‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत

सुर्खेत : कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार साहित्यक पुरस्कार वितरण गेको छ ।

महेश थापाको कथाकृति ‘मरीचिका’लाई कर्णाली साहित्य समाज कृति र लेखक बुद्धिसागरलाई कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार वितरण गरिएको छ । मरिचाले ५० हजार सागरले २५ हजार नगरद पाएका हुन् । यस्तै नेपाली साहित्यका क्षेत्रमा अनरवत रुपमा कविता काव्यसँगै विविध विधामा सिर्जनारत कवि श्यामल अधिकारीलाई ताम्रपत्रसहित कर्णाली साहित्य समाज साधना सम्मान गरिएको छ ।

कर्णाली साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णालीकै ठूलो धनराशि भएको पुरस्कार हो । मदन पुरस्कारका लागि सातवटा कृति भित्र पर्न सफल भएको ‘मरीचिका’ कृतिले साँच्चिकै समाजको यथार्थतालाई उजागर गरेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायका सहायक डीन उपप्राध्यापक बिष्णुकुमार खड्काले पुरस्कृत तथा सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वको बारेमा परिचय दिँदै कर्णाली साहित्य समाजले भाषा साहित्यका क्षेत्रमा साँच्चिकै कर्णालीको ठाडोे बनाएको बताए ।

कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा बुद्धिसागरले आफ्नो विगत मात्र नभई वर्तमान समेत कर्णालीमा रहेको बताउँदै नेपाली काव्य विधा र आख्यानका क्षेत्रमा आफूले गरेका कार्यहरुलाई कर्णाली साहित्य समाजले योग्य ठानि दिएकोमा खुसी व्यक्त गरे । साधना सम्मानबाट सम्मानित स्रष्टा श्यामलले भने, ‘कर्णालीका यथार्थतालाई रचनाका माध्यमबाट बाहिर ल्याउन सकेको खण्डमा कर्णाली चिनाउन सहयोग पुग्नेछ ।’ पुरस्कार तथा सम्मान अर्पण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले कर्णाली साहित्य समाजले स्थापना गरेको पुरस्कार तथा सम्मान ग्रहण गरिदिनु भएकोमा पुरस्कृत तथा सम्मानित स्रष्टाहरु प्रति आभार व्यक्त गरे ।

‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत

2076-08-22

Leave a comment

Your email address will not be published. Required fields are marked *