२०८३ कार्तिक १२ गते
×

Now Playing

एकीकृत संयन्त्र बन्दै : मन्त्री घनश्याम भुसाल

सुर्खेत :  केन्द्र, प्रदेश र स्थानीय सरकारको कृषिजन्य गतिविधि चुस्त बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकीकृत संयन्त्र बनाउने भएको छ । संयन्त्रको ढाँचा र कार्यविधिबारे कृषिमन्त्री घनश्याम भुसालले आइतबार सातै प्रदेशका कृषिमन्त्रीसँग छलफल गरेका छन् । संघीयता कार्यान्वयनपछि स्थानीय तह, प्रदेश सरकार र केन्द्रबीच कृषिका विषयमा समन्वय नभएको निष्कर्षपछि संयन्त्र गठनबारे छलफल गरेको कृषि […]

‘कर्णालीमा लगानी गर्न विश्व बैंक ईच्छुक’

सुर्खेत : विश्व वैंकका कन्ट्री म्यानेजर फरिस हेडेडले विश्व बैंक कर्णाली प्रदेश प्रदेशमा लागनी गर्न इच्छुक रहेको बताएका छन् । सोमबार कर्णाली प्रदेश सरकारले आयोजना गरेको कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तराष्ट्रिय विकास साझेदारहरुको वैठकमा म्यानेजर हेडेडले यस्तो बताएका हुन । स्थानीय उत्पादनको व्राण्डीङ्ग तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसंग सहकार्य गर्न […]

‘बड्डीचौरमा १५ शैयाको अस्पताल बनाउछौं’

सुर्खेत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बड्डीचौरमा १५ शैयाको अस्पताल बनाउन प्रतिबद्धता जनाएका छन् । सोमबार मन्त्री रावतले बराहताल गाउँपालिकाका स्थानीयले वडा ५ मा १५ शैयाको अस्पताल बनाउने बताए । राज्यमन्त्री रावतको निर्वाचन क्षेत्रमा पर्ने बराहताल गाउँपालिका कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरसंग जोडिएको भएपनि विकासमा पछाडी परेको भन्दै अस्पताल निर्माणको लागि तत्काल प्रक्रिया थाल्न […]

सुर्खेतमा पनि खुल्यो क्षेत्रीय पर्यटन सूचना केन्द्र

सुर्खेत : कर्णालीमा आउने पर्यटकलाई पर्यटीय क्षेत्रको सूचना दिने उद्देश्यले सुर्खेतमा क्षेत्रीय पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्रको भवन उद्घाटनमा बोल्दै उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री नन्दसिंह बुढाले संघीय सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताए । कर्णालीको पर्यटन सचिवालयको रुपमा समेत प्रयोग गर्ने […]

छेडागाडले चलायो सार्वजनिक सुनुवाई अभियान

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । मंसिर १९ गतेदेखि नगरपालिका तथा वडा कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ मा भए गरेका विकास निर्माण र नगरपालिकाले प्रवाह गरेका सेविका सुविधाको विषयलाई केन्द्रमा राखी सार्वजनिक सुनुवाई गर्न लागेको हो । सार्वजनिक सुनुवाई गर्न नगरपालिकाले समूह (क) र (ख) दुई भागमा वडाहरु विभाजन गरेको छ […]

खुल्ला चौरमा विद्यार्थी, कक्षाकोठामा गाइगोरू !

सल्यान : बनगाड कुपिण्डे नगरपालिका–६ अम्रामा रहेको गंगा प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढ्ने ११ जनामात्रै विद्यार्थी छन् । विद्यार्थी संख्या थोरै भएपछि पठनपाठन समेत प्रभावित भएको छ । कक्षा पाँचसम्म सञ्चालनमा रहेको यस विद्यालयमा कक्षा एक मा दुई जना, कक्षा दुईमा दुई जना, कक्षा तीनमा दुई जना, कक्षा चारमा चार जना र कक्षा पाँच मा […]

‘निजी क्षेत्रको सहयोग बिना समृद्धि असम्भव’

सुर्खेत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावतले निजी क्षेत्रको सहयोग बिना देशको समृद्धि असम्भव रहेको बताए छन् । आइतबार सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री रावतले यस्तो बताएका हुन् । सरकारले लिएको समृद्धिको लक्ष्य हाँसिल गर्न निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने राज्यमन्त्रि रावतको भनाइ छ । ‘सरकारले लिएको सरकारी–निजी […]

दलित पत्रकार संघ नेपाल सुर्खेत शाखाकाे, अध्यक्षमा जगतदल

सुर्खेत : राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ । दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माको उपस्थितिमा सोमबार वीरेन्द्रनगरमा दलित पत्रकारहरुको जिल्ला भेला गरि जगतदल जनाला विकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा संजीव बराल, सचिवमा गोविन्द विश्वकर्मा , सह–सचिवमा निरु विश्वकर्मा , कोषाध्यक्षमा यमुना […]

2076-08-23

कर्णालीका स्थानीय सरकार गुणस्तर भूलेर सडक खन्ने होडबाजी

गुराँस गाउँपालिका–८ धरमपोखरा हुँदै माथिल्लो डुङ्गेश्वरसम्म खनिएको २४ किलोमिटर सडकमा गत बर्ष ५० बढि स्थानमा पहिरो गयो । धरमपोखरा छेउछाउका ३५ घर जोखिममा परेका परे । दर्जन परिवारको पानीको स्रोत नै मासिए । सुर्खेत : सल्यानको छत्रेस्वरी गाउँपालिकासँग दुई वटा स्काभेटर, दुई वटा भ्याकुलोडर र डिप्पर छ । गाउँपालिका भित्रका सम्पूर्ण सडक निर्माण र मर्मत […]

2076-08-22

‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत

सुर्खेत : कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार साहित्यक पुरस्कार वितरण गेको छ । महेश थापाको कथाकृति ‘मरीचिका’लाई कर्णाली साहित्य समाज कृति र लेखक बुद्धिसागरलाई कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार वितरण गरिएको छ । मरिचाले ५० हजार सागरले २५ हजार नगरद पाएका हुन् । यस्तै नेपाली साहित्यका क्षेत्रमा अनरवत रुपमा कविता काव्यसँगै विविध विधामा […]

पाँच सय तलव हुन्थ्यो, छोपेर जागिर खुवाउँथे

डोरप्रसाद उपाध्याय सुर्खेतका पुराना इन्जिनियर हुन । बुवा धनीराम उपाध्याय र आमा पूर्णकला उपाध्यायबाट दोस्रो सन्तानका रुपमा २०२२ साल चिङ्गाड गाउँपालिका वडा नम्बर–५ अवलचिङमा जन्मिएका हुन् । पाँच सय रुपैयाँ तलवबाट सरकारी जागिरमा प्रवेश गरेका उपाध्याय अहिले खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयमा कार्यारत छन् । कक्षा १० पढ्दैगर्दा इन्जिनियर बन्ने सपना देखेका उनी इन्जिनियर […]