परीक्षण सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको घुम्ती प्रयोगशाला सवारी चालक नहुँदा प्रयोगविहिन बनेको हो ।

बीउ बालीको निरीक्षणदेखि बीउ भण्डारणसम्मका विभिन्न प्राविधिक पक्षलाई ध्यान दिने उद्देश्यले प्रयोगशालाको स्थापना भएको हो । देशको कुल ग्राहस्थ उत्पादनमा कर्णालीको कृषि झण्डै ४५ प्रतिशत योगदान छ । कृषिजन्य वस्तुहरूको उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याई देशको कृषि विकासमा योगदान पु¥याउन कृषि क्षेत्रको लागि आवश्यक सबै अवयवहरूलाई समानुपातिक र सन्तुलित रूपमा विकास अपरिहार्य ठानिएको भएपनि कर्णालीमा कृषि क्षेत्रको विकास हुन सकेको छैन ।

बालीनालीका शत्रुहरूबाट वर्षेनी भईरहेको परिमाणात्मक एवं गुणात्मक नोक्सानीलाई पर्यावरणीय रूपमा उपयुक्त र आर्थिक रूपमा न्यायोचित ढंगबाट काम गरि कृषिजन्य वस्तुहरूको उत्पादकत्व बृद्धि ल्याउने प्रयोगशालाले लक्ष्य राखेको भएपनि उद्देश्य अनुसार काम हुन सकेको अवस्था भने छैन ।

कृषि उत्पादनका कारक तत्वहरू मध्ये माटोको उर्वराशक्तिको पनि महत्वपूर्ण भूमिका रहन्छ । माटोको उर्वराशक्तिमा आईरहेको ह्रासलाई सुधार एवम् उर्वराशक्ति व्यवस्थापनका साथै माटो र मलखाद सम्बन्धि समस्याहरू पहिचान, समाधान बारे आवश्यक प्राविधिक सेवाहरू सम्बन्धित जनशक्ति एवम् कृषकमाझ पु¥याउनु पर्ने भएपनि प्रयोगशालाले यसतर्फ ध्यान दिन नसकेको राष्ट्रिय किसान महासंघले जनाउँदै आएको छ । यति मात्रै होइन प्रयोगशाला जडान भएको गाडी कर्णालीको भुगोलमा सहज सञ्चालनमा ल्याउन सकिने अवस्थामा समेत छैन ।

समथर भुभागमा सञ्चालन गर्न सहज भएपनि पहाडी भुभागका सडकहरुमा गाडीको बडी र इन्जनले भुइमा छुन्छ । २०७५ मा खरिद भएको उक्त गाडी सुरुवाती चरणमा एक दुई पटक सुर्खेतका केही क्षेत्रमा पुगेको थियो । चालकको दरवन्दी अन्तै सरेयता कार्यालयका अन्य सवारी चालकले बेलाबेलामा गाडी स्टार्टसम्म गर्ने गरेका छन् ।

कृषि उत्पादनको प्रमुख तत्व मध्य वीउ पनि एक भएकाले बीउ बिजनको गुणस्तरलाई नियमन गर्न पनि अपरिहार्य हुन्छ । बीउ बालीको खड़ा वाली निरीक्षण देखि लिएर बीउ भण्डारण सम्मका विभिन्न प्राविधिक पक्षमा यस प्रयोगशालाले ध्यान दिई विविध कार्य सञ्चालनलाई सहज बनाई कर्णालीका १० जिल्लाहरूमा सेवा दिने गरी साविकका तीन वटा बाली संरक्षण प्रयोगशाला, बिउबीजन प्रयोगशाला र माटो तथा मल परिक्षण प्रयोगशाला गाभेर २०७६ मा एकिकृत कृषि प्रयोगशाला स्थापना भएको थियो ।

‘दरवन्दी माग गरेका छौं’

ओएनएममा गाडी सञ्चालनका लागि हेभी सवारी चालक हुनुपर्ने व्यवस्था छ । सोही अनुसार मन्त्रालयसँग हेभी सवारी चालकको माग गरेको तर, दरवन्दी स्वीकृत नभएको एकिकृत कृषि प्रयोगशालाका प्रमुख परशुराम रावल बताउँछन् ।

‘हामीले सुरुमा ओएनएम गर्दा हेवी ड्राईभर राख्ने व्यवस्था गरेका छौं, हामीसँग भएका सवारी चालकसँँग हेवी लाईसेन्स छैन’, रावतले भने, ‘मन्त्रालयसँग दरवन्दी माग गरेका छौं, दरवन्दी स्वीकृत भएको छैन, आगामी साउनदेखि घुम्ती प्रयोगशाला सञ्चालनमा आउँछ ।’
कर्णालीको भुगोल अनुसार उपयुक्त नभएको उल्लेख गर्दै गाडी सञ्चालनमा नआउनुले प्रयोगशालाका नियमित कामहरुमा भने कुनै असर नपरेको रावतको भनाई छ ।

चालक नपाउँदा पाँच वर्षदेखि थन्कियो ‘घुम्ती प्रयोगशाला’

बडगाई खोलामा माेटरेवल पुल निर्माण

चालक नपाउँदा पाँच वर्षदेखि थन्कियो ‘घुम्ती प्रयोगशाला’

प्रदेश रंगशालाको ६० प्रतिशत काम सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *