नगरमै पहिलो वडा भवन बन्यो

दुर्गा विसी ।

सल्यान । 
सल्यानकाे वनगाड कुपिण्डे नगरपालिकाकाे १२ वटा वडा मध्ये पहिलो वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वडा नं ७ को मैदुमा पहिलो वडा कार्यालय बनेकाे छ । सभा हल, शौचालय, जनप्रतिनिधि र कर्मचारी सहितको गरि ९ वटा काेठा भएको भवन बनेकाे हाे ।

शिव शान्ति निर्माण सेवाले ४ महिनामै भवनकाे काम सम्पन्न गरेको छ । ८७ लाख ७६ हजार ३ सय ९० रुपैयाँमा फागुन ४ गते देखि काम सुरु गरेको बताएकाे छ । भवनको ठेक्का पाई सम्झौता गर्न साथ काम सुरुवात गरेको कम्पनीका प्रमोद खड्काले जानकारी दिए ।

नगरपालिका देखि वडा कर्यालयहरु र विभिन्न शाखाहरु हालसम्म भाडामै सञ्चालन रहेका छन् ।अझै आफनै भवन वन्न सकिरहेका छैनन् ।

नगरमै पहिलो वडा भवन बन्यो

उपभोक्ता समितिको ६ लाख जफत गर्ने वडाध्यक्ष

नगरमै पहिलो वडा भवन बन्यो

बडगाई खोलामा माेटरेवल पुल निर्माण

Leave a comment

Your email address will not be published. Required fields are marked *