‘कर्णालीमा लगानी गर्न विश्व बैंक ईच्छुक’

सुर्खेत : विश्व वैंकका कन्ट्री म्यानेजर फरिस हेडेडले विश्व बैंक कर्णाली प्रदेश प्रदेशमा लागनी गर्न इच्छुक रहेको बताएका छन् ।

सोमबार कर्णाली प्रदेश सरकारले आयोजना गरेको कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तराष्ट्रिय विकास साझेदारहरुको वैठकमा म्यानेजर हेडेडले यस्तो बताएका हुन । स्थानीय उत्पादनको व्राण्डीङ्ग तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसंग सहकार्य गर्न विश्व वैंक ईच्छुक रहेको जानकारी दिए ।

ठूला परियोजनाका सञ्चालनका लागि संघीय सरकारसंग सहकार्य भईरहेको वताउदै उनले मझौला तथा साना योजनाको लागि प्रदेशसँग समन्वय गर्न इच्छुक रहेको बताए । त्यस्तै  वेलायती अन्तराष्ट्रिय सहयोग नियोग डिएफआईडीकी नेपाल प्रमुख लिसा हनोनले अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुले एकिकृत रुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग पीएलजीएसपी कार्यक्रम संचालनका लागि संघीय सरकारसंग सम्झौता गरिसकेको जानकारी दिइन ।

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताए । उनले तिव्र विकास, गरिविको अन्त्य र सुशासनको प्रत्याभुति सवै नागरिकको चाहना भएको र यसलाई पुरा गर्न अन्तराष्ट्रिय समुदायसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे । कर्णालीको गरिविको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा एकिकृत रुपमा लगानी गर्न अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रह समेत गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *