कोरोना संक्रमित २१७ जना (जिल्लागत विवरण), पर्सामा सेना परिचालन

सुर्खेत, ३१ बैशाख । नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको […]

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं, ३० बैशाख । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका […]

पत्रकारपछि एक नर्समा कोरोना संक्रमण पुष्टि

सुर्खेत, ३० बैशाख । नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार आज मंगलबार कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ […]

मृत्युपछि पनि विभेद, दलितको छुट्टै मसानघाट !

जाजरकोट, ३० बैशाख । (रासस) जीवित हुँदा मात्र होइन, जिल्लाका दलित समुदायमाथि मृत्युपछि पनि विभेद हुने गरेको छ । जाजरकोट र रुकुमपश्चिमका गाउँ–गाउँमा दलित समुदायलाई अन्त्येष्टिका लागि छुट्टै मसानघाट प्रयोग गर्न बाध्य पारिएको छ । दलित र गैरदलितलाई दाहसंस्कार गर्न एकै ठाउँमा नदिएपछि फरक–फरक ठाउँमा विगतदेखि दाहसंस्कार हुँदै आएको जानकारहरु बताउँछन् । धामी, झाँक्रीलाई समेत […]

पत्रकारलाई पिसिआरबाट कोरोना परीक्षण गर्न पत्रकार महासंघको माग

काठमाडौं, ३० बैशाख । नेपाल पत्रकार महासंघले पत्रकारलाई पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग गरेको छ । पर्साका दुई जना पत्रकारमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर पत्रकारको परीक्षण गर्न माग गरेका हुन् । ‘आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्तीमा दुई जना पत्रकार संक्रमित हुन पुगेका छन् […]

प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी

सुर्खेत, ३० बैशाख । सिम्ताको आग्रीगाउँ स्थित देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मृत्यु घटनाको प्रारम्भिक अनुसन्धान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज पन्त र अनुसन्धान अधिकृत प्रहरी निरिक्षकको उपस्थितिमा प्रारम्भिक अनुसन्धान गरिएको छ । मंगलबार दिउँसो १ः३० बजे घटनास्थल पुगेको जिल्लाको टोलीले प्रारम्भिक अनुसन्धान गरेको हो […]

पर्साका पत्रकारसहित कोरोना संक्रमित १९१ जना

सुर्खेत, ३० बैशाख । नेपालमा मंगलबार फेरि थप ५७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा […]

जिशिअले पार्टीको सदस्यता मागेपछि…

निर्मला रेग्मी जिल्ला निर्वाचन कार्यालय सुर्खेतका जिल्ला निर्वाचन अधिकारी हुन् । २०३४ साल कार्तिक २७ गते लेकबेशी नगरपालिका–४ दशरथपुरमा उनको जन्म भएको हो । उनी बुवा यज्ञ र विमला रेग्मीकी दोस्रो सन्तान हुन । एनजीओ/आइएनजीओ, शिक्षक हुँदै निजामति सेवामा प्रवेश गरेकी रेग्मीले जीवनका भोगाइको अनुभवहरु यसरी साटिन् । ढोका थुनेर अध्ययन गर्थे बुवा शिक्षक पेशामा […]

यसरी चल्नेछ कर्णालीको संसद

सुर्खेत, ३० बैशाख । कोरोना संकट नभएको भए हिजोआज प्रदेश सरकार आफ्नो नीति तथा कार्यक्रम र प्रि बजेटको छलफलमा केन्द्रित हुन्थ्यो । आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलनका लागि भन्दै मन्त्रीहरु जिल्ला दौडाहमा हुन्थे । दिनैपिच्छे सांसदहरुसँग कुनै न कुनै हिसावबाट छलफल हुन्थो । विभिन्न मन्त्रालयहरुले विज्ञसँग […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-30)

ब्रेकिङ : फरार प्रहरी जवान मृत भेटिए, घटना रहस्यमय

सुर्खेत, ३० बैशाख । हतियारसहित फरार भएका प्रहरी जवान रहस्यमय मृत भेटिएका छन् । प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान नरेन्द्र खड्का हतियारसहित सोमबार राती फरार भएको भन्दै सोमबार रातीदेखि नै खोजी कार्य जारी राखिएको थियो ।  सिम्ता गाउँपालिका आग्रीगाउको देउली प्रहरी चौकीमाथी ऐसेलु घारीमा लास भेटिएकाे छ । एक थान पेस्तोल र सात […]

ब्रेकिङ : पेस्तोल र गोली लिएर प्रहरी जवान भागे

सुर्खेत, ३० बैशाख । हतियारसहित प्रहरी जवान भागेपछि सुर्खेत प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ । सोमबार राती प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान हतियारसहित भागेका छन् । प्रहरी जवान नरेन्द्र खड्का हतियारसहित भागेका हुन । एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका प्रहरी जवानको खोजी कार्य जारी रहेको कर्णाली प्रहरी प्रदेश प्रमुख डिआइजी […]

सम्पादकीय : खेलाँची नगर

आजको दिनसम्म कोरोना निको पार्ने खोप पत्ता लागेको छैन । यद्यपी विश्व यतिबेला यसैको खोप पत्ता लगाउन कसरत गरिरहेको छ । चीनबाट सुरु भएर हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको त्रास नेपालमा पनि छ । नेपालमा यसको संक्रमण दिन प्रतिदिन बढ्दो छ । खोप पत्ता लागि नसकेका कारण पनि कोरोनाको महामारी कहिले नियन्त्रण हुन्छ भन्न […]