पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक पक्राउ

धनकुटा : धनकुटा–७ स्थित सुवास मेडिकलका डाक्टर राज शर्मा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा सोमबार पक्राउ परेका छन।

पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषमाथि यौन हिंसा गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए।

पाख्रीबास नगरपालिकाका बिरामीले आफूमाथि यौनजन्य हिंसा गरेको उजुरीका आधारमा डा. शर्मालाई पक्राउ गरिएको उनले बताए। विराटनगर महानगरपालिका–१२ खरैया ठेगाना भएका डा. शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट सञ्चालित अस्पतालमा कार्यरत छन्।

राति साढे १० बजे मादक पदार्थ सेवन गरेर बिरामी कक्षमा पुगेका शर्माले अप्राकृतिक यौनजन्य हिंसा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको प्रहरी प्रवक्ता डिएसपी रायले बताए।

जन्म दिवसको पार्टीमा मादक पदार्थ सेवन गरेका शर्माले सुतिरहेको बेला बिरामीमाथि हिंसा गरेको जनाइएको छ। शर्माले भने बिरामीबाट आफूलाई अभद्र व्यवहार भएको आरोप लगाएको प्रहरीको भनाई छ।

पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक पक्राउ

भदौ १ गतेसम्म ‘ब्युँतियो’ भूमि आयोग

पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक पक्राउ

विमा तथा राहत वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *