पत्रकारलाई पिसिआरबाट कोरोना परीक्षण गर्न पत्रकार महासंघको माग

काठमाडौं, ३० बैशाख ।
नेपाल पत्रकार महासंघले पत्रकारलाई पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग गरेको छ । पर्साका दुई जना पत्रकारमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर पत्रकारको परीक्षण गर्न माग गरेका हुन् ।

‘आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्तीमा दुई जना पत्रकार संक्रमित हुन पुगेका छन् भने अन्य पत्रकारको स्वास्थ्य परीक्षण भइरहेको छ,’ महासचिव विष्टले भनेका छन्, ‘यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाइका बाबजुद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरू अझ बढी गम्भीर र सचेत हुनु जरूरी छ ।’

महासंघले पत्रकारलाई स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न पनि अपिल गरेको छ । ‘कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारका लागि तत्काल पिसिआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दछ,’ महासचिव विष्टले निकालेको विज्ञप्तिमा भनिएको छ ।

पत्रकारलाई पिसिआरबाट कोरोना परीक्षण गर्न पत्रकार महासंघको माग

प्रहरी जवान मृत्युमा आफ्न्तको आशंका, अनुसन्धान जारी

पत्रकारलाई पिसिआरबाट कोरोना परीक्षण गर्न पत्रकार महासंघको माग

मृत्युपछि पनि विभेद, दलितको छुट्टै मसानघाट !

Leave a comment

Your email address will not be published. Required fields are marked *