कर्णाली प्रदेश सरकारले जेठ ११ गते देखि बजेट अधिवेशन बोलाउने

सुर्खेत २७ बैशाख

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
कर्णााली प्रदेशले आगामी वर्षका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ ।
उसो त नीति तथा कार्यक्रम र बजेटको खाका तयार पार्न सरकारले कर्णालीमा सरकारी कार्यालयहरु सञ्चालनमा गर्दै आएको छ । हालसम्म कोरोना संक्रमित नभेटिएका कारण नीति तथा कार्यक्रम र बजेटको खाका कोर्न दुई साता अघिदेखिनै सरकारी कार्यालय खुल्ला गरिएका छन् ।

कर्णाली प्रदेश सरकारले जेठ ११ गते देखि बजेट अधिवेशन बोलाउने

कर्णाली प्रदेशमा आगामी बजेटका प्राथमिकताहरू

कर्णाली प्रदेश सरकारले जेठ ११ गते देखि बजेट अधिवेशन बोलाउने

नवजात शिशुको पालनपोषणमा समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *