क्वारेन्टाइनमा वसेका ६४ जना घर फर्के

दुर्गा विसी सल्यान (सल्लीबजार), २९ बैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा वसेका ६४ जना स्वास्थ्य परिक्षण पछि घर फर्केका छन् । क्वारेन्टाइनमा बसेको १६ दिनपछि उनीहरुको आरडिटि चेकजाँच पछि घर फर्काएको छ । झापाको वेलवारि नगरपालिकामा सडक स्तरवृद्दिको काममा रहेमा बनगाड कुपिण्डे नगरपालिका वडा नं ८, ९, १०, ११ र १२ का स्थानीयहरुलाई क्वारेन्टाइनमा […]

थप १० जनामा कोरोना, संक्रमितको संख्या १२० पुग्यो

काठमाडाै, २९ बैशाख । नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, […]

केन्द्रले अनुमति दिएपनि जिल्लाले रोकिदियो

सुर्खेत, २८ बैशाख । केन्द्र सरकारले आउँदो जेठ ५ गतेसम्मका लागि लकडाउनको अवधि थपेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउन जारी राखेको छ । पछिल्लो पटक लकडाउनको अवधि थप गर्दा केन्द्र सरकारले केही अत्यावश्यक उद्योग र व्यवसाय खोल्न दिन निर्णय गरेको छ । तर सुर्खेतमा भने स्थानीय प्रशासनले त्यसलाई रोकिदिएको छ । केन्द्रले […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-28)

कर्णालीमा सात हजारको स्वाव एकै पटक संकलन गरिँदै

नेत्र शाही जुम्ला, २८ बैशाख । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ । सरकारले पछिल्लो समयमा बाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्राथमिकता दिने भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल सहितको टोली जुम्ला पुगेर […]

घाइते अध्यक्ष बम र उनकी श्रीमतीको हेलिकप्टरबाट उद्धार

तुलराज पाण्डे कालिकोट, २८ बैशाख । कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बम माथि आक्रमण भएको छ । वन्दावन्दी खुकुलो भएसंगै वडा नं २ को राडुनेटामा स्र्काभेटर सहित सडक खन्न पुग्नु भएका गाउँपालिका अध्यक्ष माथि नेकपाका गाउँ कमिटिका अध्यक्ष बिस्नु रोकाया (इन्द्र) र वडा नं १ का वडा अध्यक्ष मानवहादुर भण्डारी (वासिन्दा)को योजनामा अध्यक्ष माथि […]

गाउँपालिकाका अध्यक्ष बम माथि हातपात, स्थिति तनावग्रस्त

तुलराज पाण्डे कालीकोट, २८ बैशाख । कालिकाेट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा माथि हातपात भएकाे छ । सडक निर्माणको क्रममा भएको वादविवादले ठुलो रुप लिएपछि गाउँ पालिका अध्यक्ष बममाथि हात भएकाे हाे । स्थानिय र अध्यक्ष बमकाे बिवादले उग्र रूप लिएपछि झडप भएकाे स्थानियले बताएका छन । झडपका क्रममा आधा दर्जन घाईते […]

राहत एक हजार सात सय ४२ घरधुरीलाई वितरण

तुलराज पाण्डे/बैशाख २८कालिकोट: कालिकोट जिला मा ९वटा स्थानीय तहले विश्वमाहामरी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)सङ्क्रमण रोकथामका लागि सरकारले गत चैत्रदेखि शुरु गरेको बन्दाबन्दीकाे आर्थिक संकट मुलुकमा देखिसकेको छ । कालीकोटका स्थानीय तहले पनि बन्दाबन्दीका बेला आआफ्नो स्थानीय तहका विपन्न नागरिकलाई राहत वितरण गरिरहेका छन् । जिल्लाका सबै स्थानीय तहले दिएको जानकारी अनुसार तीन करोड बढी […]

भारतले १२ वर्षदेखि नेपाली भूमिमा डोजर चलाउँदा कहाँ थिए हाम्रा गुप्तचर संयन्त्र ?

बैशाख २८ सुर्खेत:भारतले नेपाली भूमि कालापानी क्षेत्रमा सडक बनाएको भनेर देश तरंगित मात्र भएको छैन, सरकारले समेत आश्चर्य प्रकट गरेको छ । भारतले यो सडक रातारात बनाएको होइन, सन् २००८ मा नै निर्माण सुरु गरेको हो । नेपाली भूमिमा सयौँ मजदुर र डोजर परिचालन गरेर १२ वर्षसम्म विदेशीले सडक खन्दा हाम्रा सुरक्षा र गुप्तचर संयन्त्र कहाँ थिए […]

डोल्पाका ११ जनाको स्वाब संकलन गरेर हेलिकप्टरमा सुर्खेत ल्याइयो

डोल्पा, २७ बैशाख . डोल्पाबाट शंकास्पद ११ जनाको स्वाब हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुष लगायत उनिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत ल्याइएको हो । दुनै,जुफाल र पहाडाका ११ जना व्यक्तिको स्वाब संकलन गरेर सोही हेलिकप्टरमा ल्याइएको कर्णाली प्रदेश […]

शंकास्पद व्यक्तिको स्वाब लैजान डोल्पा पुग्यो हेलिकप्टर

डोल्पा, २७ बैशाख । शंकास्पद व्यक्तिको स्वाब लैजानको लागि सुर्खेतबाट स्वास्थकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर आइपुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७मा पर्ने कस्तुरी आधारभुतबिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुषल गायतउनिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत लैजानकालागि हेलिकप्टर आइपुगेको प्रमुख जिल्लाअधिकारी शुरेस सुनारले जानकारी दिए । केही बेरमै शंकास्पद व्यक्तिहरुको स्वाब लिएर […]

नवजात शिशुको पालनपोषणमा समस्या

  दैलेख – भैरवी गाउँपालिका–४ डाँडीमाडीमा मानसिक सन्तुलन गुमाएकी ४६ वर्षीया एक दलित महिलाले जन्माएको नवजात शिशु (शिशु)को पालनपोषण र रेखदेखमा समस्या देखिएको छ । महिलालाई कसले गर्भधारण गराएको हो ? भन्ने खुल्न नसकेको वडाध्यक्ष बीरेन्द्र शाहीले बताउनुभयो । महिलाले बुधवार राति बालेकाँडाको नाउलाकुवा गोरेटो बाटोको एक छेउमा शिशुको जन्म दिए लगतै वेवारिसे छोडेर उनी […]

कर्णाली प्रदेश सरकारले जेठ ११ गते देखि बजेट अधिवेशन बोलाउने

सुर्खेत २७ बैशाख कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको प्रदेश सरकारका […]