कर्णालीमा पुँजीगत खर्च १० प्रतिशत मात्रै

सुर्खेत, २६ बैशाख । चालू आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारले विकास बजेट १० प्रतिशत मात्रै खर्च गर्न सकेको छ । सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको विकास खर्च न्यून छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका […]

सापकोटामाथी सांघातिक आक्रमण

सुर्खेत, २६ बैशाख । साहारा क्याम्पसका सञ्चालक दुर्गा सापकोटा माथि सांघातिक आक्रमण भएको छ । लकडाउनमा तरकारी बारीमा काम गरिरहेका सापकोटा माथि आक्रमण भएको हो । वीरेन्द्रनगर–११ गाग्रेतालमा रहेको आफ्नै साहारा कृषि तथा पशुपालन फर्ममा आफ्ना दाजु रामप्रसाद सापकोटासँग काम गरिरहेका सापकोटामाथी अपरिचित २ व्यक्तिले आक्रमण गरेका थिए । पटक/पटक कृषि फर्ममा आई तरकारी लगायत […]

भ्रष्टाचारीलाई सुली चढाऔं, गोली ठोकौं

विशाल वि.सी./(सुर्खेत) ‘किम जोन उनको पुनर्जन्म नेपालमा होस, आमाको कात्रो किन्दा पनि भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई झुण्डाएको हेर्ने मन छ ।’ लेखिएको स्टाट्सले गत हप्ता उत्तर–कोरियाली तानशाहको मृत्युको अपवाह सम्प्रेषण भए लगत्तै सामाजिक सञ्जाल तत्ताएको थियो । मैले पनि यो स्टाटस् झट्टै मूल्याङ्कन गर्न सकिन र गहिरो सोच्न बाध्य भए । लामो संघर्ष र बलिदान पश्चात् […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-26)

‘लकडाउन’ मा शुक्रबारदेखि सञ्चालन गर्न पाइने र नपाइने क्षेत्रहरु

काठमाण्डौ, २६ बैशाख । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य […]

रास्कोटमा कुहिएको चामल राहत वितरण

तुलराज पाण्डे कालीकोट, २५ बैशाख । कालीकोटको रास्कोट नगरपालिकाले तेस्रो चरणको राहत वितरणमा नागरिकलाई कुहिएको चामल वितरण गरेको पाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि नेपाललाई लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरेर खाने नागरिकहरुलाई रास्कोट नगरपालिकाले राहत वितरण गर्दै आइरहेको छ । पहिलो र दोस्रो चरणको राहत […]

काेराेनाले कालीकोटका रेडियो, पत्रिका संकटमा

तुलराज पाण्डे कालीकोट, २५ बैशाख । कोरोना संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउन अर्थात वन्दावन्दीले कालीकोट जिल्लाका सञ्चार क्षेत्र संकटमा परेका छन् । वन्दावन्दीका कारणले बिभिन्न कार्यक्रम रोकिएले रेडियो तथा पत्रपत्रिकालाई आउने बिज्ञापन वन्द हँुदा आर्थिक संकट भएको सामुदायिक रेडियोहरुले बताएका छन् । रेडियो नयाँ कर्णाली कालीकोटका स्टेशन म्यानेजर भरतराज बिष्टले स्थानीय तह तथा अन्य […]

सुर्खेत प्रहरीको लकडाउन ‘किसानमाथी’

सुर्खेत, २५ बैशाख । वीरेन्द्रनगर–११ चारकुनेका तुल्सा रावत गत सोमबार तरकारी बेच्न बजारतर्फ आउँदै हुनुहुन्थ्यो । तुल्सासहित तीन जना महिलाहरु डोकोमा तरकारी बोकेर बेच्न बजारतर्फ आउँदै हुनुहुन्थ्यो । तरकारी बेच्न हिडनुभएको तुल्साको उक्त समूहलाई पिपिरा चोकमा ड्यूटिमा रहेको प्रहरी टोलीले रोक्यो । तरकारीको भारीसंगै उभिनु भएका उहाँहरु प्रश्न गर्दै के हो ? के भयो ? […]

जुम्लामा लकडाउनका बेला घरमै सामाजिक सुरक्षा भत्ता

जुम्ला, २५ बैशाख । (रासस) लकडाउनका बेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पु¥याउन थालेका छन् । यसअघि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकामा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले घरघरमै पुरयाउन थालिएको हो । जिल्लाको तिला गाउँपालिकाले लकडाउनको बेला घरमै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीयका घरघरमै […]

सुर्खेतमा सर्वाधिक वर्षा

सुर्खेत, २५ बैशाख । (रासस) भारतको उत्तराखण्ड नैनीताल आसपासबाट विकसित भएको पछिल्लो मौसमी प्रणालीले सुर्खेतमा सर्वाधिक वर्षा गराएको छ । पछिल्लो तीन घण्टामा सुर्खेतमा ४६ मिलीमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार वीरेन्द्रनगरको इत्राममा ४६, कालिदामारमा २०, गोठीकाँडामा २४, खानीखोलामा १३, कुनाथरीमा ११.२, रातानाङ्लामा पाँच र दैलेखमा ७.२ […]

प्रदेश सरकारलाइ साना किसानको १ लाख

विनोद लम्साल सुर्खेत, २५ वैशाख । कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा साना किसान विकास लघुवित्त वित्तिय सस्थाले एक लाख सहयोग गरेको छ । विहिवार सस्थाका सञ्चालक सदस्य चाँदनी ढकाल र इलाका प्रवन्धक दोर्णराज घिमिरेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाइ १ लाखको चेक प्रदान गरेका छन् । उनले कोरोना भाइरसको विपदबाट बचाउनका […]

खाना खुवाएर सुताउने, परीक्षण नगरी घर पठाउन

सुर्खेत, २५ वैशाख । घटना : १ सुर्खेतको बराहताल गाउँपालिकाले जनज्योति मावि बड्डीचौरमा क्वारेन्टाइन निर्माण गरेको छ । गाउँपालिकामा भित्रिएकालाई त्यही क्वारेन्टाइनमा राखिन्छ । क्वारेन्टाइनमा बसेका मध्ये थमराज आचार्य एक हुन् । उनी साँझ र विहान मात्र त्यो क्वारेन्टानमा जान्छन् । दिउँसोमा भने खेतबारीको काम गर्छन् । कारण उनको घर नजिकै छ । क्वारेन्टाइनको सुरक्षार्थ […]

कर्णाली फर्किएकालाई थेग्नै सकेनौं : मन्त्री केसी

सुर्खेत, २५ बैशाख । कर्णाली प्रदेश सरकारले भने क्वारेन्टाइनलाई व्यवस्थापन गर्न नसकिएको स्वीकार गरेको छ । अनुमान गरिएकोभन्दा धेरै नागरिक भित्रिएका कारण थेग्नै नसकिएको प्रदेश सरकारको भनाइ छ । हाल निर्माण भएका क्वारेन्टाइनको क्षमता थोरै भएका कारण उद्दार गरिएका सबै नागरिकलाई क्वारेन्टाइन राख्न नसकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बनाइन् । ‘दुई […]