विमा तथा राहत वितरण

सुर्खेत ।  मध्य पश्चिमाञ्चल ट्रक तथा टे«क्टर व्यवसायी संघ सुर्खेतले संस्थामा कार्यरत स्वर्गिय तीनजना व्यक्तिका परिवारलाई राहत वितरण गरेको छ । उक्त संस्थामा विगत लामो समय देखी कार्यारत रहेका स्व. रवि शाक्य, चम्पकबहादुर मल्ल र पुर्णप्रसाद पाण्डेका परिवारलाई सहयोग स्वरुप चेक वितरण गरिएको हो ।

त्यसै क्रममा यस संस्थामा २०५४/०९/०१ गतेबाट नियुक्ति भई कर्मचारी ईन्चार्जको रुपमा कार्यरत चम्पकबहादुर मल्लको २०७७ चैत ९ गते मृत्यू भएको थियो । उनको परिवारलााई विमा तथा राहत रकम ६ लाख ४८ हजार ६ सय ६५ रुपैयाँको चेक प्रदान गरिएको संघका अध्यक्ष चेतनकुमार थानीले बताए ।

अध्यक्ष थानीका अनुसार अर्का स्वर्गिय कर्मचारी रवि शाक्यको परिवारका सदस्यलाई पनि विमा तथा राहत स्वरुप चार लाख १५ हजार तीनसय ७८ रुपैयाँ बराबरको चेक वितरण गरिएको छ । उनि उक्त संस्थामा २०६४ जेठ २० गते देखि कार्यरत रहेका थिए । भने उनको मृत्यु २०७७ पुस २९ गते भएको थियो ।

त्यस्तै संस्थाका कार्यसमिति सदस्य समेत रहेका स्वर्गिय पुर्णप्रसाद पाण्डेको परिवारलाई समेत ट्रक तथा टे«क्टर व्यवसायी संघले राहत वितरण गरेको छ । उनको परिवारलाई राहत स्वरुप एक लाख ५० हजारको चेक हस्तान्तरण गरिएको छ । स्व. पाण्डे संस्थाको स्थापना काल देखि कार्यरत थिए । उनको मृत्यु भने यहिँ साउन ९ गते भएको संघले जनाएको छ ।

उक्त चेक संघका अध्यक्ष चेतनकुमार थानी, उपा–अध्यक्ष विजय भण्डारी, वरिष्ठ उपा–अध्यक्ष हरिबहादुर बिसीले सोमबार हस्तान्तरण गरेका थिए ।

विमा तथा राहत वितरण

पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक

विमा तथा राहत वितरण

जाजरकोटबाट एक किलो चरेश सहित दुई पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!